Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रेलवेको टेन्डर प्रक्रिया रोकियो

जनता भ्वाइस by जनता भ्वाइस
August 5, 2020
in अर्थतन्त्र
0
रेलवेको टेन्डर प्रक्रिया रोकियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ३२ अर्ब लागत अनुमान गरिएको रेलमार्गको ठेक्का प्रक्रिया रोकिएको छ । रेल विभागले आह्वान गरेको उक्त ठेक्का प्रक्रियाप्रति असहमति जनाउँदै याक्थुम्बहाङ निर्माण सेवासहित ५ वटा निर्माण कम्पनीले दायर गरेको मुद्दामा पाटन उच्च अदालतले अन्तरकालीन आदेश दिँदै यो प्रक्रिया अघि नबढाउन भनेको हो । 

अदालतको न्यायाधीश शान्ता सेढाइँ सापकोटाको एकल इजलासले सोमबार त्यस्तो आदेश जारी गरेको उच्च अदालत पाटनले जनाएको छ । अदालतको यो आदेशसँगै रेल्वेको ठेक्का प्रक्रिया यथास्थितिमै रोकिने भएको छ । 
गत असार १३ र १७ गते रेल विभागले सुनसरीको इनरुवादेखि झापाको काँकडभिट्टासम्म रेलवेको ट्रयाक निर्माणका लागि ५४ वटा ठेक्काको लागि बोलपत्र आह्वान गरेको थियो । 

तर त्यो बोलपत्रमा उल्लेख गरिएको ठेकेदारको पूर्वयोग्यता अनुसार डेढ दर्जन मात्रै ठेकेदार योग्य हुने व्यवस्था भएपछि त्यसविरुद्ध असन्तुष्ट पक्षहरु अदालत गएका थिए । अदालत जानुअघि उनीहरुले सार्वजनिक रुपमै यस्तो असन्तुष्टि राखेका थिए भने संसदको सार्वजनिक लेखा समितिमा उजुरी समेत दिएका थिए । करिब ३२ अर्बको बजेट रहेको उक्त योजना २० अर्बमै सकिने खालको रहेको भन्दै प्रतिस्पर्धा हुन नदिएर व्यवसायीले करिब १२ अर्ब रुपैंया चलखेल गर्न लागेको समेत उनीहरुले बताएका थिए ।  

त्यसो त हालसम्म सो क्षेत्रमा मुआब्जा विवाद पनि सकिएको छैन । यसअघि पश्चिम क्षेत्रबाट बनाउने भनिएको रेलवे ट्रयाकलाई प्रधानमन्त्रीको ठाडो आदेशमा पूर्वतिर सारिएपछि सो आयोजनामा प्रविधिक र व्यवहारिक समस्या देखिएको थियो । अदालतले मुद्दाको किनारा नलाएसम्म अब यो प्रक्रिया रोकिएको छ । रातोपाटीले लेखेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

लेबनानको बेरुतमा विष्फोट, ७० जनाको मृत्यु, करिब ४ हजार घाईते

Next Post

टेलिकमको पनि मोबाइल वालेट आउने

Next Post
टेलिकमको पनि मोबाइल वालेट आउने

टेलिकमको पनि मोबाइल वालेट आउने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.