Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

काकलिङ् माविमा शनिबार सार्वजनिक ‘चुरोकुरो’, न्यानो कपडामा विद्यार्थीहरु गमक्कै

जनता भ्वाइस by जनता भ्वाइस
January 16, 2021
in राष्ट्रिय समाचार, शिक्षा
0
काकलिङ् माविमा शनिबार सार्वजनिक ‘चुरोकुरो’, न्यानो कपडामा विद्यार्थीहरु गमक्कै
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

माघ ३, रामेछाप


दोरम्बा गाउँपालिका भित्र दोरम्बा बजारसँगै रहेको ऐतिहासिक विद्यालय काकलिङ माविका बालबालिकाहरुलाई गाउँपालिकाले जाडोको लागि न्यानो कपडा वितरण गरेको छ । शनिवार काकलिङ् माविको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गर्दै विद्यालयको पोशाक सहितको जाडोको न्यायो कपडा (ट्रयाकसुट) वितरण गरिएको हो । करिब ४ सय ५० जना बालबालिकाहरुलाई गाउँपालिका कार्यालयको तर्फबाट सो पालिकाका अध्यक्ष कमानसिँ तामाङले सो कपडाहरु वितरण गरेका हुन् ।


निर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो कार्यक्रम सुरु भएको भएता पनि उक्त कार्यक्रममा बालबालिकाहरुलाई विद्यालय पोशाक सहितको न्यानो कपडा वितरण गरिनुका साथै सोही विद्यालयमा २०४६ सालदेखि सेवारत शिक्षक मविन थिङ् तामाङ्लाई समेत विदाई गरिएको छ । दोरम्बमा रहेको काकलिङ माविमा विगत लामो समयदेखि शिक्षण सेवा गर्दै आएका तामाङ्ले स्वैच्छिक अवकास लिएका हुन् । आफूले लामो समयदेखि शिक्षण सेवामा समय बिताएको र अबको बाँकी समय पर्यटन व्यवसायी भई बढी जोडले काम गर्ने र मनले चाहेमा राजनैतिक क्षेत्रमा समेत चासो दिने सेवा निवृत्त शिक्षक मविन थिङ तामाङले बतएका छन् । तामाङ विगत केही समयदेखि दोरम्बामा नै हामस्टे समेत संचालन गरिएका छन् ।


यस्तै सोही दिन बालबालिका लक्षित सडक नाटक समेत प्रस्तुत गरिएको थियो । काकलिङ माविकै प्राङ्गणमा संचालन गरिएको ‘चुरोकुरो’ शिर्षकमा आधारित बालबालिका लक्षित सडक नाटकमा बालबालिकाहरु निकै रमाएका देखिन्थे । प्रस्तुत नाटक चुरोकुरो भित्र पछिल्लो समयमा बालबालिकाहरु दैनिक कुनै न कुनै रुपबाट कुलतमा फस्दै गरेका तथा त्यो विषयमा अबका दिनमा अभिभावकहरुको विशेष चासो रहनु पर्ने भाव रहेको थियो । राजधानीबाटै झिकाइएका कलाकारहरुको प्रस्तुतिमा आधारित चुरोकुरोले बालबालिकाहरुको पठकपाठनलाई समेत चुरोकुरो मार्फत् समेटेको थियो ।


कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कमानसिँ तामाङ, उपाध्यक्ष कृशला घिसिङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनलाल योञ्जन, सोही वडाका वडाध्यक्ष खड्कबहादुर श्रेष्ठ लागायत अभिभावकहरु सहित करिब ८ सय जनाको उपस्थिति रहेको थियो ।


आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष कमानसिँ तामाङले बालबालिकाहरुलाई पाठ्यपुस्तक भित्रको पढाईका अलावा बाहिरी विषयमा समेत समय सयममा शिक्षकले ज्ञान दिँदै जानुपर्ने धारणा राखेका थिए । ‘विद्यार्थी भनेको काँचो माटो हो । उनीहरुलाई जस्तो आकारमा ढाल्न खोज्यो त्यस्तै बन्न सक्छन् । विद्यालयमा छोराछोरीलाई पठाइदिएकै छु भनेर अभिभावकहरुले आफ्नो बाँकी दायित्व भुल्नु हुँदैन । निरन्तर आफ्ना छोराछोरीहरुको शैक्षिक उपलब्धी तथा गतिविधिको अवलोकन गरिरहनु पर्छ । त्यसका लागि विद्यालय, शिक्षक र अभिभावक बिचको सम्बन्ध नङ् र मासुको जस्तै हुनुपर्छ ।’ आफ्नो मन्तव्यको क्रममा तामाङले भने ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनलाल योञ्जनले सामुदायिक विद्यालयको शिक्षालाई अगाडि लैजान स्थानीय तहहरुले अझ रचनात्मक कार्यक्रम अगाडि सार्दै विद्यार्थी तथा शिक्षकहरुको मनोबल उच्च बनाउने खालका कार्यक्रम आफ्नो वार्षिक योजनामा नै समेटेर लैजानुपर्ने धारणा राखेका थिए ।

आफ्नो मन्तव्यलाई अगाडि सार्दै योञ्जनले भने, ‘सामुदायिक विद्यालयमा सरकारले गरेको लगानीमा अझ व्यवस्थित गर्दै लैजानुपर्ने देखिन्छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अझ थप बजेटको व्यवस्था गर्दै समय सुहाउँदो र व्यवहारिक शिक्षाका लागि कार्य थालनी गर्नु पर्छ । जसका लागि गाउँपालिकाले बजेटको लागनी गर्ने र शिक्षकहरुले त्यसको प्रभावकारी कार्यान्वयन विद्यालयमा शैक्षिक उपलब्धीका साथ गराउनु पर्दछ । अभिभावकहरुले पनि आफ्ना बालबालिकाहरुको शैक्षिक गतिविधिको बारेमा नजिकैबाट चासो दिनु पर्छ । सामुदायिक विद्यालयहरुको शिक्षामा सुधार आउने हो भने अहिलेको शिक्षा सफल हुन सक्छ ।’


कार्यक्रमको समापन पछि अनौपचारिक कुराकानी गर्दै दोरम्बा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष खड्कबहादुर श्रेष्ठले आफूले काकलिङ् माविलाई नुमना विद्यालयको रुपमा चिनाउनका लागि सिर्जनात्मक कार्यमा शैक्षिक गतिविधिहरुलाई अगाडि लैजाने बताएका छन् । जसका लागि आफूले पालिका, जिल्ला र केन्द्रसम्म समन्वयको पाटोलाई फराकिलो बनाउन लागिपर्ने बताएका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नगरप्रमुख बस्नेतको भनाई प्रती पत्रकारको संगठन आक्रोशित

Next Post

मातृभूमिका लागि राष्ट्रिय अभियान

Next Post
मातृभूमिका लागि राष्ट्रिय अभियान

मातृभूमिका लागि राष्ट्रिय अभियान

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...