Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

गायक सबिन चौहानले पाए नेशनल ब्रान्ड म्युजिक अवार्ड

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in मनोरञ्जन
0
गायक सबिन चौहानले पाए नेशनल ब्रान्ड म्युजिक अवार्ड
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दोस्रो राष्ट्रिय ब्रान्ड म्युजिक अवार्ड रास्ट्रिय नाचघर जमलमा सम्पन्न भएको छ। ब्राण्डरूट इन्टरटेनमेण्ट प्रा.लि काठमाडौंको आयोजनामा भएको अवार्ड कार्यक्रममार्फत रामेछापका लोक दोहोरी गायक सबिन चौहानले बनमा बयर गीत गाएर लोक दोहोरी तर्फबाट नबप्रतिभा गायक अवार्ड प्राप्त गर्न सफल भएका छन् ।

गीतसंगीतका विभिन्न विधाका गरी ४४ विधामा अवार्ड वितिरण गरिएको आयोजक ब्राण्डरूट इन्टरटेनमेण्टका निर्देशक सुनिल बिसीले बताए।

सर्वोत्कृष्ट राष्ट्रिय गीतबाट गायक प्रकाश सपुत, भाषाभाषी गीतबाट युवाराज मगर, अन्तर्राष्ट्रिय गीतकारबाट बिमल पौडेल, चलचित्र गायकबाट सुरेश लामा, चलचित्र गायीकाबाट अस्मिता अधिकारी, चलचित्र गीतकारबाट दिग्गज दौराली, चलचित्र संगीतकारबाट अर्जुन पोख्रेल, सर्वोत्कृष्ट सुगम संगीत गीत गायकबाट गायक प्रमोद खरेल, सुगम संगीत गीत गायीकाबाट एलिना चौहान, सुगम संगीत गीतबाट सन्तोष केसी, सुगम संगीत गीत संगीतबाट रोशन सिंह, सुगमसंगीत गीत नव गायकबाट रन्जन राई, सुगम संगीत गीत नवगायीकाबाट अनु अधिकारीले अवार्ड पाइन्।

सुगम संगीत गीत नवगीतकार भूपेन्द्र बुढाथोकी, सुगम संगीत गीत नवसंगीतकार सन्तोष सुनार, सर्वोत्कृष्ट सुगम संगीत गीत मोडलबाट बिक्रम पुरुष बुढाथोकी, सर्वोत्कृष्ट सुगम संगीत गीत मोडल महिलाबाट स्मारिका ढकाल, सुगम संगीत गीत नव मोडल पुरुषबाट नयन सिंह, सुगम संगीत गीत नब मोडल महिलाबाट प्रिया गोले, सर्वोत्कृष्ट सुगम संगीत गीत निर्देशकबाट बिक्रम चौहान, सर्वोत्कृष्ट लोक दोहोरी गीत गायकबाट नेत्र भण्डारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत गायिकाबाट जानुका तामांङ्ग, सर्वोत्कृष्ट लोक दोहोरी गीत शब्दबाट प्रद लामिछाने, सर्वोत्कृष्ट लोक दोहोरी गीत भाकाबाट श्रीकृष्ण बम मल्ल, सर्वोत्कृष्ट लोक दोहोरी गीत मोडल अभिनय पुरुषबाट बिमल अधिकारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत मोडल अभिनय महिलाबाट साया भण्डारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत नृत्य मोडल पुरुषबाट ओबी रायमाझीले अवार्ड पाए।

यस्तै सर्वोत्कृष्ट लोक दोहोरी गीत नृत्य महिलाबाट रुबिना अधिकारी, सर्वोत्कृष्ट लोक दोहोरी गीत छांयाकनबाट नवराज उप्रेती, सर्वोत्कृष्ट लोक दोहोरी गीत सम्पादनबाट प्रविन भट्ट, सर्वोत्कृष्ट लोक दोहोरी गीत संगीत संयोजनबाट सुनिल परियार, सर्वोत्कृष्ट लोक दोहोरी गीत निर्देशकबाट दिपेन्द्र तिमिल्सिना, लोक दोहोरी गीत गायकबाट नव प्रकाश दुतराज, दोहोरी गीत गायिकाबाट दिशान्ति परियार, लोक दोहोरी गीत शब्दबाट बादल घिमिरे, लोक दोहोरी गीत भाकाबाट प्रकाश पराजुली, लोक दोहोरी गीत मोडलबाट नव पुरुष विजय पुन, लोक दोहोरी गीत मोडल नव महिलाबाट रबिना भण्डारी, सर्वोत्कृष्ट सुगम संगीत संयोजनबाट बिशाल निरौला, सर्वोत्कृष्ट सुगम संगीत सम्पादन मिलन विश्वकर्मा, सर्वोत्कृष्ट कोरियोग्राफरबाट शम्भू साही, सर्वोत्कृष्ट रेकर्डिस्टबाट सुमन राणा, सर्वोत्कृष्ट ध्वनी मिश्रणबाट खडक बाजुराली, सर्वोत्कृष्ट युगल गायनबाट युबराज मगर, सर्वोत्कृष्ट सुगम संगीत छायांकनबाट प्रकाश खड्का, साथै पब्लिक च्वाइस अवार्ड मोडल नवबाट अन्सु बर्माबाट अवार्डपाएका थिए।

त्यस्तै सर्वोत्कृष्ट पपुलर गीत गायिकाबाट सुनिता तिमिल्सिना, सर्वोत्कृष्ट मल्टिट्यालेण्ट अवार्डबाट नरेश खाती, उत्कृष्ट कलाकारबाट लक्ष्मण श्री, सर्वोत्कृष्ट लोक दोहोरि गीत गायक जुरीबाट यज्ञ बिक, सर्वोत्कृष्ट सुगम संगीत छायांकनबाट अजय रेग्मी, सर्वोत्कृष्ट लोक दोहोरी गायिका जुरीबाट सुमित्रा कोइराला, सर्वोत्कृष्ट लोक दोहोरी गीत नृत्य मोडल महिला जुरीबाट गीत ढुंगाना, सर्वोत्कृष्ट सुगम संगीत गीतकार जुरीबाट बिरेन्द्र कुमार बलामी, सर्वोत्कृष्ट लोक दोहोरी अभिनय मोडल पुरुष जुरीबाट महेन्द्र गौतम, सर्वोत्कृष्ट लोक दोहोरी गीत मोडल नबबाट कृष्ण सापकोटा, सर्वोत्कृष्ट भाषाभाषी गीत जुरीबाट प्रेम बिवश घर्ती, सुगम संगीत मोडल महिला जुरीबाट रक्षा बुढाथोकी, नवप्रतिभा गायक लोक दोहोरीबाट सबिन चौहान, नवप्रतिभा लोक दोहोरी गायिकाबाट सर्मिला रायमाझी, नवप्रतिभा लोकदोहोरी गायिकाबाट माया पार्धे, नवप्रतिभा सुगम संगीत गीतकारबाट मिरा गीतरी, नव प्रतिभा मोडल लोक दोहोरी पुरुषबाट इश्वरबाबु, नवप्रतिभा मोडल लोक दोहोरी महिलाबाट यमुना रसाइली, सर्वोत्कृष्ट प्रोत्साहन गायकबाट अंकित न्यैपाने, सर्वोत्कृष्ट सिरियल मोडलबाट अभिनेत्री अनिता बस्नेतले अवार्ड पाएको निर्देशक बिसीले बताए।

त्यस्तै उक्त कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलको प्रमुख अतिथि रहेका थिए भने कार्यक्रमको सभापति प्रालिका कानुनी सल्लाहकार तथा गीतकार शशि शर्मा मजगैयाँ रहेका थिए। कार्यक्रममा डिजीटल प्रविधिबाट राजेन्द्र अर्याल, विशिष्ट अतिथि गीतकार सुरेश अधिकारी, ब्रान्डरुट इन्टरटेनमेण्ट प्रालिका संरक्षक बलिभद्र राना, गायक चन्द्र शर्मा, गायक बद्रि पंगेनी र समाजसेवी सरु सुनार अतिथि रहेका थिए।

अवार्डबाट लाइफ टाइम अचिभमेण्टमा रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष वरिष्ठ गायक अमरबिरही गुरुङ, गीतकार श्रष्टाबाट बद्रि पाण्डे, दशकका श्रष्टाबाट करण न्यौपाने, दशकका मोडलबाट सनम कठायत र राष्ट्रिय पत्रकारिता सम्मानबाट नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेललाई सम्मान गरिएको छ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

जिल्ला कारागारका कैदीको निःशुल्क आँखा परीक्षण

Next Post

लुभु बस दुर्घटनामा परि ९ को मृत्यु, २४ घाइते

Next Post

लुभु बस दुर्घटनामा परि ९ को मृत्यु, २४ घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.