लुभु बस दुर्घटनामा परि ९ को मृत्यु, २४ घाइते


रामेछाप । जिल्लाको सुनापती गाउँपालिका–३ हिलेदेवीवाट काठमाण्डौं तर्फ जादै गरेको बा ३ ख ८३९६ नम्वरको यात्रुवाहक बस खाँडादेवी गाउँपालिका–१ लुभुघाटमा दुर्घटना हुँदा गाडीमा सवार मध्ये ९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

दुर्घटनामा परी ४ जना महिला र ५ जना पुरुष गरी ९ जनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनामा परी २४ जना घाइते भएका छन् । घाइतेहरु घटनास्थलवाट उद्धार गरी थप उपचारको लागि धुलीखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

गाडी सडकवाट करिव १ सय मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक राजकुमार तामाङले जानकारी दिए ।

दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिकृया दिनुहोस्