Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

दक्ष प्राविधिककाे अभावमा थन्कियो एक्स–रे मेशिन, सेवाग्राहीहरु निजी स्वास्थ्य संस्था धाउन बाध्य

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in राष्ट्रिय समाचार, स्वास्थ्य
0
दक्ष प्राविधिककाे अभावमा थन्कियो एक्स–रे मेशिन, सेवाग्राहीहरु निजी स्वास्थ्य संस्था धाउन बाध्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ ११ । जनता भ्वाइस संवाददता, रामेछाप


मन्थली नगरपालिकाले प्रदेश सरकारको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्र, मन्थलीका लागि खरिद गरेको एक्सरे मेशिन प्रयोग विहिन बनेको छ ।

बागमती प्रदेश सरकारद्वारा २५ लाख रुपैयाँको लगानीमा खरिद भएको उक्त एक्सरे मेशिन दक्ष र प्राविधिक जनशक्तिको अभावमा प्रयोग विहिन बनेको हो ।


प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे मेशिन नहुँदा यतिबेला सेवाग्राहीहरुले मन्थली बजारका निजी स्वास्थ्य संस्था अथवा स्वास्थ्य बिमाका बिरामीहरुले तामाकोसी सहकारी अस्पताल धाउनु पर्ने बाध्यता भएको छ ।


केही समय अघि मन्थली आइपुगेको एक्सरे मेशिनकै विक्रेता आएर मेशिन सेटअप गर्नुपर्ने भएकाले उक्त मेशिन सेवाग्राहीहरुका लागि जडान हुन नसकेको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डाक्टर सागर जर्गा मगर बताउँछन् ।


सेटअप भन्दा बाहेक एक्सरे मेशिन जडान गर्न कुनकुन समस्याले नदिएको हो ? भन्ने जनता भ्वाइसको जिज्ञासामा प्रमुख डा. मगर भन्छन्, ‘एक्सरे भनेको निकै संवेदनशील मेशिन भएकोले त्यसको सेटअप स्वयं मेशिनको बिक्रेता नै आउनु पर्ने हुन्छ । मेशिनको सेटअपमा हामीलाई जानकारी हुँदैन । त्यस्तै मेशिन कहाँ राख्ने भन्ने समस्या पनि ज्वलन्त भएर उठेको छ । अस्पताल प्रशासन बसेको कोठामा मेशिन राख्ने सोचेका छौं । प्रशासन कक्षमा मेशिन राख्दा प्रशासन कता राख्ने भन्ने पनि समस्या भएकोले त्यसको निराकरण नहुँदासम्म मेशिन जडान गर्ने विषयमा अन्यौलता आएको हो ।’


डाक्टर मगरका अनुसार लकडाउनका कारण जडानका लागि प्राविधिक आउन नसकेको उनी बताउँछन् । मेशिन जडान गर्न काठमाडांैबाट प्राविधिक आउनु पर्छ ।


मेशिन खरिद गरेपनि स्वास्थ्य केन्द्रसँग मेशिन संचालन गर्ने दक्ष जनशक्तिको अभाव हुनु पनि एक्सरे मेशिन संचालन नहुनुको कारण देखिएको छ । २५ लाख बराबरको मूल्यमा खरिद गरिएको एक्सरे मेशिन संचालन गर्ने जनशक्ति मन्थली नगरपालिकाले व्यवस्था गर्न नसकेको मगरको धारणा छ ।


यता मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत प्राथमिक स्वास्थ्य केन्द्रसँगै बन्दै गरेका २ वटा भवनहरु संचालनमा आउनासाथै एक्सरे मेशिन पनि जडानहुने बताउँछन् । कुराकानीका क्रममा बस्नेत भन्छन्, ‘हामीलाई स्वास्थ्य केन्द्र व्यवस्थापनमा समस्या देखिएकोले यस्तो भएको हो । भर्खरै ठाउँसारी भएकोले पर्याप्त भवनको अभाव स्वास्थ्य केन्द्रमा छ । यस्तो अवस्थामा हामीले २ वटा थप भवनहरु बनाउन लागेका छौं । लगभग निर्माण सम्पन्न भई सकेका छन् दुबै भवनहरु । अब केही समयमा नै हामी एक्सरे मेशिन सहित स्वास्थ्य बिमाको कार्यालय लगायतको व्यवस्थापन सहजताका साथ गर्न सक्छौं । त्यसपछि सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा लिन सहज हुनेछ ।’


अहिले स्वास्थ्य बिमाको कार्यालय प्राथमिक स्वास्थ्य केन्द्र रहेको भवनमा ठाउँ नभएकोले केही तल रहेको भाडामा रहेर सेवा प्रवाह हुँदै आएको छ ।

तस्वीर साभार : गुगल

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अस्पताल बनाउन वनको जग्गा मिचेको आरोप, स्थानिय राजपत्र भन्छ भोगचलन गर्न पाईन्छ (भिडियो सहित)

Next Post

सामाजिक सुरक्षा भत्ता बारे सकियो चिन्ता, बैंकले घरैमा समेत ल्याइदिने

Next Post
सामाजिक सुरक्षा भत्ता बारे सकियो चिन्ता, बैंकले घरैमा समेत ल्याइदिने

सामाजिक सुरक्षा भत्ता बारे सकियो चिन्ता, बैंकले घरैमा समेत ल्याइदिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.