Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सामाजिक सुरक्षा भत्ता बारे सकियो चिन्ता, बैंकले घरैमा समेत ल्याइदिने

जनता भ्वाइस by जनता भ्वाइस
September 7, 2020
in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाचार
0
सामाजिक सुरक्षा भत्ता बारे सकियो चिन्ता, बैंकले घरैमा समेत ल्याइदिने
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ ११ । जनता भ्वाइस संवाददाता, रामेछाप ।


दोरम्बा गाउँपालिकाले आफ्नो पालिका क्षेत्रमा बसोबास गर्ने सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीका लागि निकै उत्साहजन कार्य आरम्भ गरेको छ । एकल महिला, वृद्धवृद्धा, अपाङ्ग, दलित लगायतका लागि सरकारले प्रदान गर्ने गरेको समाजिक सुरक्षा भत्ता अबका दिनदेखि पालिकाको तर्फबाट बैंकले घरमैमा समेत लगिदिने भएको हो ।


गत मङ्गगलबार दोरम्बा गाउँपालिका र सोही स्थानमा शाखा रहेको ग्लोबल आइएमई बैंक बीच भएको सहमती अनुसार सामाजिक सुरक्षा भत्ता पाउने हरेक लाभग्राहीहरुको बैंक खाता खोली सोही खातामा भत्ता जम्मा गर्ने कार्यको थालनी भएको हो । अशक्त, अपाङ्ग र घरदेखि बैंकसम्म आउन नसक्ने लाभग्राहीहरुलाई भने बैंकले नै घरघरमा गएर वितरण गर्ने सहमती भएको छ ।


यसैपनि सामाजिक सुरक्षा भत्ताका विषयमा देशभरी नै कुनै न कुनै रुपमा भत्ताको दुरुपयोग भएको, मरिसकेका लाभग्राहीहरुको नाममा समेत लामो समयसम्म भत्ता वितरण भइरहेको, जुन कार्यमा सम्बन्धीत वडाका सचिवहरुमाथि नै भ्रष्टाचारको मुद्धा लाग्ने गरेका धेरै उदाहरणहरु छन् । त्यस्तो वास्तविकताका बीच दोरम्बा गाउँपालिकाले आर्थिक पारदर्शिता गर्दै बैकिङ् प्रणाली मार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत धिरज मरासेनी बताउँछन् ।


‘बैकिङ् प्रणालीबाट नै सामाजिक सुरक्षा भत्ता वितरण किन गर्न लागिएको हो ? भन्ने जनता भ्वाइसको जिज्ञासामा प्रमुख प्रशासकीय अधिकृत मरासिनी भन्छन्,

‘घरघरमा गएर सचिवहरु मार्फत भत्ता वितरण गर्दा कतिपय नभएका लाभग्राहीहरुको नाममा पनि रकम वितरण हुने र आर्थिक पारदर्शिता नहुने भएकोले यो अभ्यास गरिएको हो । त्यो सँगसँगै गाउँमा भएका भत्तामा लाभग्राहीहरुले पाएको रकमलाई सदुपयोग गर्न पनि कठिनाई हुने, नोटको सुरक्षामा पनि चुनौति हुने देखेर यस्तो कार्य थालनी भएको हो । अशक्त, अपाङग र बैंकसम्म आउन नसक्ने लाभग्राहीको हकमा भने बैंकले उनीहरुको घरमा गई हातमा नै भत्ता प्रदान गर्नेछ ।’


मरासेनीले भनेजस्तै गाउँका वृद्धवृद्धाहरुले आफूले पाएको भत्ताको रकमलाई पोल्टोमा पोको पारेर राख्दा कतिपय अवस्थामा, भिज्ने, हराउने र नोटको गुणस्तरीयतामा नै समस्या हुने समेत देखिएको सन्दर्भमा बैंकिङ प्रणालीमा जाँदा आवश्कता अनुसार प्राप्त नगदको सदुपयोग हुने अवस्था छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

दक्ष प्राविधिककाे अभावमा थन्कियो एक्स–रे मेशिन, सेवाग्राहीहरु निजी स्वास्थ्य संस्था धाउन बाध्य

Next Post

रामेछाप नगरपालिकामा आधारभूत तहको ग्रडसीट वितरण हुँदै, समयमा नै उपलब्ध गराउन पालिकाको आग्रह

Next Post
रामेछाप नगरपालिकामा आधारभूत तहको ग्रडसीट वितरण हुँदै, समयमा नै उपलब्ध गराउन पालिकाको आग्रह

रामेछाप नगरपालिकामा आधारभूत तहको ग्रडसीट वितरण हुँदै, समयमा नै उपलब्ध गराउन पालिकाको आग्रह

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.