Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

‘समयमै उपचार गर्दा क्यान्सर निको हुन्छ’

जनता भ्वाइस by जनता भ्वाइस
October 10, 2020
in स्वास्थ्य
0
‘समयमै उपचार गर्दा क्यान्सर निको हुन्छ’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालमा पनि अक्टोबर महिनालाई स्तन क्यान्सर विरुद्ध सचेतना अभियानका रुपमा मनाउन सुरु गरिएको छ । ‘क्यान्सरको समयमै उपचार गर्ने हो भने निको हुन्छ’ भन्ने नाराका साथ योग प्रेमी नेपाल र नेपाल क्यान्सर सरभाइबर्स सोसाइटीले विविध कार्यक्रम गरी मनाउन सुरुआत गरेका हुन् ।

पछिल्लो समय गलत जीवनशैलीका कारणले स्तन क्यान्सरबाट धेरै महिला पीडित हुनु परेको जनाइएको छ । सचेतना अभियानमा क्यान्सर के हो ? यो किन हुन्छ ? के कस्ता उपाय अपनाउनाले क्यान्सर रोगको जोखिम कम हुन सक्छ ?

रोग लागिसकेको छ भने कसरी अगाडि बढ्ने जस्ता अभियानको क्रममा सिकाउने सोसाइटीका अध्यक्ष प्रमिला खनालले जानकारी दिए । उनले आफूहरुले क्यान्सरका बिरामीलाई मनोपरामर्श सेवा प्रदान गर्नुका साथै महिलालाई लक्षित गरी स्वास्थ्य शिविर कार्यक्रमको साथै स्कुल, कलेजका छात्रालाई क्यान्सरको बारेमा सचेत गराउने काम गर्दै आएको बताए ।

योगप्रेमीका अध्यक्ष खेतराज मैनाली क्यान्सर रोगसित विजय प्राप्त गर्न योग र ध्यानको विशेष महत्व हुने जानकारी दिए । उनले योग र ध्यानले मानिसको जीवनशैलीमा परिवर्तन गर्न विशेष भूमिका रहने भएकोले क्यान्सरलाई पनि योग र ध्यानबाट सजिलै जित्ने सकिने जानकारी दिए । नेपालमा ४० देखि ५० बर्ष उमेर समूहका महिलामा स्तन क्यान्सर हुने गरेको पाइएको छ । – रासस

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

म छुट्टै…

Next Post

खाँडादेवी गाउँपालिका ५ दिनका लागि बन्द

Next Post
भाडा छुट् निर्णय उल्ट्याउँदै कमलामाई नगरपालिका

खाँडादेवी गाउँपालिका ५ दिनका लागि बन्द

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.