Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

एप्पलविरुद्ध चिनियाँ कम्पनीले हाल्यो मुद्दा, डेढ खर्ब क्षतिपूर्ति माग

जनता भ्वाइस by जनता भ्वाइस
August 7, 2020
in सूचना प्रविधि
0
एप्पलविरुद्ध चिनियाँ कम्पनीले हाल्यो मुद्दा, डेढ खर्ब क्षतिपूर्ति माग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी शांघाइ झिझेन इन्टेलिजेन्ट नेटवर्क टेक्नोलोजीले विश्वकै सबैभन्दा ठूलो कम्पनी एप्पलविरुद्ध झण्डै डेढ अर्ब डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ ।

एप्पलले आफ्ना पेटेन्ट अधिकार चोरी गरेको आरोप लगाउँदै चिनियाँ कम्पनीले एप्पलविरुद्ध मुद्दा हालेको हो ।

सिआओ आई नामले समेत चिनिने उक्त चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले एप्पलद्वारा आफ्ना पेटेन्ट चोरी भएको हुँदा १० अर्ब युआन क्षतिपूर्ति पाउनुपर्ने र एप्पलका त्यस्ता प्रडक्टहरुको उत्पादन, प्रयोग, बिक्री वितरण, आयात तथा बजारीकरणमा रोक लगाउनुपर्नेसमेत माग गरेको छ ।

आफूले सन् २००४ मा निवेदन दिएर सन् २००९ मा दर्ता गराएको भ्वाइस रिकग्निसन प्रविधिलाई एप्पलले आफ्नो सिरी प्रविधिमा नक्कल गरेर पेटेन्ट अधिकार उल्लंंघन गरेको जिकिर सिआओको छ ।

अदालतमा आफूविरुद्ध चिनियाँ कम्पनीले दायर गरेको उक्त मुद्दाका विषयमा एप्पलले चाहिँ अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

स्मरण रहोस् पछिल्लो प्रकरण यी दुई कम्पनीबीच पछिल्लो एक दशकदेखि चलिरहेको पेटेन्ट विवादको निरन्तरता हो । यसअघि शांघाई झिझेनले एप्पलविरुद्ध चिनियाँ अदालतमा मुद्दा हालेको थियो । जसमा चिनियाँ सर्वोच्च अदालतले शांघाई कम्पनीको पेटेन्ट अधिकार आधिकारिक रहेको फैसला गरेको थियो ।

–एजेन्सी

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Next Post

बन्द भएका उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारी, अध्ययन समिति गठन

Next Post
बन्द भएका उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारी, अध्ययन समिति गठन

बन्द भएका उद्योग सञ्चालनमा ल्याउने सरकारको तयारी, अध्ययन समिति गठन

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.