Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने टप फाइभ कम्पनी

जनता भ्वाइस by जनता भ्वाइस
August 28, 2020
in सूचना प्रविधि
0
सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने टप फाइभ कम्पनी
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । चालु वर्ष सन् २०२० को दोश्रो त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको समग्र बिक्रीमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले गिरावट आएको छ ।

रिसर्च फर्म गार्टनरले सार्वजनिक गरेको रिपोर्ट अनुसार अप्रिलदेखि जुन महिनासम्मको अवधिमा २९ करोड ५० लाख गोटा स्मार्टफोन बिक्री भएका छन् ।

यो वर्षको दोश्रो त्रैमासिकमा पनि कोरोना भाइरस महामारीले स्मार्टफोनको बिक्रीमा उल्लेख्य असर पारको देखिएको छ ।

दोश्रो त्रैमासिक अवधिमा चीन बाहेक विश्वका अन्य सबैजसो देशका स्मार्टफोन बजारमा लकडाउनको अवस्था रहेको र मानिसहरु स्मार्टफोन खरीदका लागि बजारसम्म निस्किन कठीन हुँदा त्यसको असर स्मार्टफोनको मागमा देखिएको हो । यस अवधिमा विश्वका सबैभन्दा ठूला पाँचवटै कम्पनीले बिक्री गरेका स्मार्टफोनको संख्यामा कमी आएको पाइएको छ । गार्टनरको तथ्यांक अनुसार धेरै स्मार्टफोन बिक्री गर्ने संख्याको आधारमा विश्वका पाँच ठूला स्मार्टफोन कम्पनी यी हुन् :

१ .सामसुङ

सन् २०२० को दोश्रो त्रैमासिकमा विश्वको स्मार्टफोन बजारमा सामसुङको हिस्सा १८.६ रहेको छ । यस अवधिमा सामसुङले ५ करोड ४७ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । जुन सन् २०१९ को दोश्रो त्रैमासिकको अवधिमा २७.१ प्रतिशतले कम हो । गत वर्षको दोश्रो त्रैमासिकमा उसले ७ करोड ५१ लाख गोटा स्मार्टफोन बेचेको थियो । सामसुङले यो एक वर्षको अवधिमा विश्व स्मार्टफोन बजारमा आफ्नो हिस्सा समेत गुमाएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमासिकमा सामसुङको बजार हिस्सा २०.३ प्रतिशत रहेकोमा अहिले १८.६ प्रतिशतमा झरेको हो ।

२. हुवावे

सन् २०२० को दोश्रो त्रैमासिकमा हुवावेले ५ करोड ४१ लाख गोटा स्मार्टफोन बिक्री गरेको छ । विश्व स्मार्टफोन बजारमा हुवावेको हिस्सा १८.४ प्रतिशत रहेको छ । जबकी सन् २०१९ मा हुवावेको हिस्सा १५.७ प्रतिशत थियो । यद्यपि गत वर्षको दोश्रो त्रैमासिकमा भन्दा हुवावेले ६.८ प्रतिशत कम मात्र स्मार्टफोन बिक्री गरेको छ । चिनियाँ बजारमा आफ्नो बिक्री उल्लेख्य मात्रामा बढाउन सफल भएसँगै विश्वका अन्य बजारमा खराब प्रदर्शन हुँदाहुँदै पनि हुवावेले आफ्नो शाखलाई कायमै राख्यो । सन् २०२० को दोश्रो त्रैमासिकमा चिनियाँ स्मार्टफोन बजारमा हुवावेको हिस्सा ४२.६ प्रतिशत पुगेको छ । सन् २०१९ को दोश्रो त्रैमासिक रिपोर्ट अनुसार हुवावेको बजार हिस्सा १५.७ प्रतिशत थियो । सो अवधिमा हुवावेले ५ करोड ८० लाख स्मार्टफोन बिक्री गर्न सफल भएको थियो ।

३. एप्पल

अमेरिकी कम्पनी एप्पलले यस अवधिमा ३ करोड ८० लाख गोटा आइफोन बेच्न सफल भएको छ । यो सख्या गत वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले कम हो । सन् २०२० को दोश्रो त्रैमासिकमा विश्व बजारमा अन्य ब्राण्डका स्मार्टफोनको बिक्री निराशाजनक हुँदा आइफोनको बिक्री भने उत्साहप्रद रहेको थियो । साथै पहिलो त्रैमासिकमा भन्दा दोश्रो त्रैमासिकमा आइफोनको बिक्री बढेको थियो । विश्व स्मार्टफोन बजारमा अहिले एप्पलको हिस्सा १३ प्रतिशत छ । सन् २०१९ को दोश्रो त्रैमासिक अवधिमा एप्पलको बजार हिस्सा १०.४ प्रतिशत थियो । सो अवधिमा एप्पलले ३ करोड ८५ लाख गोटा आइफोन बेचेको थियो ।

४. शाओमी

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले २०२० को दोश्रो त्रैमासिक अवधिमा २ करोड ६० लाख स्मार्टफोन बेच्न सफल भएको छ । गत वर्षको सोही अवधिको भन्दा २१.५ प्रतिशतको गिरावट व्यहोरेको शाओमीको बजार हिस्सा ८.९ प्रतिशतमा खुम्चिएको छ, जुन गत वर्षको दोश्रो त्रैमासिकमा ९ प्रतिशत थियो । सन् २०१९ को दोश्रो त्रैमासिकमा शाओमीले विश्व बजारमा ३ करोड ३२ लाख गोटा स्मार्टफोन बेच्न सफल भएको थियो ।

५. ओप्पो

विश्वका टप फाइभ स्मार्टफोनमा पर्न सफल ओप्पोको बजार हिस्सा ८ प्रतिशत रहेको छ । चालू अंग्रेजी वर्षको दोश्रो त्रैमासिकमा ओप्पोले २ करोड ३६ लाख गोटा स्मार्टफोन उपभोक्ताको हातसम्म पूराउन सफल भएको छ । गत वर्षको दोश्रो त्रैमासिकमा २ करोड ८० लाख गोटा स्मार्टफोन बेचेको ओप्पोले यो वर्ष १५ दशमलब ९ प्रतिशतको गिरावट व्यहोरेको छ । यद्यपि सन् २०१९ को दोश्रो त्रैमासिकमा बजार हिस्सा ७.६ प्रतिशत रहेकोमा अहिले बढेर ८ प्रतिशत पुगेको छ ।

–एजेन्सीको सहयोगमा

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

टिकटकका सीईओले दिए राजीनामा

Next Post

विन्डोज अपरेटिङ सिस्टमको २५ वर्ष, जान्नैपर्ने १० तथ्य

Next Post
विन्डोज अपरेटिङ सिस्टमको २५ वर्ष, जान्नैपर्ने १० तथ्य

विन्डोज अपरेटिङ सिस्टमको २५ वर्ष, जान्नैपर्ने १० तथ्य

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.