Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विन्डोज अपरेटिङ सिस्टमको २५ वर्ष, जान्नैपर्ने १० तथ्य

जनता भ्वाइस by जनता भ्वाइस
August 28, 2020
in सूचना प्रविधि
0
विन्डोज अपरेटिङ सिस्टमको २५ वर्ष, जान्नैपर्ने १० तथ्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोजले २५ वर्ष पूरा गरेको छ । २५ वर्षअघि सन् १९९५ अगष्ट २४ का दिन माइक्रोसफ्टले पहिलो प्रयोगकर्तामैत्री विन्डोज अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ ल्याएको थियो ।

कम्प्युटर जगतमा निकै ठूलो लोकप्रियता तथा तहल्का मच्चाउन सफल भएको विन्डोज ९५ लाई माइक्रोसफ्टका सहसस्थापक बिल गेट्स र जे लेनोले घोषणा गरेका थिए ।

विन्डोज ९५ लाई माइक्रोसफ्टको पहिलो युजर फ्रेन्डली अपरेटिङ सिस्टम मानिन्छ । थुप्रै रुचीकरण फिचरहरुका कारण पर्सनल कम्प्युटर प्रयोगकर्ताबीच यो निकै नै लोकप्रिय बनेको थियो ।
विन्डोज ९५ को २५ औँ वर्षगाँठका अवसरमा माइक्रोसफ्टले एक भिडियो शेयर गरेको छ, जसमा विन्डोज अपरेटिङ सिस्टमको क्रमाग विकास देखाइएको छ ।

विन्डोज इनसाइडर प्रोग्रामका वरिष्ठ कार्यक्रम व्यवस्थापक ब्राण्डन ले ब्लान्कले एक ब्लग पोष्टमा भनेका छन्, ‘सन् १९९५ को अगष्ट २४ मा लञ्च हुँदा विन्डोज ९५ ले कम्प्युटर प्रयोगकर्ताका लागि निकै उत्कृष्ट अनुभव लिएर आएको थियो र Start Menu तथा Taskbar जस्ता त्यसका कतिपय फिचरहरु कम्प्युटर प्रयोगकर्ताले अहिलेसम्म पनि प्रयोग गर्दै आएका छन् । पछिल्लो २५ वर्षमा हामीले ती अनुभवलाई विकास गर्दै लगेका छौँ र उन्नयनको सम्वृद्ध इतिहास निर्माण गरेका छौँ ।’

२५ औँ वर्षगाँठ पूरा गरेको माइक्रोसफ्टको अत्यन्तै लोकप्रिय विन्डोज ९५ का बारेमा केही महत्वपूर्ण तथ्यहरु यस्ता छन्ः

· विन्डोज ९५ सन् १९९५ को अगष्ट २४ मा माइक्रोसफ्टको पहिलो प्रयोगकर्ता केन्द्रित अपरेटिङ सिस्टमको रुपमा लञ्च भएको थियो । निर्माण प्रयोगकर्ताहरुका लागि पहिलोपटक अगष्ट १५ मै उपलब्ध गराइएको यो अपरेटिङ सिस्टम पछि आम कम्प्युटर प्रयोगकर्ताका लागि उपलब्ध भयो ।

· विन्डोज ९५ अपरेटिङ सिस्टम लञ्च गर्ने विशेष समारोहमा द रोलिङ स्टोन्स १९८१ ब्याण्डले आफ्नो चर्चित गीत स्टार्ट मि अप प्रस्तुत गरेको थियो ।

· प्रयोगकर्तामैत्री तथा सरल अपरेटिङ सिस्टमको रुपमा विन्डोज ९५ बजारमा आएपछि नै धेरै मानिसहरुले पहिलोपटक कम्प्युटर खरीद गरे र विन्डोज ९५ कै कारण इन्टरनेट प्रयोग गर्न पाए ।

· विन्डोज ९५ मा चारवटा सबैभन्दा सम्झनलायक फिचरहरु रहे– स्टार्ट बटन, एमएस पेन्ट, रिसाइकल बिन र टास्कबार अप्सन । विन्डोजका नयाँ संस्करणसँगै यी फिचरहरु पनि परिष्कृत हुँदै आए ।

· विन्डोज ९५ मा डकुमेन्ट खोल्न तथा एप्लिकेसन खोल्नका लागि स्टार्ट मेनु राखिएको थियो । त्यस्तै पेन्टिङप्रति रुची राख्ने धेरै युवाहरु बीच एमएस पेन्ट निकै नै लोकप्रिय बन्यो ।

· विन्डोज ९५ माइक्रोसफ्टको विन्डोज ३.१ को उत्तराधिकारीको रुपमा आएको थियो ।

· विन्डोज ९५ मा प्लग एण्ड प्ले फिचर पनि राखिएको थियो जसले स्वचालित रुपमा सफ्टवेयर पत्ता लगाउने र इन्स्टल गर्ने काम गर्दथ्यो । यो फिचर विन्डोजमा परिष्कृत रुपमा अद्यापि कायम छ ।

· विन्डोज ९५ मा ःक्ल् एप्लिकेसनसाथ आएको थियो जुन कम्प्युटर प्रयोगकर्ताहरुका लागि इन्टरनेटको दुनियामा पूराउने पहिलो माध्यम थियो । त्यो समय गुगल जन्मिनुभन्दा अगाडिको हो । एमएसएन एप्लिकेसनमार्फत् प्रयोगकर्ताहरुले इमेल पठाउने, च्याट गर्ने, इन्टरनेटमा समाचार पढ्ने जस्ता काम गर्न सक्दथे ।

· विन्डोज ९५ पछि माइक्रोसफ्टले विन्डोज ९८ बजारमा ल्यायो, जसमा विभिन्न नयाँ फिचरहरु थप गरिए । सोही वर्ष नै गुगलको जन्म भयो । सन् २००१ को डिसेम्बर ३१ पछि माइक्रोसफ्टले विन्डोज ९५ को सपोर्ट बन्द गरेको थियो ।

· यसबीचमा माइक्रोसफ्टले विन्डोजका विभिन्न संस्करण ल्यायो । जसमा केही लोकप्रिय बने भने कति फ्लप भए । विन्डोज २०००, विन्डोज एक्सपी, विन्डोज भिस्टा, विन्डोज सेभेन, विन्डोज एट पछि हाल विन्डोज १० प्रचलनमा रहेको छ । एजेन्सीको सहयोगमा

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने टप फाइभ कम्पनी

Next Post

(वेवकुफ कुलमान)

Next Post
(वेवकुफ कुलमान)

(वेवकुफ कुलमान)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.