कोरोना भाइरस (कोभिड १९) को कारण भएको लकडाउनको कारणले विद्यालय क्षेत्रहरु प्रत्यक्ष रुपमा धेरै मारमा परेको क्षेत्र हो । विद्यालयमात्रै नभएर अन्य क्षेत्रहरुमा पनि मार त परेको छ तर साना साना विद्यार्थीहरुको भविश्य जोडिएको यस्तो गहन विषयमाथि झनै बज्रपात परेको अनुभूति हुन्छ ।
नियमित विद्यालय गइरहेका विद्यार्थीहरुलाई यो लकडाउनले ‘ह्यारेशमेन्ट’ गर्छ कि भन्ने डर छ । तर यस सन्दर्भमा पनि विद्यार्थी र अभिभावक सबै आशावादी बन्न सक्नु पर्छ । हरेक कुरामा आशावादी हुन सक्यो भने मात्रै आफूलाई अगाडि लैजान सकिन्छ । होइन भने निराशा तर्फ आफैं धकेलिन बेर लाग्दैन ।
लकडाउनको कारणले भोलिका दिनमा अनलाइन शिक्षामा गाँसिनु पर्छ भन्ने कुरा सिकायो । म आफैं पनि शिक्षक भएको नाताले मैले मेरा बालबालिकाहरुलाई अनलाई शिक्षामा प्रवेश त हिजै गराएको हूँ । झन अब त समयले नै अनलाईन शिक्षाको आवश्यकतालाई खोजिसकेको छ । अबका दिनमा हामीले ‘भर्चुअल’ कक्षाको व्यवस्थापन गर्नु जरुरी छ ।
अनलाईन शिक्षाको अवधारणाको विकास त गर्ने भनियो तर यो अनलाइन कक्षा हाम्रो जस्तो परिवेशमा कत्तिको प्रभवकारी हुन्छ हुँदैन भन्ने कुरा पनि निकै महत्वपूर्ण हुन्छ ।
समाज विविध वर्गको इन्द्रेणी हो । हाम्रो समाजमा भएका नागरिकहरुको आर्थिक पृथकता र त्यसको उपलब्धताको कारणले अनलाइन कक्षा सबैको पहुँचमा पुग्दैन । त्यस्तो बेला अनलाइन कक्षाको प्रभावकारिता माथि नै गम्भिर प्रश्न उठ्न सक्छ ।
यतिबेलाको अवस्थामा शहर तथा विदेशबाट गाउँमा धेरै युवाहरुको प्रत्यागमन भएको छ । यस्तो अवस्थामा उनीहरुले विभिन्न ठाउँ र परिवेशमा सिकेका सीपहरुलाई विद्यार्थी र उनीहरुको सिकाईसँग गाँसेर लैजानुपर्ने बेला आएको छ ।
यतिबेला सामुदायिक विद्यालयहरु, जो गाउँमा छन्, ती विद्यालयहरुमा भएका वास्तवित समस्याहरु केके हुन् ? तिनीहरुको पहिलो सम्बोधन हुनु जरुरी छ ।
जब समस्याको सही पहिचान हुन्छ त्यसपछि अहिले भएका राज्यहरुले कहाँ कसको दायित्व हो ? त्यो दायित्वलाई बुझेर अगाडि बढ्नुपर्ने अवस्था छ ।
प्रजातान्त्रिक अभ्यासको राम्रो सुरुआत हुन्छ सामुदायिक विद्यालयहरुबाट नै । जहाँ अभिभावकहरुबाट चुनिएको विद्यालय व्यवस्थापन समिति हुन्छ । त्यसपछि त्यस्तै प्रकृतिको शिक्षक अभिभावक संघ हुने भो । विद्यार्थीहरुको नेतृत्व र छनौटमा बालक्लब, चाइल्ड क्लब, ग्रिन क्लब, इकोकल्ब लगायतका संगठनको निर्माण त्यही हुने गर्दछ । त्यसले पनि सिकाईमा प्रजातान्त्रिक अभ्यास उनीहरुले प्रयोगबाटै सिक्न सक्छन् । विद्यालयमा मात्रै अत्यन्तै धेरै पारदर्शिता हुने गर्दछ ।
(वक्ता ढुङ्गेलसँगको अनौपचारिक कुराकानीमा आधारिक पाठ्य सामग्री)
बाँकी भिडियोमा…