‘वीर भएर पाखुरामा बल मात्र साँचेर मुलुक बन्दैन । मुलुक बनाउनका खातिर त भएको बललाई सही सदुपयोग गर्नुपर्छ । माटोमा बैज्ञानिक र प्रविधिमय भएर गरेको लगानी खेर जाँदैन । बिज्ञान छ र त माटोमा जीवन छ । अनावश्यक चियो चर्चो र अरुका कुरा काटेर आफ्नो समय बर्बाद् गर्नुमा न संवृद्धि छ, न कसैको भलाई । त्यसैले सबै नेपाली दाजुभाइ, दिदीबहिनी हरुलाई आफ्नै माटोमा आफ्नो भविष्य खोज्ने मेरो सल्लाह छ ।’
अनारखेतीका व्यावसायिकीकरणका प्रणेता मानिएका ‘अनारबाजे’ अर्थात् हिरालाल आचार्य अनारखेतीका साथमा कागती खेतीमा पनि हामफालेका छन् ।
तत्कालिन जिल्ला वन कार्यालय, रामेछाप अन्र्तगत वन रक्षक पदबाट सेवा निवृत्त भएका आचार्य, सामाजिक तथा परोपकारको कार्यमा समेत उत्तिकै समय दिन भ्याउँछन् ।
रामेछापको मन्थली नगरपालिका वडा नं. ५ को सुनारपानीमा बसोबास गर्ने अनारबाजेले अनारखेतीमा नेपालभर ख्याति कमाइसकेका भएपनि आफ्नो फलफूल खेतीको व्यवसायलाई कागती लगायत आँप तथा अन्य फलफूलको व्यवसायको पनि विकास गरेका छन् । यतिबेला उनको बगैंचामा हेर्दा निकै मनमोहक देखिन्छ । आफ्नै लगानीमा विकास गरेको फलफूल नर्सरीका लागि उनले बर्खेपानी संकलनको ट्याङ्की निर्माण गरी सिँचाईको बन्दोबस्त गरेका छन् । यतिबेला अनारबाजेको नर्सरीमा २ सय बेर्ना कागती, २ सय बेर्ना आँप, ५ हजार बेर्ना अनार लगायत सुन्तला, लहरेआँप, क्रिस्मस् ट्री, अगरउड, रुद्राक्षहरु समेतको नर्सरी गरेका छन् ।
फलमात्रै नभएर फूलको नर्सरीले पनि अनारबाजेको घर वरपरको वातावरणलाई झनै रमणीय बनाएको छ । जापानीज र थाइल्याण्डबाट आयात गरिएका लालुपाते, लाहुरे, सयपत्री, मखमली, इफोबिया, धूपि, गुलाब, हबिस्कस् लगायतका ३० प्रजातिका फूलहरु समेतलाई अनारबाजे दिनहुँ स्याहार सुसार गरिरहेका भेटिन्छन् । तत्कालिन जिल्ला वन कार्यालय, रामेछाप अन्र्तगत वन रक्षक पदबाट सेवा निवृत्त भएका आचार्य, सामाजिक तथा परोपकारको कार्यमा समेत उत्तिकै समय दिन भ्याउँछन् ।
खासै धेरै सिँचाई समेत नलाग्ने र ठूलो मेहनत निरन्तर गर्नु नपर्ने भएको कारणले यो पेशा अंगाल्न मलाई मेरै मनले उत्प्रेरित गरेको हो । (हाँस्दै…) यो अनारखेती अल्छेले गरिखाने मेलो हो । फेरि अल्छे भन्नासाथै केही कामै नगर्ने डिलमा बसेर हेरेर मात्रै फल्ने भन्ने कुरा चाहिँ होइन ।
अनारबाजे त्यसै अनारबाजे भएका होइनन् । नेपालमा अनारखेतीको व्यावसायिक कृषकको रुपमा लोकसेवा आयोगबाट सोधिने प्रश्नहरुमा समेत उनको नामलाई समावेश गरेपछि उनी झनै चर्चाको शिखरमा चुलिएका हुन् । वि.सं. २०६२ सालदेखि व्यावसायिक अनारखेती र नर्सरीमा हामफालेका आचार्यको ‘गणेशहीरा फलपूmल तथा पुष्प नर्सरी’ नामक कृषि फर्म दर्ता गरी उनले व्यवसाय सुरु गरेका हुन् । उनी अनारखेतीको व्यावसायिक समृद्धि र प्रगतिका लागि आफ्ना अनुभव साटासाट गर्न र अनारखेतीको तालिम आदिको प्रशिक्षणका लागि देशका विभिन्न २२ जिल्लामा पुगिसकेको बताउँछन् । ‘अनारखेती तर्फ नै किन यहाँको ध्यन गयो ?’ भन्ने जनता भ्वाइसको जिज्ञासामा उनी भन्छन्, ‘अनार फल आफैंमा बहुगुणी औषधिमूलक फल हो ।
यो फल उत्पादन गर्नका लागि कृषकलाई कुनै पनि ठूलो लगानीको जरुरी पनि छैन । खासै धेरै सिँचाई समेत नलाग्ने र ठूलो मेहनत निरन्तर गर्नु नपर्ने भएको कारणले यो पेशा अंगाल्न मलाई मेरै मनले उत्प्रेरित गरेको हो । (हाँस्दै…) यो अनारखेती अल्छेले गरिखाने मेलो हो । फेरि अल्छे भन्नासाथै केही कामै नगर्ने डिलमा बसेर हेरेर मात्रै फल्ने भन्ने कुरा चाहिँ होइन । एकपटकको कडा मेहनतले १०÷१२ वर्ष आनन्दले सामान्यतया फल खान पाइन्छ ।’
आचार्यको अनारखेतीलाई बि.बि.सी नेपाली सेवा लण्डनले समेत प्रशारण गर्नुको साथै फलफूल सम्बन्धी अन्तर्राष्ट्रिय बहसका सन्दर्भमा उनको चर्चा र परिचर्चा राज्यले नै गर्ने गरेको छ । कम्बोनियाबाट प्रकाशन हुने एक समाचार जर्नललाई देखाउँदै उनी भन्छन्, ‘प्रचारप्रसार र होहल्लाले मात्रै नेपालको कृषि क्षेत्रको उन्नति हुने होइन् । कृषिबाट समृद्धिको ढोका खोल्ने हो भने यो क्षेत्रमा आत्मविश्वास, थोरबहुत लगानी तथा कडा परिश्रमको जरुरी पर्छ ।’
आचार्यको अनारखेतीलाई बि.बि.सी नेपाली सेवा लण्डनले समेत प्रशारण गर्नुको साथै फलफूल सम्बन्धी अन्तर्राष्ट्रिय बहसका सन्दर्भमा उनको चर्चा र परिचर्चा राज्यले नै गर्ने गरेको छ ।
वि.सं. २०६२ सालमा अनारको व्यावसाय सुरु गर्दा पहिला त उनकी श्रीमतीले समेत पत्याएकी रहिनछिन् । आफ्नो लोग्नेले छँदाछाँदैको मस्याङ्, मकै, गहत फल्ने बारी मासेर अनारका विरुवा लगाएको देखेर श्रीमती ‘मैयाँ’ केही मिठो झर्कोफर्को गरेको उनी यतिबेला सम्झन्छन् । सुरुआति क्षणको ३ लाख लगानी बढेर अहिले सरदर ३० लाख बराबरको मूल्य हाराहारीमा पुगेको छ । ‘सुरुमा ३ लाख लगानी गरेको बगैचा तथा नर्सरीको अहिले मूल्य कति पुग्योहोला ?’ भन्ने मालश्रीको जिज्ञासामा उनी हाँस्दै भन्छन्, ‘मूल्य लगाउने काम मेरो होइन नि । मूल्य निर्धारण गर्न त बेच्ने मनासाय हुनुपरो । बगैचाको मूल्य निर्धारण गरेर बेच्ने सोच मेरो भए पो ? यो नै बेचेँभने म अनारबाजे कहाँ रहेँ र ?’
अबको केही दशकमा अनारबाट देशलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको आचार्य बताउँछन् । लगनशीलता र जाँगरगरे मात्र आफ्नो लागि सँगसँगै देशको लागि पनि आर्थिक संवृद्धिको बाटो खुल्ने बचाउने आचार्य भन्छन्, ‘हामीसँग जाँगर छैन । विश्व समुदायको आगाडि हामी नेपाली विर मात्र छौं । विर भएर पाखुरामा बल मात्र साँचेर मुलुक बन्दैन । मुलुक बनाउनका खातिर त भएको बललाई सही सदुपयोग गर्नुपर्छ । माटोमा बैज्ञानिक र प्रविधिमय भएर गरेको लगानी खेर जाँदैन । बिज्ञान छ र त माटोमा जीवन छ । अनावश्यक चियो चर्चो र अरुका कुरा काटेर आफ्नो समय बर्बाद् गर्नुमा न संवृद्धि छ, न कसैको भलाई । त्यसैले सबै नेपाली दाजुभाइ, दिदीबहिनी हरुलाई आफ्नै माटोमा आफ्नो भविष्य खोज्ने मेरो सल्लाह छ ।’
अनारखेतीबाट माथि उठेका आचार्यलाई वि.सं. २०६३ सालमा उत्कृष्ट कृषकको रुपमा तत्कालिन जिल्ला विकास समितिले सम्मान गरेको थियो भने उनको यो कामको उच्च मूल्याङ्क गर्दै वि.संं २०६९ साल जेठ २४ गते प्रकाशित गोरखापत्रमा उनको नाम सामान्यज्ञानको प्रश्नमा समेत समावेश गरिएको थियो ।
अनावश्यक चियो चर्चो र अरुका कुरा काटेर आफ्नो समय बर्बाद् गर्नुमा न संवृद्धि छ, न कसैको भलाई । त्यसैले सबै नेपाली दाजुभाइ, दिदीबहिनी हरुलाई आफ्नै माटोमा आफ्नो भविष्य खोज्ने मेरो सल्लाह छ ।’
हालसम्म उनले आफ्नो फलफूल तथा नर्सरी व्यवसाय प्रर्वधनमा कुनै पनि अनुदान तथा राज्यको सहयोग नलिएको उनी दावी गर्छन् । अनुदानबाट वास्तविक कृषकको जीवनस्तर माथि नउठ्ने दावी गर्ने आचार्य भन्छन्, ‘अनुदानले वास्तविक कृषकलाई कुनै पनि राहत हुँदैन । अहिलेको राज्यको गतिविधि नियाल्दा अनुदान वास्तविक कृषकको पहुँच सम्म पुगेको नै छैन । पार्टीका कार्यकर्ता नै कृषकको अर्को रुपमा देखा पर्दा अनुदानको सबै रकम दुरुपयोग भएको छ । अनुदानले होइन, सशक्तिकरणले मात्रै कृषक उँभो लाग्ने र नेपालमा आधुनिक कृषिको अभ्यास सफल हुने मेरो बुझाई छ ।’
अनारबाजेको घरको वातावरण शारदीय यो मौसममा निकै फूलमय देखिन्छ । विभिन्न प्रजातिका पूmलहरुको साथमा मालाफूलले विशेष महत्व राखेको छ उनको घरमा । विवाह मण्डपमा सजाइने कृत्रिम माला जस्तो उनको घरलाई नै माला नामक फूलले घरेको छ भने उनको घरको दैलामा नै दुबोको गेट सजावट गरिएको छ । अनारबाजेको फलफूल तथा नर्सरीको यो व्यवसायले भोलिको राज्यको मुहार कुनै न कुनै रुपमा चम्किलो हुने विश्वास गर्न सकिने प्रशस्त सम्भावन रहेको छ ।
के हो अनार ?
यो फल प्रायः प्रतिकुल अवस्थामा पनि सजिलैसँग गर्न सकिन्छ र अरु फललाई जस्तो पानीको आवश्यकता पनि पर्दैन तर निकासको राम्रो व्यवस्था हुनु पर्दछ । प्रायः यो फल शितोष्ण प्रदेशमा पतझड् भएता पनि उष्ण र समशितोष्ण प्रदेशमा सदाबहार र आशिंक पतझडको प्रकृति देखाउँछ । बढी चिसो हावापानीले फलको गुणस्तरमा नराम्रो असर पार्दछ ।
अनारको उत्पत्ति इरानमा भएता पनि यो फल संसारका धेरै देशहरूमा उत्पादन गर्न सकिन्छ । नेपालको हावापानी विविध खालको भएको कारण विभिन्न फलपूmलको सम्भावना रहेको छ । नेपालमा अनारको खेती तराईका केही जिल्लाहरूमा साथै प्रायः सबैजसो मध्य पहाडी जिल्लाहरूमा गर्न सकिन्छ । यसको उत्पादन सामुन्द्रिक सतहदेखि ५ सय–१ हजार ६ सय मिटरको उचाईसम्म सजिलैसँग गर्न सकिन्छ ।
नेपालको मध्य पहाडी जिल्लाहरूमा अनारको सफलताका साथ खेती गर्न सकिन्छ । यो फल प्रायः सुख्खा ठाउँमा पनि गर्न सकिन्छ । राम्रो गुणस्तरको अनार उत्पादन गर्नको लागि हिउँदमा चिसो ठण्डा र गर्मीयाममा न्यानो तथा सुख्खा रहने क्षेत्र उपयुक्त हुन्छ । तापक्रम १३—३५ डि.से. सम्म पनि यसको उत्पादन गर्न सकिन्छ । केही मात्रामा तुषारो सहनसक्ने यो फलको लागि वार्षिक वर्षा ५०—६० से.मि. हुने ठाउँ उपयुक्त हुन्छ । यो फल प्रायः प्रतिकुल अवस्थामा पनि सजिलैसँग गर्न सकिन्छ र अरु फललाई जस्तो पानीको आवश्यकता पनि पर्दैन तर निकासको राम्रो व्यवस्था हुनु पर्दछ । प्रायः यो फल शितोष्ण प्रदेशमा पतझड् भएता पनि उष्ण र समशितोष्ण प्रदेशमा सदाबहार र आशिंक पतझडको प्रकृति देखाउँछ । बढी चिसो हावापानीले फलको गुणस्तरमा नराम्रो असर पार्दछ ।
अनारको प्रमुख समस्याको रुपमा अनारको पुतली (फलमा प्वाल पार्ने कीरा) हो भने त्यस पश्चात अनारको बोक्रा खाने झुसिलकीरा, जरामा लाग्ने धमिरा, लाही कीरा, सेतो पुतली, स्केल कीरा, थ्रिप्स आदि हुन् ।
अनारको उत्पादन प्रायः सबैजसो खालको माटोमा भएतापनि चिम्टाईलो दोमट किसिमको माटोमा राम्रो उत्पादन हुन्छ । अम्लियदेखि केही छारियपन भएको माटोमा पनि सजिलैसंग उत्पादन गर्न सकिन्छ । माटोमा मलिलोपना राम्रो भएमा कम मल दिएपनि उत्पादन राम्रै हुने कुरा कृषि विज्ञहरूको अनुसन्धानबाट पत्ता लागेको छ ।
४—५ वर्षसम्म प्रतिस्पर्धा नगर्ने खालका चना, केराउ, मास, मुंग, तोरी जस्ता बालीहरू लगाउन सकिन्छ तर फल दिन थालेपछि अन्तरबाली लगाउनु त्यत्ति उपयुक्त हुँदैन, किनकी यस्ता बालीहरूले मुख्य बालीसँग खाद्यतत्व, पानी तथा प्रकाश जस्ता श्रोतको लागि प्रतिस्पर्धा गर्ने गर्दछन् ।
अनारमा ४५ भन्दा बढी प्रजातिका कीराहरूले आक्रमण गर्ने गरेको पाइन्छ साथै दर्जनौ रोगहरू पनि समस्याको रुपमा रहने वैज्ञानिकहरूको दाबी छ । कीराहरू तथा रोगहरूको संक्रमण बगंैचाको सर सफाई, भौगोलिक अवस्था तथा अन्य व्यवस्थापन पक्षले असर पारेको हुन्छ । अनारको प्रमुख समस्याको रुपमा अनारको पुतली (फलमा प्वाल पार्ने कीरा) हो भने त्यस पश्चात अनारको बोक्रा खाने झुसिलकीरा, जरामा लाग्ने धमिरा, लाही कीरा, सेतो पुतली, स्केल कीरा, थ्रिप्स आदि हुन् ।