जेठ १४,
रामेछाप । नेपालमा कोरोना संक्रमित थपिएका छन् । आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार रौतहटमा एकै पटक ३५ जनामा कोराना संक्रमण पुष्टि भएको हो । उनीहरूमा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले बताए ।
उनीहरु सबैलाइ जिल्लाकै आइसोलेसनमा राख्ने तयारी गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शशि मोहन दासले बताए । संक्रमितको संख्या ८ सय २५ पुगेको छ। बुधबार बिहानै बाग्लुङका ६ र हेटौंडाका एकजनामा संक्रमण पुष्टि भएको थियो । यसबारेमा मन्त्रालय भने आधिकारीक जानकारी गराएको छैन ।





