शेरबहादुर तामाङ, खाँडादेवी
(अतिथि, तामाङ्सँग अन्तर्वार्ता तथा अनौपचारिक कुराकानीका क्रममा भएका संवाद्का आधारमा तयार पारिएको पाठ्य सामग्री –प्रधान सम्पादक)
मैले मेरो जीवनको निकै लामो समय तत्कालिन एमाले अर्थात् अहिलेको नेकपाका लागि दिएको छु ।
कम्ती हो र ? २७ वर्ष पो त ।
मैले मेरो पार्टीका लागि दिएको योगदानको कुनै महत्व भएन । युवा भएर पनि मेरो योगदानको कुनै कदर गरिएन । उल्टै विभिन्न काण्ड र आरोपहरुमा फसाएर मलाई बदनामी गराइयो र अन्त्यमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरियो ।
मन त अति नै दुख्छ नि ।
म आजभन्दा डेढ वर्ष अघिबाट नेपाली काँग्रेसमा प्रवेश गरेको हूँ ।
नेपाली काँग्रेसमा प्रवेश गर्न मन त थिएन नि ।
नेपाली काँग्रेसमा प्रवेश गर्नुको पनि आफ्नै कहानी छ । मैले चाहेर यो पार्टीमा प्रवेश गरेको हैन ।
तन काँग्रेसमा गए पनि मन र यो शरीरमा बग्ने रगत भनेको अझै पनि बाम्पन्थी नै छ । मेरो विचारले नेपाली काँग्रेसलाई स्वीकार गरेकै छैन ।
यसै पनि जुनबेला देखि म नेपाली काँग्रेसमा प्रवेश गरें, त्यो बेलादेखि नै नेपाली काँग्रेसका साथीहरुले समेत मलाई स्वीकार्न नसकिरहेको जस्तो अनुभूति गर्न थालेको छु ।
गाउँपालिका स्तरमा हुने अर्थात् गाउँ स्तरमा हुने कुनै पनि कार्यक्रम, सरसल्लाह, बैठक लगायत अन्य कुनै पनि जमघटहरुमा मलाई जानकारी नै दिँदैनन् ।
कोटेश्वरको रामहरि हत्याकाण्डको बारेमा मैले वर्तमान नेकपा अध्यक्ष प्रचण्डसँग सीधासीधा वार्ता गरेर पीडित् रामहरि पत्नीलाई क्षतिपूर्ति र आवश्यक बन्दोवस्त गर्नका लागि संघर्ष गरेको थिएँ ।
मलाई तत्कालिन एमाले पार्टीले पार्टीको युवा कार्यकर्ताको रुपबाट भोलिको सम्भावित नेता बनाउने तर्फ भन्दा पनि पार्टीको बफादार गुण्डा बनाउन खोज्यो । तर म गुण्डा होइन पार्टीको नैतिकवान नेतृत्व गर्न सक्ने क्षमताको नेता बन्न चाहन्थे ।
तत्कालिन एमाले पार्टीले मलाई राजधानीमा कुख्यात डन चरी र घैंटेको हालत बनाउने सोचेको थियो ।
मलाई गुण्डागर्दी होइन, विचार र सिद्धान्त प्यारो छ, हिजोपनि र आजपनि । हो, म तामाङ्को छोरो हूँ । यसैपनि झ्वाट्ट रिस उठ्नु र त्यसलाई सीधा एक्शनमा देखाइहाल्नु हामी जनजातिहरुको कमजोरी हो । अझ सीधा भाषामा भन्दा ‘म भोटे कुकुर हूँ’ देख्दा र हेर्दा झम्टिहाल्ला जस्तो तर मैले अहिलेसम्म कसैलाई पनि हात हालेको छैन ।
म ‘उसु’ को खेलाडी हूँ । ज्यान हेर्दा मान्छे नै मार्ला जस्तो देखिन्छ । यसको अर्थ मैले कति जना लाई कुटें या मारें भन्ने देखिन्छ । तर मान्छे कुटेर र मारेर पाइने भनेको सजाएँ हो भन्ने मैले राम्ररी बुझेको छु । कुनै पनि हालतमा म जत्तिको बुझ्ने मान्छेले हिँसामा विश्वास गर्नु हुन्न भन्ने मलाई राम्रोसँग थाहा छ ।
मैले पार्टीमा टेबल ठटाएर भएका विकृति र विसंगतिहरुलाई निराकण गर्न र पार्टीलाई सही दिशामा हिँडाउनका लागि प्रत्यक्ष बहस गर्न खोज्दा र त्यो ल्याकत राख्दा त्यो पार्टीलाई सही भएन ।
तत्कालिन एमालेमा भएका रामेछाप जिल्लास्तरका नेतृत्वहरुलाई मेरो उनीहरु प्रतिको निगरानी मन नपरेको र विभिन्न बहानामा मलाई पार्टीबाट हटाउने र आप्mनो बाटोको काँडा पन्छाउने रणनीति बनाउने केही व्यक्तिहरुको चलखेलको प्रभाव परेको हो ।
त्यस्सैले म प्रष्ट भन्न सक्छु,
‘म देवशंकर पौडेल र होम बुढाथोकीको कारणले पार्टीबाट निकालिएको हूँ ।’
बाँकी भिडियोमा…





