काजल कार्की
कोरोना संक्रमणले ऑखा गाडेको हाल चौथो महिनाको उत्तरार्धमा छौ हामी । यस संक्रमणले सबै क्षेत्र पिल्सिएका छन् । ब्यबसायहरु चौपट छन । कलकरखानाहरुको ताल्चामा खिया लागिसकेको छ । बिद्यार्थीहरुले बिद्यालय जाने समय बिर्सिसकेका छन् । निजी संस्थामा काम गर्ने कर्मचारीहरुलाई गते र बार नै जानकारी हुन छाडिसक्यो ।
संधै घरभित्र मात्रै बस्नु पर्ने बाध्यताको कारण आम नेपालीलाई दिन र रातको फरक महत्व नै हुन छाडिसक्यो । चाड पर्वमा मात्र जम्मा हुदा परिवारमा आउने रौनकले अहिले बिश्राम लिएको छ । मोवाइल र टिभी मात्र साथी बन्दा सबै जनामा आँखाको समस्या देखा पर्ने लगभग पक्कापक्की छ । धेरै जनामा मानसिक, आर्थिक र सामाजिक समस्याहरु देखा पर्न थालेका छन् । अझ पनि संक्रमणको अन्त्य हुने संभाबना देखिएको छैन ।
शैक्षिक सत्र सुरु भएको दोस्रो महिना हुन्थ्यो । बिद्यार्थीहरु बढो तामझामका साथ नया कक्षामा बहुत जोस र जागरका साथ पढिरहेका हुन्थे कक्षा कोठामा । तर समय प्रतिकुल बन्यो कसैले पनि चाहेको र सोचेको जस्तो हुन सकेन
यो सबै बितृष्णाको चौघेराबाट आज मैले यो आलेख मार्फत उठान गर्न खोजेको बिषय हो “पछिल्लो समयको नेपालको शैक्षिक स्थिति ।” लकडाउनले प्रभावित भएको धेरै क्षेत्र मध्ये एउटा अति प्रभावित क्षेत्र हो शैक्षिक क्षेत्र । अहिले शैक्षिक सत्र सुरु भएको दोस्रो महिना हुन्थ्यो । बिद्यार्थीहरु बढो तामझामका साथ नया कक्षामा बहुत जोस र जागरका साथ पढिरहेका हुन्थे कक्षा कोठामा । तर समय प्रतिकुल बन्यो कसैले पनि चाहेको र सोचेको जस्तो हुन सकेन । अझ यो समयको परिकल्पना कुनै बिद्वानहरुले समेत गरेका थिएनन् । तसर्थ कक्षा कोठामा हुने हामी बिद्यार्थीहरु आज टिभि र मोबाइलको अगाडि जिस्किरहेका छौ । एस ई ई जस्तो संबेदनशील परीक्षा दिनबाट बिद्यार्थीहरु बञ्चित भइरहेका छन् । यी सबै कुरालाई राम्रोसंग मनन गर्ने हो भने हाल हाम्रो देशको शैक्षिक अबस्था एकदमै भयाबह अबस्थामा छ ।
हामी हरेक कुरामा विकसित राष्टहरुको नक्कल गर्ने गर्छौ । पश्चिमा मुलुकले गाडी चडे हामी घोडा चड्छौ यो सम्म त ठीकै हो तर उनीहरूले घोडा चडे हामी धुरी चड्न हतारिन्छौ यो हाम्रो ठूलो कमजोरी हो । आज कोभिड १९ ले विश्वकै शैक्षिक क्षेत्र डमाडोल छ । केही शक्ति राष्टहरुले अनलाइनका बिभिन्न माध्यमबाट आफ्ना देशका बिद्यार्थीहरुलाई अलमलाउने काम गरे । जसको अनुसरण हाम्रा देशका केही बिद्यालयहरुले पनि पछिल्लो समय गरेको पाइन्छ । आखिर कति सफल भइरहेको छ त अनलाइन कक्षा ? यसको अनुगमन कसले गरिरहेको छ ? सरकार अनलाइन कक्षा नचलाउनु भन्ने केही अपबाद बाहेक ठूला भन्ने स्कुलहरु अनलाइन कक्षा सञ्चालन गरेर बिद्यार्थीसंग शुल्क असुलीरहने ।
काठमाण्डौबाट अनलाइन कक्षा सञ्चालन भइरहदा सोलुखुम्बुको त्यो उपल्लो ठाउमा रहेको बिद्यार्थीले पढ्न पायो कि पाएन ? यो याद गर्नु पर्ने बिषय हो
बढो गज्जबको छ काहानी पनि । अहिले प्राय मानिसहरु लकडाउनको प्रभाब थेग्न सहज होस् भनेर आफ्ना शहरका महङ्गा भाडाका कोठामा ताल्चा ठोकेर गाउका झुपडीमा आराम गरिरहेका छन् । शहरका बिद्यार्थीहरु शहरका रैथाने मात्र छैनन्, तीनै दुर्गम गाउका गरिबका छोरछोरीले पनि ऋण लिएर पढिरहेका छन् । के अहिले चलिरहेको यो अनलाइन कक्षामा तिनीहरु पनि समायित भएका छन् त ? कक्षा सञ्चालन हुदा सबैले पढ्न पाउने अधिकार छ कि छैन त ? एउटै बिद्यालय र एउटै कक्षा पढ्ने बिद्यार्थीलाई कसैलाई काख कसैलाई पाखा गर्न पाइन्छ ।
काठमाण्डौबाट अनलाइन कक्षा सञ्चालन भइरहदा सोलुखुम्बुको त्यो उपल्लो ठाउमा रहेको बिद्यार्थीले पढ्न पायो कि पाएन ? यो याद गर्नु पर्ने बिषय हो
रामेछाप र काठमाण्डुको बिद्यार्थीले एउटै शुल्क तिर्छ भने अधिकार नि बराबर हुनु पर्छ कि पर्दैन ? यो कस्तो नियतले शुरु गरिएको हो अनलाइन कक्षा ? प्रश्न मात्र समस्याको समाधान हैन, समाधानको लागि उत्तर चाहिन्छ तर उत्तर भेट्ने ठाउ नै पो काहा छ र ?
बिद्यार्थीको भबिष्य प्रति सबैभन्दा बढी चिन्ता सरकारलाई हुनुपर्छ । तर जति हुनुपर्ने हो त्यति भएको पाइन्न । काठमाण्डौबाट अनलाइन कक्षा सञ्चालन भइरहदा सोलुखुम्बुको त्यो उपल्लो ठाउमा रहेको बिद्यार्थीले पढ्न पायो कि पाएन ? यो याद गर्नु पर्ने बिषय हो । अझ महत्वपूर्ण बिषय त हाम्रो देशमा काठमान्डौ, पोखरा, धरान, धनगडी जस्ता सुबिधा सम्पन्न सहर मात्रै छैनन, ताप्लेजुङ, हुम्ला, जाजरकोट, दार्चुला जस्ता अभाबै अभाबका ठाउ पनि छन् । मुस्किलले मोबाइलमा नेटवर्क आउदा खुसीले बुरुक्क उफ्रिने ठाउमा अनलाइन कक्षा भनेको तिहार भन्दा दशै अगाडी आउनु हो कि हैन त ?
विट मार्दा मार्दै मैले अनलाइन कक्षा आबश्यक थिएनर हैन भन्न खोजेको हैन । मात्र मेरो चाहना हो अनलाइन कक्षा सबैको पहुचमा हुनु पर्यो नत्र बन्द गर्दा हुन्छ भन्ने हो । हुनत असार १ गते पछि शिक्षा मन्त्रालयले भर्चुअल कक्षा सञ्चालन गर्ने तयारी गरिरहेको छ । हेरम् कत्तिको प्रभाबकारी हुन्छ । हामी चाहान्छौ बिभिन्न बाहनामा हाम्रो पढ्न पाउने अधिकारको हनन नगरियोस् । हाम्रो पनि उदेश्य अप्ठ्यारोमा सरकारलाई पेल्ने हैन ।
अहिले सम्म त घरकै लकडाउनमा छदै छौ । पढ्न पाउ भन्दै सडकमा आम बिद्यार्थी उर्लन नपरोस् । सरकारले अलि बढी यो बिषयमा गृहकार्य गरोस्, हामी सबैको अपेक्षा छ । अन्तमा यो कोरोनाको संक्रमण जित्ने साहस सबै नेपालीमा दिखियोस् मेरो शुभेच्छा सबैमा ।