Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

लकडाउनमा ‘ढुङ्गा कुँद्दै रूख पोत्दै’ युवाहरू (भिडियोसहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 27, 2020
in फिचर, राष्ट्रिय समाचार, समाचार
0
लकडाउनमा ‘ढुङ्गा कुँद्दै रूख पोत्दै’ युवाहरू (भिडियोसहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
जेठ २७,जनता भ्वाइस संवाददाता,

रामेछाप । युवाले चाहे के हुँदैन ? धर्ती फोड्न सक्छ । पहाड तोड्न सक्छ । संसार आफ्नो वशमा राख्न सक्छ । त्यसैले उसको रगत तातो छ । तातो रगतमा समाज परिवर्तनको हाइ पावर हुन्छ । त्यही सोच र शक्तिको फ्यूजनबाटै जन्मन्छ – समुन्नत समाज ।

रामेछापका सहयोगी मनहरुको कुरा यतिबेला यहाँहरुको सामु मैले उठाउँदै छु । यहाँहरुले दृष्यमा देखिरहनु भएको स्थान हो, रामेछाप नगरपालिका वडा नं. ८ बिटार ।
मन्थलीबाट थोरै किलोमिटरको पैदल या सवारी दूरीमा रहेको यो स्थान निकै वर्ष अघिदेखि नै वनभोजमा रमाउन चालहनेहरुको गन्तव्यको स्थल बन्ने गरेको छ । केही वर्ष अघिबाट नै तत्कालिन जिल्ला वन, हाल डिभिजन वन कार्यालयले यो स्थललाई पार्कको रुपमा विकास गर्ने गरेको भए पनि त्यो पुरा हुन सकेको थिएन । त्यही अधुरो सपनालाई पुरा गर्ने काममा रामेछापका सहयोगी मनहरु लागेको छ ।

रासम अर्थात् रामेछापका सहयोगी मनहरु मन्थलीका केही अगुवा युवाहरुको सत्रियतामा गठन भएको एउटा लुज फोरम हो । यो एउटा समूह हो, यहाँ न कुनै वाद् न कुनै विचार या न कुनै जात धर्मको नै विषयलाई पैरवि गर्ने गरिन्छ । रामेछापका सहयोगी मनहरु भित्र जो कोही पनि सेवाभावको व्यक्ति अटाउन सक्छ ।

कोरोना भाइरसका कारण मुलुक बन्दबन्दीमा गएको अवस्थामा रामेछापका धेरै खाद्यान्न अभावका पीडितहरुलाई यो समूहले खाद्यान्न लगायत अत्यावश्यक सामग्रीहरु उपलब्ध गराएको थियो । यो समूहलाई एकै शब्दमा कसरी बुझन् सकियो भने, जहाँ जसलाई जस्तो किसिमको सहयोगको आवश्यकता हुन्छ, त्यसका लागि यो समूह सहयोग जुटाएर बाँढ्नका लागि अगाडि बढ्ने गर्दछ ।

विगत केही वर्षदेखि सोचको रुपमा रहेको यो समूह कुनै एनजिओ या आइएनजीओ होइन । यो समूह संस्थाको रुपमा कही दर्ता भएको छैन र आगामी दिनमा कहीँ कतै नजोडिने प्रतिवद्धता व्यक्त गर्दछ । हाल रामेछाप नगरपालिकाको वडा नं. ८ बिटारमा यो समूह पार्क निर्माण गर्न लागिपरेको छ ।

विगत १० दिनदेखि अहोरात्र खटिएको यो समूहले यो स्थानमा विभिन्न कार्यहरु गरिसकेको छ । यो समूहले आफ्नो गक्ष र क्षमता अनुसार यो स्थानलाई सिगार्ने काममा लागिपरेको छ । हुन त यो जमिन नेपाल सरकारको स्वामित्वमा छ तर बाबियाखर्क सामुदायिक वनको रुपमा रहेकोले यसलाई सोही वनको अनुमतिमा यो कार्य भइरहेको छ ।

यहाँ रहेका विभिन्न रुखहरुको फेदमा रंग लगाइएको यहाँहरुले देखिरहनु भएको छ । यो पनि एउटा सुन्दरता नै हो । झन यहाँ रहेका ढुङ्गाहरुलाई घोटेर विभिन्न अमूर्त कलाकृतिहरु देख्दा जो कोहीको पनि मन लोभिन्छ । धुस्रेफुस्रे भएर कडा चट्टानलाई घोट्दै गरेका रामेछापका सहयोगी मन जयराम मानन्धर यो कार्य र यस कलालाई व्यक्तिले आफूलाई कल्पनाशीलतमा हराउनका लागि छोडिदिने बताउँछन् ।

मानन्धर मात्रै होइन, यो समूहका सबै मनहरु यस कार्यमा उस्तै खटिएर लागिपरेका छन् । कोही टायर रङ्ग्याउँदै छन् त कोही रुखका फेद । फेरि कोही पार्क सिगार्ने काममा आ आफ्ना काममा उस्तै व्यस्त छन् । पार्कमा भएका ढुङ्गाहरुलाई कुँदेर अमूर्त आकार दिने मध्येका अर्का रासम समूह सदस्य रुद्रकुमार श्रेष्ठ समेत मानन्धरको कुरामा सहमती जनाउँछन् ।

मन्थली वरपर बालबालिका, वयस्क र वृद्धवृद्धाहरु नै रमाउने तथा मन भुलाउने उचित स्थान छैन । जताततै धुलो र कोलाहाल भन्दा फरक कोही एकान्तमा रमाउनका लागि यो ठाउँ उचित गन्त्वय बनेको छ । यसै सम्बन्धमा रामेछाप सहयोगी मनहरुका अर्का सदस्य तथा सोही स्थानका कुखुरा पालक कृषक सुनिल रायमाझी आफूलाई यस कार्यका लागि अलग्गै उर्जा मिलेको बताउँछन् ।
राम्रो काम गर्नेलाई सबैले निस्वार्थ भएर सहयोग गछन् भने झैं रामेछापका सहयोगी मनहरुलाई बगमती प्रदेश युवा संजालको समेत कार्यगत सहयोग र समर्थन रहेको छ ।

पार्क निर्माण र व्यवस्थापन सम्बन्धमा बागमती प्रदेश युवा संजालका उपाध्यक्ष नवराज श्रेष्ठले यो पार्क निर्माण र व्यवस्थापनका लागि सबैलाई सहयोग गर्न आग्रह रहेको छ ।
बिटारमा रहेको यस पार्कलाई विशेषगरी मन्थलीका नागरिकहरुका लागि रिफ्रेस सेन्टरकै रुपमा बनाउन लागिएको रासम का अर्का जुझारु सदस्य विपिन भट्राईको बुझाई छ भने रामेछाप सहयोगी मनहरुको यस कार्यलाई स्थानीयले बडो रुचिपूर्ण मानेका छन् ।

आफ्नो घर छेउमा रहेको यो खाली जमिनलाई यस्तो सिगारपटार गरेपछि जो कोहीको पनि मन नरमाउने कुरै भएन । निस्वार्थ, निर्भय र लोकोपकारी भावले गरिएको यस कार्यले सर्वत्र प्रशंसा पाउने देखिन्छ । झन यस कार्यका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगदाताहरुलाई रासमले धेरै धन्यवाद दिइसकेको छ । त्यस्तै ढुङ्गा काट्ने मेशिन र आवश्यक रंगहरु दिएर सहयोग गर्ने रामेछापको सु परिचिति शुभलक्ष्मी हार्डवेयरलाई हामी पनि प्रेमपूर्वक धन्यवाद दिन चाहन्छौं । यसरी बिना स्वार्थ युवाहरु सामाजिक कार्यमा लागिरहँदा गाउँ गाउँमा सिँहदरबार भनेर आलाप जप्ने स्थानीय सरकार कता छ कुन्नी ?

यस्तो सामाजिक कार्यका लागि पनि व्यवसायीहरुसँग हात फैलाउनु पर्ने अवस्था देख्दा हामीलाई त लाज लागेको अनुभव भयो, के तपाईँलाई त्यस्तो लागेन ? यहीँ अर्को प्रश्न जन्मिन्छ, नागरिकको आफ्नै भनिएको सरकार कहाँ के गर्दैछ ? आजको सन्दर्भमा रामेछाप सहयोगी मनलाई स्थानीय सरकारको स्तरबाट पनि सहयोग हुनुपर्ने देखिन्छ । file photo

बाँकी भिडियोमा भिडियो हेर्नुहोस्

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अनुदानमा बोयर जातका बोका पाउँदा कृषकहरु दङ्ग (भिडियो सहित)

Next Post

कोरोनाको संक्रमणले दिलाएको पीडा

Next Post
कोरोनाको संक्रमणले दिलाएको पीडा

कोरोनाको संक्रमणले दिलाएको पीडा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.