Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वडा कार्यालयको अनुदान रकम काटिने

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in जनता स्पेसल, फिचर
0
वडा कार्यालयको अनुदान रकम काटिने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दिपक भट्ट



रामेछाप । मन्थली नगरपालिकाका केही वडा कार्यालयहरु विगत २ वर्षदेखी सदरमुकाममा नै बसेर कामकाज गर्दै आएका ६ वटा वडा कार्यालयको अनुदान रकमम काटिने भएको छ ।
स्थानिय निकायको निर्वाचन पछि पनि गाउँमा वडा कार्यालय नहुँदा नागरिकहरुले गाउँमै पाउने सेवा सुविधा पाउन नसक्दा उनीहरुले दैनिक हैरानी खेप्न विवश छन् । स्थानिय निर्वाचन सम्पन्न भएको २ वर्ष वितिसक्दा पनि सरकारले उद्घोष गरे अनुसारको सिंहदरवारको अधिकार गाउँमा नै पाउनु त कहाँ हो कहाँ गाउँका नागरिकहरुले अहिलेसम्म आफ्नो वडा कार्यालय गाउँमै देख्न समेत पाएका छैनन् ।
गाउँमा वडा कार्यालय स्थापना गर्न मन्थली नगरपालिकाले सवै वडालाई वजेट विनियोजन गरेको थियो । सम्वन्धित वडाका प्रमुखहरुले उक्त रकमवाट केही सामान वडा कार्यालयमा खरिद गरेर वडा कार्यालय खोलेता पनि उनीहरु सम्वन्धित वडा कार्यालयमा नवसेर जिल्ला सदरमुकाम मन्थलीमा सम्र्पक कार्यालय खोलेर सदरमुकाममै वस्दै आएका छन् ।
सम्वन्धित वडा कार्यालयमा गाउँमा नवसेको र नागरिकहरुले सेवा लिन धेरै दुःख पाएको विषयमा पटकपटक आवाज उठेपछि मन्थली नगरपालिकाले सदरमुकामवाट संचालन भएका ६ वटा वडा कार्यालयलाई तत्काल गाउँमै वडा कार्यालयमा गएर नागरिकलाई सेवा दिन निर्देशन दिएको २ वर्ष वितिसक्दा पनि ती वडा कार्यालयहरु गाउँ फर्किएका छैनन् । नगरपालिकाले दिएको निर्देशन अटेर गरी सदरमुकाममा वस्दै आएका ती वडा कार्यालयमा आगामी भदौ मसान्त सम्म गाउँमा गएर कार्यालय नखोल्ने वडा कार्यालयको अनुदान कटौ ितगर्ने निर्णय कार्यपालीकाको वैठकले गरि सकेको मन्थली नगरपालीकाका नगर प्रमुख रमेश कुमार वस्नेतले जानकारी दिए ।
जिल्लाको दुई नगरपालिका मध्ये सबैभन्दा ठूलो १४ वटा वडा कार्यालय रहेको मन्थली नगरपालिकाका ६ वटा वडा कार्यालयहरु अहिले पनि सदरमुकाम मन्थलीवाट नै संचालन हुँदै आएका छन् । गाउँमा वडा कार्यालय नहुँदा गाउँमै पाउने सेवाहरु नागरिकताको सिफारिस, जन्मदर्ता, विवाह दर्ता, वसाईसराई सिफारिस, सामाजिक सुरक्षा भत्ता वितरण, नाता प्रमाणित, जग्गाको तिरो लगाएतका साना ठुला कामहरु लिएर सदरमुकाम धाउनु पर्दा नागरिकहरुले हैरानी खेप्नु परेको मन्थली नगरपालिका वडा नं ४ सालुका सेवाग्राहि कृष्णहरी खत्रीले वताए ।
निर्वाचन सम्पन्न भएर जनप्रतिनिधि आएको २ वर्ष वितिसक्दा पनि आफु निर्वाचित भएको वडा कार्यालयमा नगएर सदरमुकमा मन्थलीवाट वडा कार्यालय संचालन हुने वडा कार्यालयहरुमा वडा नं २ र ३ कठजोर, वडा नं ४ सालु, ५ नं सुनारपानी , १० चनखु र ११ गेलु गरी ६ वटा वडा कार्यालय सदरमुकाम मन्थलीवाट संचालन हुँदै आएका छन् । जसमध्ये वडा नं ५कोे कार्यालय भने सदरमुकामममा रहेको वडा अध्यक्ष आफ्नै घरमा राखेर कार्यालय संचालन गरेका छन् ।
चुनावमा भोट माग्न आउँदा गाउँमै वसेर जनताको सेवा गर्छौ भनेर भोट दिऔं । चुनाव जितेपछि जनताको लागि भन्दा आफ्नो स्वार्थको लागि मात्र जनप्रतिनिधिहरुले काम गर्दा नागरिकलाई सास्ती भएको छ । एउटा सिफारिस लिन हजारौं रुपैयाँ खर्चेर सदरमुकाम जानु पर्ने वाध्यता छ । सदरमुकाम जाँदा पनि कुनै समय कर्मचारी नभेटदा त्यतीकै रित्तो हात फर्कनु पर्ने अवस्था रहेको मन्थली नगरपालीका ५ सुनारपानिकी सुनिता सार्कीले वताइन ।
निर्वाचन भए लगतै गाउँमा वडा कार्यालय स्थापना गरि नागरिकलाई सहज ढंगले सेवा दिन नगरपालिकाले पटकपटक पत्राचार नगरेको हैन् । नगरपालिकाको पत्राचार र महिनैपिच्छे हुने कार्यपालिकाको वैठकमा यो कुराले चर्चा पाउने गरेको छ । केही वडा कार्यालयहरुको आफ्नै भवन छ भने केही वडा कार्यालयहरु भने भाडाका घरमा वसेर कार्यालय संचालन गरेका छन् ।
तर ६ वटा वडा कार्यालयहरुले भने गाउँमा वडा कार्यालयको वोर्ड झुण्डाएर कार्यालय वन्द गरेका छन् । उनीहरुले अहिले सदरमुकाममै कार्यालय खडा गरेर बस्दै आएका छन् । सम्वन्धित वडा कार्यालयमा नजाने वडाहरुलाई आगामी भदौ १५ गते भित्र सम्वन्धित वडा कार्यालयमा जान नगरपालिकाले निर्देशन गरेको छ । तोकिएको मितिमा पनि नगए वडामा जाने अनुदान रकम रोक्ने चेतावनी नगरपालिकाले गरेको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

प्राविधिकको मिलेमतोमा ४९ लाख झ्वाम

Next Post

त्रिशुलीमा बस खस्दा ३ को मृत्यू, दर्जन भन्दा बढी बेपत्ता

Next Post
त्रिशुलीमा बस खस्दा ३ को मृत्यू,  दर्जन भन्दा बढी बेपत्ता

त्रिशुलीमा बस खस्दा ३ को मृत्यू, दर्जन भन्दा बढी बेपत्ता

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.