Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्राविधिकको मिलेमतोमा ४९ लाख झ्वाम

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in फिचर, समाचार
0
प्राविधिकको मिलेमतोमा ४९ लाख झ्वाम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

दिपक भट्ट

रामेछाप । सदरमुकाम मन्थलीमा रहेको बजार संरक्षण गर्ने नाममा प्रदेश सरकारवाट आएको ४९ लाख रुपैयाँ रकम वाट रणजोर खोलामा तेस्रो जालीको नमुना देखाएर जलउत्पन्न प्रकोप डिभिजनका प्राविधिक र  मन्थली वजार संरक्षण उपभोक्ता समितिका पदाधिकारीहरुले पैसा जति झोलामा हालेका छन् ।

        खोलामा सामान्य तारजाली हालेजस्तो गरेर नागरिकहरुको आँखामा छारो हाल्दै उक्त रकम प्रदेश सरकारको रकम दुरुपयोग गरिएको छ । मन्थली बजार संरक्षण गर्ने नाममा ३ नं प्रदेशबाट आएको ४९ लाख रुपैयाँ वजेट वाट वजार क्षेत्रमा काम नै नगरि उक्त रकम रणजोर खोलाको किनारमा सामान्य तार जाली हालेर रकम अनियमितता गरिएको हो ।

        प्रदेश सरकारले जलश्रोत तथा सिंचाई विकास डिभिजनमा रकम निकासा पठाएपछि सिंचाई विकास डिभिजन कार्यालयले उपभोक्ता समिति गठन गर्दा कर्मचारीकै मिलेमतोमा सिमित व्यक्तिहरुलाई मात्रै जानकारी गराएर उपभोक्ता समिति गठन गरेको आरोप स्थानियहरुले लगाएका छन् । उपभोक्ता समिति गठन गर्दा मलाई जानकारी नै भएन,उपस्थितीमा सहि गर भने मैले हेर्दै नहेरी सहि गरिदिए पछि बुझ्दा पो मलाई पनि उक्त समितिमा सदस्य पदमा राखेका रहेछन् समितिका सदस्य डेकबहादुर श्रेष्ठले वताए ।

        उनले भने– साइड हेर्न आएका प्राविधिक कर्मचारीलाई यो ठाडो खोलामा कसरी जाली हाल्नुपर्छ भन्ने अनुभव विना नै यसो जाली हालेजस्तो मात्रै गरेर रकम सक्ने काम मात्रै गरेका छन् । कति रकम खर्च भयो म आफैलाई थाहा छैन् । समितिका अध्यक्षलाई सोध्दा सवै रकम खर्च भयो भन्छन्, खोलामा हालिएको तेस्रो जालीले गर्दा खेत कटान रोक्नुको सट्टा आफुले रोपाइ गरिसकेको खेत समेत सवै खोला पसेर खेत कटान गर्नुको साथै लगाएको धान सवै पुरेको छ कसलाई के भन्नु उनले दुखेसो गरे ।

     वजार संरक्षणको नाममा आएको उक्त रकम कार्यालयले आर्थिक वर्षको अन्तिममा आएर खरिद नियमावली र कार्यविधि विपरित गएर उक्त रकम सकेको हो । काम सकिदा समेत उपभोक्ता समिति र सम्वन्धित सरकारी कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम गर्नुपर्ने कानुनी मान्यता भएता पनि उक्त कार्य नै नगरि रकम फरफारक गरिसकेका छन् । असारको अन्तिममा आएर खोलाको प्रकृती नहेरी काम गर्नु हुँदैन्थ्यो विना अध्ययन गरिएको उक्त काम केही खोलाले बगाईसकेको र वाँकी जाली पनि वर्षा पनि आएको खोलाको एकै पटक लैजाने अवस्था रहेकाले गरेको काम चित्त वुझ्दो नभएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले बताए ।

       खेती योग्य जमीन जोगाउने नाममा ठाडो खोलामा तेस्रो एक लाइनमा करिव २ सय मिटर लम्वाइमा हालिएको जाली खोलामा केही दिन अघि आएको वाढीले केही जाली वगाईसकेको छ भने केही जाली वाढीले पुरेको छ । स्थानियहरुको जमिन जोगाउने नाममा गरिएको उक्त तटवन्ध निमार्णको कार्य आर्थिक वर्षको अन्तिममा हतारहतारमा गर्नुपरेको र स्थानिय उपभोक्ता समितिले भने अनुसार काम गर्दा कार्यालयले भनेजस्तो गुणस्तरता हुन नसकेको जलउत्पन्न प्रकोप डिभिजन कार्यालयका इन्जिनियर अबिनाशि सिग्देलले जानकारी दिए ।

        उनले भने– वजार संरक्षण गर्ने कामको लागि आएको वजेट स्थानियहरुको मागको आधारमा नै हामीले रणजोर खोलामा तटवन्धन गरेका हौ । गरिएको तटवन्धनमा हामीले जुन काम गरेका छौं त्यो काम प्राविधिकको हिसावले गर्नै नमिल्ने हो तर हामीले गर्यौ । स्थानिय उपभोक्ताहरुले जे भन्नु भयो हामीले त्यही अनुसार काम गर्दा समस्या भएको हो ।

        बर्षेनी बस्ती र किसानहरुको खेती योग्य जमीन जोगाउने नाममा लाखौ रुपैयाँ खर्चेर रणजोर खोलामा तटवन्ध गर्ने काम गरिदै आएको छ । वर्षेनी विना योजना हालिएका ती जाली वर्षात लाग्नसाथ सवै वगाएर तामाकोशी नदीमा पुर्याउने र किसानको खेतीयोग्य हजारौ रोपनी जमिन कटान गर्ने काम वर्षेनी हुँदै आएको छ । खोला संरक्षण गर्ने नाममा केही स्थानिय व्यक्तिहरु र रकम हाल्ने सरकारी कार्यालयका कर्मचारीहरुलाई कमाई खाने भाडो रणजोर खोला वन्दै गएको स्थानिय ओमवावु पुरीले जानकारी दिए । उनले भने– खोलामा गरिएको काम २० लाख भन्दा माथी छैन् ।

       गत वर्ष मन्थली नगरपालिकाले रणजोर खोला खोल्ने गरि १७ लाख रुपैयाँ खर्चेको थियो । खोलाको विच भागमा पानी वग्ने गरी दुवै तर्फ माटो झिकेर खोलो गहिराएको भएता पनि वर्षात लाग्नासाथ आएको खोलाको वाढीले सवै वगाएर लग्यो । खोलाले दुवैतिरको माटो वगाएर खोला आसपासको खेती योग्य जमिनमा खोला पसेर लाखौ रुपैयाँ वजारवरको खेतीयोग्य जमिन कटान गर्नुको साथै किसानले रोपेको धान समेत पुरेको थियो

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

आज श्रावण शुक्ल पन्चमी अर्थात नाग पन्चमी

Next Post

वडा कार्यालयको अनुदान रकम काटिने

Next Post
वडा कार्यालयको अनुदान रकम काटिने

वडा कार्यालयको अनुदान रकम काटिने

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.