Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

करिब ६ सय युवाहरुलाई रोजगारी दिँदै खाँडादेवी गाउँपालिका (भिडियो सहित्)

जनता भ्वाइस by जनता भ्वाइस
June 28, 2020
in जनता स्पेसल, टिभि
0
करिब ६ सय युवाहरुलाई रोजगारी दिँदै खाँडादेवी गाउँपालिका (भिडियो सहित्)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार १३, जनता भ्वाइस संवाददाता, रामेछाप
कोरोना भाइरस कोभिड १९ को कारण शहरबाट गाउँ छिरेका करिब ६ यस युवाहरुलाई विभिन्न विकास निर्माणका कार्यमा रोजगारी दिई दैनिक जीविकोपार्जनमा सहज बनाएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम तामाङ्ले बताएका छन् । शहरमा विभिन्न कारणले बसोबास गर्दै आइरहेका खाँडादेवी गाउँपालिका भित्रका युवाहरुलाई आफ्नो गाउँपालिकाको विकास निर्माणको कार्यमा लगाएको तामाङ्ले बताएका छन् ।
त्यस्तै अर्को एक प्रसंगमा अध्यक्ष तामाङले आफ्नो गाउँपालिकाको शिक्षा र विद्यालयहरुको अवस्था सोचेजस्तो नभएको बताएका छन् । कोरोना भाइरस (कोभिड १९) ले आफूहरुले चालु आर्थिक वर्षमा बनाएका योजना तथा रणनीतिहरु पूरा गर्न कठिनाइ भएको बताएका हुन् ।

‘कोरोना भाइरसको कारणले गाउँ फर्किएका युवाहरुलाई गाउँमा नै स्थापित गर्न कस्तो योजना छ ? भन्ने जिज्ञासामा तामाङ भन्छन्, ‘यस्तो अवस्थामा हामीले जोड दिने भनेको कृषिमा नै हो । हामीले हाम्रा गाउँपालिकाका युवाहरुलाई आफ्नै गाउँमा रोक्नका लागि बहुउद्देश्यीय योजना बनाएका छौं । सामुहिक खेती प्रणाली तथा कृषिमा आधुनिकीकरण एकमात्र विकल्प हो । त्यो विकल्पको खोजीमा हामी छौं । विदेशमा सिकेको सीपलाई आफ्नै माटोमा परिचालन गर्ने लक्ष्य रहेको छ ।’

खाँडादेवी गाउँपालिकाले आफूहरुको पालिकामा कोरोना भाइरसका संक्रमण बढेको अवस्थामा आफ्ना केही विद्यालयहरु क्वारेन्टिनका लागि तयार रहेको बताएको छ । तर आइसोलेशन कक्ष व्यवस्थापनमा आफूहरुलाई समस्या भएको कुराकानीका क्रममा तामाङले बताएका छन् । रामेछाप र मन्थलीमा भएका आइसोलेशनमा नै डाक्टरहरु रहिरहने र आफ्नो पालिकामा यदि आइसोलेट गर्नुपर्ने विरामी भएको खण्डमा जिल्लास्तरको आइसोलेशन कक्षमा पठाउन सक्ने उनले बताएका हुन् ।


कोरोना भाइरस कोभिड १९ अवसर र चुनौति दुबै रुपमा गाउँपालिकाले लिएको छ । श्रम बेच्ने अवस्थाबाट अब वस्तु बेच्ने प्रक्रियामा लाग्न अध्यक्ष प्रेम तामाङको आफ्ना गाउँपालिकाबासीलाई अनुरोध रहेको छ ।


बाँकी भिडियोमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मधेशका एक युवाको मधेसी नेतालाई खुल्ला पत्र : अझै कती सुताउछौ मधेसी जनतहरुलाई थाङ्नामा ?

Next Post

घर नजिकै बाट नागरिकहरुलाई सिटामोल भए पनि खुवाउन सकेका छौं- अध्यक्ष लामा (भिडियो सहित्)

Next Post
घर नजिकै बाट नागरिकहरुलाई सिटामोल भए पनि खुवाउन सकेका छौं- अध्यक्ष लामा (भिडियो सहित्)

घर नजिकै बाट नागरिकहरुलाई सिटामोल भए पनि खुवाउन सकेका छौं- अध्यक्ष लामा (भिडियो सहित्)

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.