Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

घर नजिकै बाट नागरिकहरुलाई सिटामोल भए पनि खुवाउन सकेका छौं- अध्यक्ष लामा (भिडियो सहित्)

जनता भ्वाइस by जनता भ्वाइस
June 28, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार
0
घर नजिकै बाट नागरिकहरुलाई सिटामोल भए पनि खुवाउन सकेका छौं- अध्यक्ष लामा (भिडियो सहित्)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

असार १३, जनता भ्वाइस संवाददाता, रामेछाप
धावा लामा, अध्यक्ष सुनापति गाउँपालिका, रामेछाप

हामीले चालु आर्थिक वर्षको लागि बनाएका योजनाहरुलाई यतिबेला सम्म आइपुग्दा करिब सकेका छौं । आगामी वर्षको लागि हामीले केही योजनाहरु पनि बनाएका छौं । अब त्यसलाई लागु गर्ने चरणमा प्रवेश गर्दैछौं । पालिकाका वडा कार्यालयहरु सम्म पुग्ने मोटरबाटोलाई स्तारोन्नति गरेका छौं । सुनापतिका कुनै घर छैन जहाँ बिजुली पुग्न नसकेको होस् । एउटा गाउँ एउटा नमुना स्कुलको अवधारणा अनुरुप प्रदेश र संघको सहयोगमा २ वटा नमुना स्कुल संचालन गरेका छौं । ३ वटा स्कुलमा प्राविधिक शिक्षा सुरु गरेका छौं । डहु माविमा इन्जिनियरिङ, सतलिङ्गेश्वर र कुशेश्वर माविमा बाली बिज्ञान गरी ३ वटा विद्यालयहरुमा सुरु गरेका छौं । यो वर्षमा ३८ वटा सिसिटिभी र अनलाईन हाजिरी लगायत वितरण गरेका छौं ।

स्वास्थ्यको विषयमा सुनापति गाउँपालिकामा १५ सय शैयाको अस्पताल निर्माणको लागि टेण्डर प्रक्रिया सुरु भएको छ । जसको लागि १० रोपनीको व्यवस्था भएको छ । हरेक वडामा वर्थिङ् सेन्टरको स्थापना गरेका छौं । स्वास्थ्यको पहुँचलाई सुनापतिमा हेर्ने हो भने कम्तीमा घर नजिकै नागरिकहरुलाई सिटामोल खुवाउन सकेका छौं ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकारले गर्नुपर्ने कामहरु हामी स्थानीय सरकारले गर्नुपर्ने कामहरु गरेका छौं । बेथान स्वास्थ्य चौकीमा क्वारेन्टिन बनाइएको छ । सो क्वारेन्टिनमा अस्पतालमा हुनुपर्ने सबै पूर्वाधार तयार गरिएको छ । जहाँ अक्सिजनको समेत व्यवस्था गरिएको छ । ४ बेडको आइसोलेन वार्ड समेत बनाइएको छ । यहाँ भएको एक प्राइभेट अस्पतालमा २ वटा आइसोलेशन बनाइएको छ । गुन्सी स्वास्थ्य चौकीमा ४ बेडको आइसोलेशन बनाइएको छ । करिब २ सय १३ जनाको आरडिटी टेष्ट गरिसकिएको छ । पिसिआर टेष्टका लागि २ सय जनाको क्षमता बनाइएको छ ।


शहर तथा विदेशबाट फर्किएका युवाहरुलाई लक्षित गर्दै कृषि उत्पादनमा जोड दिएका छौं । यहाँ भएका खेतीयोग्य जमिनलाई बाँझो नराख्ने भनेका छौं । पशुपालनको क्षेत्रलाई पनि बढावा दिइएको छ । व्यक्तिगत व्यवसायलाई पनि अनुदान दिने व्यवस्था गरेका छौं । करिब ४ सय युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य लिइएको छ । समृद्ध सुनापति, कृषि पर्यटन हाम्रो सम्पत्ति भन्ने मूल नारा सार्थकतामा पुर्याइएको छ । डेढ करोडको किवी जोन स्थापना गरिएको छ । चिया खेतीलाई पनि विशेष प्रोमोट गरिने छ । चियाका १२ लाख विरुवाहरु आएको छ । पोहोर नै ४ लाख चियाका विरुवा रोपिएका छन् । अलैंचीको जोन २ नं. वडामा बनाइएको छ । बिउ नै बेच्ने हो भने पनि अलैंचीको २५ लाख जति आउला भन्ने विश्वास छ । स्याउ, सुन्तला, केरा आँप सबै फलफूल उत्पादन गर्न सकिन्छ, सुनापतिमा । हरेक टोलमा एउटा एउटा कृषिको सेक्सन खोल्ने सोच बनाएका छौं ।
बाँकी भिडियोमा…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

करिब ६ सय युवाहरुलाई रोजगारी दिँदै खाँडादेवी गाउँपालिका (भिडियो सहित्)

Next Post

प्राकृतिक स्रोतलाई परिचालन गर्दै व्यवसायिक कृषिकर्म गर्ने हो भने धनी गाउँपालिका बन्न सक्छ- अध्यक्ष सुनुवार (भिडियो सहित)

Next Post
प्राकृतिक स्रोतलाई परिचालन गर्दै व्यवसायिक कृषिकर्म गर्ने हो भने धनी गाउँपालिका बन्न सक्छ- अध्यक्ष सुनुवार (भिडियो सहित)

प्राकृतिक स्रोतलाई परिचालन गर्दै व्यवसायिक कृषिकर्म गर्ने हो भने धनी गाउँपालिका बन्न सक्छ- अध्यक्ष सुनुवार (भिडियो सहित)

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.