Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्राकृतिक स्रोतलाई परिचालन गर्दै व्यवसायिक कृषिकर्म गर्ने हो भने धनी गाउँपालिका बन्न सक्छ- अध्यक्ष सुनुवार (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 28, 2020
in जनता स्पेसल, टिभि
0
प्राकृतिक स्रोतलाई परिचालन गर्दै व्यवसायिक कृषिकर्म गर्ने हो भने धनी गाउँपालिका बन्न सक्छ- अध्यक्ष सुनुवार (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


असार १३, जनता भ्वाइस संवाददाता, रामेछाप
गोकुलगंगा गाउँपालिकाका अध्यक्ष खड्कबहादुर सुनुवारले आफ्नो गाउँपालिका सुरुआतकै समयदेखि बनाएको पाँच वर्षको रणनीतिमा चलिरहेको बताएका छन् ।
आफूहरुले बनाएको यस वर्षको बजेट कृषि, पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य सबैलाई समेटेर बनाएको सुनुवारको भनाई छ । बिहिबार जनता भ्वाइससँग कुराकानी गर्दै सुनुवारले समग्रमा आफूहरुको बजेटले कृषि क्षेत्रलाई प्रमोट गर्ने उद्देश्य राखेको बताएका छन् । कोरोना भाइरस कोभिड १९ को कारणले आफूहरुले सोचेको र चालेका केही कामहरु गर्न नपाएको बताउँदै कोरोना भाइरसले समस्यामा पारेको भएपनि ९० प्रतिशत कार्यसम्पन्न भएको सुनुवारले जनाएका छन् । ‘आफ्नो गाउँपालिकामा भएको पहिलो सम्भावना चिया तथा अलैंची खेतीलाई अझ बढावा गर्न कस्तो रणनीति बनाउनु भएको छ ?’ भन्ने जनता भ्वाइसको प्रश्नमा सुनुवार भन्छन्, ‘चिया र अलैंची मात्रै होइन, हाम्रो गाउँपालिकाले कफि खेतीदेखि चौरी पालन गर्न सक्ने क्षेत्र छ ।

हामीले कृषिको अठार पकेट क्षेत्र बनाएका छौं । यो पकेट क्षेत्र नियमित संचालन हुँदैछ । पहिलाको भन्दा प्रगति निकै राम्रो भएको छ । आलु खेती पचासौं गुण बढेको छ । किवीखेती, बाख्रापालन, बंगुर, कुखुरा, लोकल कुखुरा, माछापालन लगायतका व्यवसायहरु निकै बढेको छ । कृषि सँगै अन्य कुराहरुको पनि विकास राम्रो भएको छ ।’
सुनुवारले आफ्नो गाउँपालिका क्षेत्रमा २ सय भन्दा बढी प्रकारका जडिबुटी रहेको बताएका छन् । यस वर्षको नीति तथा कार्यक्रमहरुमा आफ्नो गाउँपालिकामा रहेको जडिबुटी संकलन, प्रशोधन र त्यसबाट गरिने आयआर्जनको बारेमा कस्तो सम्बोधन भएको छ ?’ भन्ने सवालमा सुनुवार भन्छन्, ‘हाम्रो गाउँपालिकामा जडिबुटी खेतीको राम्रो प्रमोट गरेका छौं ।

लौठसल्लाको उत्पादनको प्रयास भइरहेको छ । जडिबुटीको प्रशोधनको प्रमोट पनि गरिरहेका छौं । जडिबुटी सम्बन्धी काम गर्न गाह्रो छ नै । यसको लागि प्रविधि र दक्ष जनशक्तिको अभावका चुनौति छन् । जडिबुटीलाई चिन्न अर्थात् रिसर्च गर्न गाह्रो छ । यसमा हामी निकै कमजोर छौं । यसमा दुईमत छैन । हाम्रो गाउँपालिकामा यार्सागुम्बा समेत हुने गर्दछ । हाम्रो गाउँपालिकामा पानीको श्रोत अत्याधिक रहेको छ । प्राकृतिक स्रोतको सदुपयोग गर्न सके यो गाउँपालिका धनी बन्न सक्छ । यस्तै कुरालाई सम्बोधन गर्दै हाम्रो गाउँपालिकाको नीति तथा कार्यक्रम अगाडि आएको छ ।


कोरोना भाइरस कोभिड १९ बाट गाउँ फर्किएका युवाहरुलाई गाउँमा नै रोक्न चालु आर्थिक वर्षको बजेट सम्पन्न भएसँगै नयाँ आर्थिक वर्षको बजेटले पहिलो प्राथमिकता रोजगारीलाई दिने जनाएको छ । रोजगारी खोज्दै आफूहरुले ५ करोड भन्दा बढी रकम सडक मर्मतमा छुट्याएर सो कामका लागि आफ्ना गाउँपालिका भित्रका युवाहरुलाई काममा लगाउने र सदुपयोग गर्ने सुनुवारको धारणा रहेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

घर नजिकै बाट नागरिकहरुलाई सिटामोल भए पनि खुवाउन सकेका छौं- अध्यक्ष लामा (भिडियो सहित्)

Next Post

आज मदन भण्डारीको ६९ औं जन्मजयन्ती मनाइँदै

Next Post
आज मदन भण्डारीको ६९ औं जन्मजयन्ती मनाइँदै

आज मदन भण्डारीको ६९ औं जन्मजयन्ती मनाइँदै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.