Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापमा लागु भयो नयाँ नियम, हेर्नुहोस् केके हुन् नयाँ नियमहरु

जनता भ्वाइस by जनता भ्वाइस
August 21, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार
0
रामेछापमा लागु भयो नयाँ नियम, हेर्नुहोस् केके हुन् नयाँ नियमहरु
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

भदौ ०३ । जनता भ्वाइस संवाददाता, रामेछाप
कारोना भाइरस कोभिड १९ संक्रमण दिनानुदिन बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय, रामेछापले थप सतर्कताका मादण्डहरु तय गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको थप मापदण्डात्मक सूचनानुसार केही दिन पहिले डिसिसिएमसीले पारित गरेका सतर्कताका मापदण्डहरुलाई केही हेरफेर गर्दै नयाँ मादण्ड लागु गरेको सूचनामा उल्लेख छ ।


आज जारी भएको उक्त सूचनामा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले नयाँ मापदण्ड सहितको सतर्कताको सूचना सार्वजनिक गरेकी हुन् । प्रमुख जिल्ला अधिकारी शर्माद्वारा हस्तक्षरित सूचना अनुसार आज राती १२ बजेबाट लागुहुनेगरी अागामी भदाै १३ गते राती १२ बजेसम्मका लागि विशेष गरी बजारमा पसल खुल्ने समय, बैंक तथा वित्तिय संस्थाहरुले बजारबाट संकलन गर्ने बचतका कार्यक्रम र उनीहरुले कार्यालय संचालन गर्ने समय, नजिकिँदो हरितालिका तीजको अवसरमा हुने जमघट तथा भेलाहरुलाई पूर्ण रुपमा बन्द गर्ने लगायतका नयाँ सर्तकताका मापदण्डहरु सार्वजनिक भएका हुन् ।


सूचना अनुसार बिहान ५ बजेदेखि बिहान १० बजेसम्म खुल्दै आएका रामेछापका पसल व्यवसायहरु भोलिबाट १ घण्टा घटाएर बिहान ५ बजेदेखि बिहान ९ बजेसम्म कायम गरिएको छ । त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुको बजारमा बचत संकलन कार्य बन्द गरिएको छ भने उनीहरुको कार्यालय संचालन समय समेत बिहान ९ बजेदखि दिउँसो १ बजेसम्मलाई तोकिएको छ ।


त्यस्तै अत्यावश्यक सेवा (खाद्यान्न, स्वास्थ्य, सुरक्षा, खानेपानी, दुध, तरकारी, फलफूल, विद्युत, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापन) बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार, व्यवसाय, सञ्चालन गर्न निषेध गरिएको छ । औषधी, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन, अत्यावश्यक कार्यमा मास्क बिना घर बाहिर निस्कन, फुटपाथरखुल्ला ठाउँ, ठेलागाडारसाइकल, हाटबजारमा पसल र व्यापार सञ्चालन गर्न, एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दुध, खानेपानी, विद्युत, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वहान, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, निर्माण सामाग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमति प्राप्त साधन बाहेक सबै सार्वजनिक, निजी सवारी साधन (मोटरसाइकल समेत) सञ्चालन गर्न पूर्ण रुपमा निषेध गरिएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी सूचना


शैक्षिक संस्थाहरु, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, सामूहिक जमघट, सभा, जुलुस, मनोरञ्जनस्थल, सैलुङ्ग, पार्लर, हेल्थ क्लब, खेलकुद कार्यहरु गर्न, दैनिक रुपमा घर परिवार भित्र हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु सञ्चालन तथा जमघट गर्न, होटल, रेष्टुरेन्ट सञ्चालन गर्न, यस जिल्लाको प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ति, धारापानी, साँघुटार लगायत प्रवेश नाकाहरुबाट बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल आवात जावत गर्न समेत पूर्ववतः निर्णय अनुसार कायम गरिएको छ ।


आज जारी भएको सूचनामा थपिएको नयाँ मापदण्ड सहकारी, वित्तीय संघरसंस्थाहरुले समुदायमा गई बचत संकलन गर्न रोक्दै सबै सरकारी तथा सार्वजनिक कार्यालयहरु, बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम मात्रामा कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्ने र सो बाहेकका अन्य कर्मचारीलाई सुरक्षित घरबाटै कार्यहरु गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउने, सकेसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउन सूचनामा भनिएको छ ।


त्यस्तै बैक वित्तीय संस्थारसहकारी कार्यालयहरु बिहान ९ बजेदेखि बजे देखि दिउँसो १ बजेसम्म बजे सम्म मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।


अत्यावश्यक सेवाका र मालवाहक ढुवानी साधन एवं जिल्लाको अनुमति विनाका सवारी साधन यस जिल्ला भित्र प्रवेश गर्न समेत यसै सूचनाबाट पूर्ववतः रोक लगाइएको छ ।


पहिलाको जस्तै आफ्नो पसल तथा व्यवसायमा आउने ग्राहक लक्षित गरी स्वास्थ्यका उच्चतम सतर्कता अपनाई अनावश्यक कालोबजारी, दैनिक उपभोग्य वस्तुहरुको कृत्रिम अभाव र म्याद गुज्रेका सामग्रीहरुको विक्रि वितरणमा समेत रोक लगाएको छ ।


साथै हालका दिनसम्मको यस अप्ठ्यारो अवस्थामा सरोकारवाला सबै पक्षले गरेको सहयोगमा जिल्ला प्रशासन कार्यालयले धन्यवाद् समेत व्यक्त गरेको छ ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

बाबुकाे मुख हेर्न पर्खिएका वर्ष दिन

Next Post

समस्त आमाबाबुको सम्झनामा

Next Post
समस्त आमाबाबुको सम्झनामा

समस्त आमाबाबुको सम्झनामा

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...