Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

समस्त आमाबाबुको सम्झनामा

जनता भ्वाइस by जनता भ्वाइस
August 19, 2020
in विचार
0
समस्त आमाबाबुको सम्झनामा
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

मातृ देवो भव ः पितृ देवो भवः
अर्थात् आमा, बुवा दुबै भगवान समान हुन् ।


कुशे औंसी लाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो, गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन पनि हो । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।


हामीलाइ तातेताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुवा । सायद शब्दले व्याख्या गर्न सकिन्न, अनि तपार्ईंका बारेमा केही लेख्न पनि सक्दिन । किनकी जति लेख्छु, त्यो सँधै कम हुन्छ । बुबा मेरो लागि आमा बुवानै यस जगतका जिउँदा भगवानहरु हुन् ।आज विशेष दिन भएकोले सम्पूर्ण पिताहरुलाई कोटीकोटी नमन साथै उच्च सम्मान गर्न चाहान्छु ।


बुबा छोरी बढ्छे, कमाएर ल्याउछे, मिठो परिकार खुवाउछे अनि सुखसयलमा राख्छे भन्ने तपार्ईंको चाहाना अहिलेसम्म पुरा गर्न सकेको छैन । बुबा आमा नरिसाउनु ल ? म अहिले त केही गर्न सक्दिन । तर बाचुन्जेल खुसी राख्ने हर प्रयत्न गर्नेछु । तपार्ईहरुले सानोमा आफूले थाङ्गना धोएर, को खाई ! को खाई ! ! गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरुले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान्, माया गरेर राख्लान् भन्ने आशा हुन्छ ।

एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुवाआमा बन्ने अभ्यासमा नै बित्छ । कर्तव्यको यो जीवन स्वरुपमा बुवाआमाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन, लगाएको लुगामा पनि दिशा पिशाब गरिदिन्छ र ती सबै फोहोरहरुलाई सफा गर्दै बुवाआमाले छोराछोरीहरुलाई नुहाइधुवाई पुनः सफा कपडा लगाइदिन्छन् र त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुवाआमाको ख्याल राख्दछ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदम्मै सहज र सरल तरिकाले व्याख्या गरिदिएको छ ।

हाम्रो मातापिता प्रतिको जिम्मेवारी हामीले वहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन प्रगाढ बनाउँदछ ।


आजको दिन बुुबा हजुरको मुख हेर्ने दिन तपार्ईंको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने सकिँन । देशमा कोरोना भाइरसको महामारीको कारणले गर्दा तपार्ईंलाईं भेट्न आउन सकिँन तर तपार्ईं मेरो मनमा हुनुहुन्छ । अनि मन मुटुमा । त्यसैले बुबा टाढैबाट हजुरलाइ सम्झिए है ?


हामी ३ दिदिबहिनी अनि ! भाइ ४ सन्तानको तपार्ईं बुवा हुनुहुन्छ । तपार्ईंले हामीलाईं पढाउनदेखि लिएर आज यो स्थानसम्म ल्याइपुर्याउनु भएको गुणलाई मैले सात जुनीसम्म तपस्या गरेपनि तिर्न सक्दिन । बुबा तपार्ईं प्रतिको म जिम्मेवारीबाट पन्छिएको छैन ।


बुबा तपार्ईंलाई माया गर्नको लागि समयले छेकेको छैन । अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सकेको छैन् । तपार्ईं र म बीच एक अथाह प्रेम छ बुबा ।


बुबा दशैंमा राम्राराम्रा लुगा ल्याइदिनुहुन्थ्यो तर म रिसाउथेँ । मलाइ मन पर्दैन भन्थेँ । तैपनि तपाई मलाई माया गरेर आफै किन भन्नुहुन्थ्यो । दराजबाट पैसा चोर्दा तपाईले यस्तो गर्नुहुन्न भनेर सम्झाउनुहुन्थ्यो । बुबाआमा तपाईहरु मेरो लागि जीवित् भगवान हुनुहुन्छ । आमाले दिनु भएको माया अनि बुबाले दिनुभएको साथले नै हो आज म यहाँसम्म आइपुगेको छु ।

मलाई थाहा छ, करिब दुईवर्ष अगाडि राउटे बस्ती सुर्खेतसम्म पुग्दा त्यहाँसम्म पुगेर मलाई एकदमै सहयोग गर्ने तपाई अनि हौसला दिने तपाईँ राउटेहरु प्रति त्यो काम गरेको देख्दा तपाई यति खुसी हुनुहुन्थ्यो । त्यो पल मैले कल्पना गर्न सक्दिन । सामाजिक काममा तपाईले मलाइ यति हौसला दिनुभएको छ, त्यसको कुनै लेखाजोखा राख्न सक्दिन बुवा । आमाबाबाको नै देनले हो यो सब काम गर्न सफल भएको पनि ।


मलाइ मेरो बुबाले भन्नुहुन्छ –
तिमी अगाडि बढ म साथ दिन्छु । चाहे भने मान्छेले जे पनि गर्न सक्छ त्यसैले तिमी जे पनि गर्न सक्छौ । तिमीमा त्यो साहस छ, त्यसैले काम गर हामी छौँ । जे हुन्छ राम्रो कै लागि हुन्छ त्यसैले कहिले नहड्बढाऊ । तिमी हाम्री मात्रै छोरी होइनौ सन्सारको छोरी हौ र सधै बन्न सिक ।आफ्नो जिम्मेवारीबाट कहिले पछि नहट आदि आदि ।


बुवा जब खुसी हुनुहुन्छ तब आफ्नो सन्तानलाई आफ्नो काँधमा बोक्नुहुन्छ । काँधमा बसाउनुको पनि छुट्टै कारण छ । बुवा सोच्नुहुन्छ कि मेरो सन्तानले त्यो सबै कुरा देखोस् जुन कुराबाट म सदैब बन्चित थिए ।


बुबा हजुरले गरेको मेहनत राम्रोसँग देखेकी छु । कोदालो, हलो, फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुवाको लागि खान बनाएर लैजान्थेँ । म भ्यागुता जस्तै उपिÞm्रन्थेँ, मेरो हातको सबै खाजा पोखिएर भाँडो मात्र रहन्थ्यो । मेरो बुवा आफ्नो बच्चाले ल्याएको भन्दै बुबा कुवामा जमिरहेको चिसो पानीले बचेको खाना मुछ्दै खाइरहनु हुन्थ्यो केह िनभनी ।


बुबा मैले हजुर प्रतिको जिम्मेवारी कहिले भुल्ने छैन । बुवाको फोटो सामाजिक संजालमा राखेर होइन, बाबाको आशिर्वादलाई शिरमा राखेर बाबालाई मुख देखाउने लायक बन्नुस् । आज एकदिन मिठो खुवाएर भोलि वृद्धाश्रममा लगेर राख्ने काम कदापि नगर्नुस् ।

बुवाको आँखाबाट कहिल्यै आँशु नझरोस्, बाबुकोे मन कहिल्यै एक्लो र दुःखी नहोस्, कुशे औसी अर्थात् बाको मुख हेर्ने दिन सम्पूर्ण बुबाहरु प्रति नमन साथै उच्च सम्मान व्यक्त गर्न गर्दछु ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts

Previous Post

रामेछापमा लागु भयो नयाँ नियम, हेर्नुहोस् केके हुन् नयाँ नियमहरु

Next Post

सोसनको शाखा रामेछापमा गठन, रामेछाप महिला नेतृत्व पाउने मध्ये देशभरिमा नै तेस्राे

Next Post
सोसनको शाखा रामेछापमा गठन, रामेछाप महिला नेतृत्व पाउने मध्ये देशभरिमा नै तेस्राे

सोसनको शाखा रामेछापमा गठन, रामेछाप महिला नेतृत्व पाउने मध्ये देशभरिमा नै तेस्राे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2023 JNews - Premium WordPress news & magazine theme by Jegtheme.