Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

जनअपेक्षा अनुसार काम नहुँदा राजतन्त्रको माग गर्दै जनता सडकमा उर्लिए

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in अन्तर्वार्ता, जनता स्पेसल
0
जनअपेक्षा अनुसार काम नहुँदा राजतन्त्रको माग गर्दै जनता सडकमा उर्लिए
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

(पछिल्लो समय नागरिकहरु राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै सडकमा उर्लिएका छन्। ठूलो आन्दोलन र संघर्षले जन्मिएको गणतन्त्रप्रति किन नागरिकको वितृष्णा बढ्दै छ? कतै नेकपाको सरकारकै कारण त यस्तो भएको हैन? यसै सन्दर्भमा लामो समय देखि तत्कालिन नेकपा माओबादीबाट राजनीति सुरु गरी हाल नेकपाबाट निर्बाचित बर्दीबास नगरपालिका वडा नं ७ का अध्यक्ष फाल्गुण सुस्लिङ मगरसंग संवार्ताकार उद्धव अविचलले गर्नुभएको संवादको संपादित अंश।)

———————————-

पछिल्लो समयमा जनताहरु सरकारसंग पूर्ण रुष्ट भएको अनुभूति गर्न सकिन्छ, तपाई पनि स्थानीय सरकारको प्रतिनीधित्व गर्नु हुन्छ, तपाईको चाँहि के बिचार छ ?

कम्युनिस्ट सरकार सत्तामा आयो भने जनमुखी काम गर्नेछ भन्ने चुनाव अघि जनता को भरोसा र आसा थियो । त्यस्तै सोचवीच दुई ठुला पार्टी को कार्यगत एकता समेत भयो र निर्वाचन मा तीन तहमा नै जनता ले अमुल्य मत दिई कम्युनिस्ट पार्टीलाई दुई तिहाइ नजिक को म्यान्डेड दियो । जुन आशा र आकाङ्क्षा जनताले राखेका थिए विभिन्न कारण ले जनताले सोचेको र चाहेको जस्तो काम हुन सकेन।सरकारले कर बढायो यसले जनता को ढाड सेक्ने काम गर्यो बास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्ति पश्चात् तीन तहमा राज्यका अधिकारहरु प्रत्यायोजन भयो । हिजोका दिनमा झै जनकपुर जलेश्वर र काठमाण्डौ जानु पर्ने प्रशासनिक बाध्यता हटेर गएको छ। अहिले संविधान बनेपछि को पहिलो निर्वाचन भएको ले विभिन्न ऐन कानुन कार्यविधीहरु बन्न बाकी रहेकोले पनि समस्या उत्पन्न भएको नै हो । कामै नभएको चाहिँ होइन तर जन अपेक्षा अनुसार नभएको ले पनि जनता रुष्ट भएका चाहि पक्का हुन् ।

राजतन्त्र र हिन्दुराष्टको माग गर्दै स्वतन्त्र नागरिकहरु सडकमा उर्लिरहेका छन्, के यो तपाईहरु प्रतिको जनताको बितृष्णा हैन र?

शान्तिपूर्ण आन्दोलन जुलुस सभा गर्न पाउनु नागरिकको स्वतन्त्र अधिकार हो। अहिले जुन किसिमले राजतन्त्रको समर्थनमा जुलुसहरु निस्की रहेका छ्न् त्यो हाम्रै सरकारको कारणले हो जस्तो लाग्छ, किन भने हिजो “सिंहदरवार गाउँ- गाउँमा ” भन्ने नारा सहित चुनाव मा होमियौ र जित हासिल गर्यौ। अहिले एक जना मेयर अथवा प्रदेश माननीयलाई भेट्न चिट काटेर तीन दिन अघि नै समय लिनु पर्ने अवस्था आएको छ । यही सिस्टम हो त आम नागरिकले चाहेको? अर्कातर्फ चरम भ्रष्टाचार कमिशन को खेल भइरहेको छ।आफूलाई छोटे राजाको रुपमा प्रस्तुत गरेका छ्न जन निर्वाचित केही जनप्रतिनीधिहरुले। चित बुझ्दो काम सबैतिर भएको छैन । त्यही आक्रोस र वितृष्णाका कारण नागरिकहरुले विकल्प खोज्दै सडकलाई रोजेका हन् नै। तर अहिलेको परिवेशमा यो सम्भव छैन जुलुस र नारा लगाँउदैमा राजतन्त्र फर्की हाल्छ जस्तो लाग्दैन मलाई?

तपाई लामो समयदेखि राजनीतिमा सक्रिय व्यक्ति हुनुहुन्छ । तपाईल गरेको राजनीतिले तपाईको वडाका नागरिकहरुले कतिको सेवा सुविधा लिएका छन्?

मेरो राजनैतिक यात्रा को सुरुवात ०४९ साल मा अ .ने .ज.युवालिगको सदस्यता प्राप्ती पछि भएको हो। विभिन्न पारिवारिक समस्या को कारण होलटाइमर भएर हिड्न सकिएन । मैले सकृय राजनैतिक यात्रा २०६४ बाट शुरु गरेको हु। तत्कालिन नेकपा माओवादीमा रही शुरु भएको हो। पार्टीको जनबर्गिय सङठन वाइसियल (YCL) नेपाल महोतरी जिल्ला बरिष्ठ उपाध्यक्ष , मगर मुक्ती मोर्चाको जिल्ला सचिव र पार्टी जिल्ला सदस्य हुँदै राजनैतिक यात्रा अघि बढेको हो। म निर्वाचित भए पछि म जनप्रतिनिधि भन्दा पनि जनताको सेवक भएर काम गरिरहेको छु ।जनताका हरेक समस्यामा डटेर लाग्ने र जनताको पक्षबाट उभिएर समस्याको सामना गरेको छु। प्रशासनिक सेवा छिटो, छरितो र बिना झन्झट काम गरिरहेको छु । हामी जनतामाथी शासन गर्न निर्वाचित भएका होइनौ । उहाँ हरु लाई छरितो सेवा प्रवाह दिन निर्वाचित भएका हौ । म दावाका साथ भन्न सक्छु प्रशासनिक र मेरो वडाबाट पाउने सेवामा जनता बेखुसी छैनन् ।

पछिल्लो समयमा खेल क्षेत्रमा पनि यहाँको सक्रियता देखिन्छ, एउटा नागरिक अगुवाको भूमिका पनि निर्वाह गरिरहनु भएको छ? सबै क्षेत्रमा काम गर्न अलि कठीन भएको महशुस गर्नुहुन्न?

म पूर्व फुटवल खेलाडी पनि हुँ। त्यसैले खेलप्रतीको मोह र माया म भित्र ज्यादा छ। पछिल्लो समयमामा बर्दिवास नगरभित्र खेलकुद गतिविधि ढप्प भएको महसुस भयो। विभिन्न खेलाडी भाइहरुले गुनासो गर्नुभयो । उहाँहरुले म प्रति आशा गरेकोले मैले त्यो कर्तव्य पूरा गरे । मैले आफ्नो व्यक्तिगत रममबाट र मैले पाउने मासिक प्रशासनिक खर्च मिलाई करिव रु१२५०००/- बरावर को खेककुद सामाग्रीहरू बितरण गरेको छु। साथै खेलकुद मा युवा बर्गलाई आकर्षित गर्न र खेल लाई व्यवसायिक बनाउन सकिए विभिन्न कुलतबाट युवालाई जोगाउन सकिने रहेछ भन्ने महशुस गरेको छु मैले। साथै युवालाई खेल क्षेत्रबाट जोविकोपार्जन गराउन सकिने रैछ भनेर अघि बढेको हुँ । यसको अलवा नागरिकको हकहितमा काम गर्दा मैले आजसम्म कही कतै पनि आफूलाई अप्ठेरो महशुस गरेको छुँइन।

देश कोरोना भाईरसको संक्रमणले ग्रसित छ ।  यस्तो विषम् परिस्थितिमा तपाईको वडाले कस्तो सजगत अपनाइरहेको छ?

अहिले देश कोभिड महामारी को चपेटा मा छ। त्यसमा मेरो वडा अछुतो रहने कुरै भएन । पछिल्लो चरणमा भारत लगायत अन्य मूलुकबाट आउने व्यक्तीहरुलाई बोर्डर सम्म ज्यान जोखिम मोली नगर को क्वारेन्टाइन मा राखियो । विभिन्न सचेतना र जनचेतताको लागि घरदैलो देखि मास्क बितरण, हात धुने स्टेसन सार्वजनिक स्थान मा राख्ने काम भयो । लकडाउन को कारण काम गर्न नसक्ने भोका परिवार लाई राहतको अभाव हुन दिइन। लगभग सवै वडा भन्दा धेरै चोटि राहत मेरो वडामार्फत बितरण भयो। जनतालाई भोको रहन दिइएन ।अहिले बिस्तारै बिधालय खुलेका छन बिद्यार्थीहरु लाई सुरक्षित रुपमा पठनपाठन गराउन प्रत्येक बिधालयमा हेन्डवास स्टेसन बनाइएको छ।  स्वास्थ्य सचेतना अपनाइएको छ । अझ संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै , हामीहरुले थप सजगता र होशियारी अपनाइरहेका छौ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

अब हामीले भोट माग्ने ठाउँ नै छैन : मन्त्री ढुङ्गेल (भिडियो सहित)

Next Post

कानुनी सहजकर्ताको स्थायी दरबन्दी नहुँदा न्यायीक समितिमा समस्या

Next Post
कानुनी सहजकर्ताको स्थायी दरबन्दी नहुँदा न्यायीक समितिमा समस्या

कानुनी सहजकर्ताको स्थायी दरबन्दी नहुँदा न्यायीक समितिमा समस्या

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.