Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

वडाअध्यक्षको रवैयाः चक्लेट चोरेको आरोपमा ३ बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाइयो

Milan Ghimire by Milan Ghimire
August 28, 2019
in जनता स्पेसल, साहित्य
0
वडाअध्यक्षको रवैयाः चक्लेट चोरेको आरोपमा ३ बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
भदौ ११ रौतहट-

बाराको कलैया नगरपालिकामा चक्लेट चोरेको आरोपमा ३ बालकलाई टाउको मुन्डन गरी एक एक हजार जरिवाना गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १२  धर्मगरका वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले तीन बालकलाई आफनो घरमा थुनेर कुटपिट गरि उक्त कार्वाही गरेको बालकका अभिभावकले जानकारी दिएका छन्  ।

पीडित परिवारले मंगलवार कलैयास्थित देवकीलाल धर्मशालामा  पत्रकार सम्मेलन गरि सो घटनाबारे जानकारी गराएका थिए । गत भदौ २ गते स्थानीय हिरा साह केशरीको पसलबाट सोही वडा निवासी रामपुजन मण्डलका ९ बर्षीय छोरा रुपेश मण्डल, जग्गा पासवानका १० वर्षीय छोरा गुलसन पासवान र नथुनी साह गोरका ११ वर्षीय छोरा राहुल गोरले केही चकलेट चोरेका थिए ।

सोही आरोपमा वडाअध्यक्ष राजेश्वर प्रसाद केशरीले ३ जना बालकलाई कुटपिट गरि टाउको मुण्डन गरेर गाउँ समेत घुमाएको धर्मनगरका पूर्व गाविस उपाध्यक्ष सहिम हवारीले पत्रकार सम्मेलनमा जानकारी दिए । 
तीन जना बालकका अभिभावकबाट रु १ हजारको दरले जरिवाना समेत तिराएको उपाध्यक्ष हवारीले बताए । 

गुलसन स्थानिय ज्ञान मन्दिर एकेडेमीमा यू केजीमा र राहुल एल केजीमा अध्ययन गरिरहेका छन् । घटनापछि वडा अध्यक्ष केशरीले पीडितहरुलाई धाकधम्की देखाउँदै प्रहरीमा नजान दवाब दिँदै आएको पीडित परिवारले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पत्रकार सम्मेलनपश्चात उक्त घटनाबारे  उजुरी दर्ता गर्नका लागि  जिल्ला प्रहरी कार्यालय कलैयामा गाँउलेहरुसँग जाँदा प्रहरी निरीक्षक चन्द्रकिशोर साहले आफुहरुलाई उल्टै दुब्र्यवहार गरेको पूर्व सहायकमन्त्री कलावती पासवानले आरोप लगाइन् । जिल्ला प्रहरी कार्यालय बाराका निमित प्रमुख रञ्जितसिंह राठौरले घटनापछि पीडितहरु ढिलो आएपनि लिखित जाहेरी लिएर आएमा कार्वाही प्रकृया बढाइने बताए ।

प्रहरी निरिक्षक चन्द्रकिशोर साहको व्यवहारको सन्दर्भमा आफुले छानबिन गर्नेसमेत निमित प्रमुख राठौरले प्रतिबद्धता जनाएका छन् । प्रदेश २ का प्रहरी प्रमुख डिआईजी प्रधुम्न कार्कीले बालबालिकाको बिषयमा नेपाल प्रहरी एकदमै सजग रहने बताउँदै कलैयाको घटनाबारे छानबिन गरी कार्वाही प्रकृया अगाडी बढाउन बारा प्रहरीलाई निर्देशन दिएको जानकारी दिए ।       
 #वडाअध्यक्षको रवैयाः#बारा

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

खतरनाक बन्दै जङ्कफुड

Next Post

सांसदको गुनासो : सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौलिया !

Next Post
सांसदको गुनासो : सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौलिया !

सांसदको गुनासो : सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौलिया !

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.