Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

सांसदको गुनासो : सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौलिया !

Milan Ghimire by Milan Ghimire
August 28, 2019
in जनता स्पेसल, समाचार
0
सांसदको गुनासो : सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौलिया !
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौँ– भदाै ११

सांसदहरुले भ्रष्टाचार नियन्त्रण बन विनास तथा बन र निकुञ्ज नजिकका बासिन्दालाई जंगली जनावरको आक्रमणबाट जोगाउने लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले आ आफ्नो क्षेत्रगत र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद बिमला नेपालीले भ्रष्टाचार विरुद्ध अभियान चलाएको भन्ने सरकारकै मन्त्रीहरु भ्रष्टाचारमा संलग्न भएको आरोप लगाइन् । 

उनले सिंहदरबारदेखि मन्त्री क्वाटरसम्म बिचौलिया मार्फत मन्त्रीका आफन्तहरुले बार्गेनिङ गरेको गुनासो आएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि ठुलाबडाले गरेको करोडौको भ्रष्टाचार नदेख्ने गरेको गुनासो गरिन् । उनले साना कर्मचारीलाई पक्रने र फसाउने काम गरेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद बिमला बिकले बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणमा परि गेरुवा र ठाकुरद्धारा गाउँपालिकाका २ जना स्थानीयको मृत्यु भएको भन्दै मृतकका परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरिन् । 

मुलुकभर नै जंगली क्षेत्र वा निकुञ्ज नजिक बस्ने सर्वसाधरण जंगली जनावरको आक्रमणबाट बच्न बासस्थान छोडेर अन्यत्र जाने क्रम बढेको भन्दै उनले निकुञ्जको सिमानामा ठुला ठुला पर्खाल निर्माण गरि स्थानीयको जीउ धनको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद भरतकुमार शाहले सरकारले मलखादमा यसअघि दिदै आएको अनुदान रकममा कटौती गरेको भन्दै किसानले पाएको सुविधा कटौती नगर्न सरकारको ध्यानाकर्षण गराए । 

सांसद भीमसेनदास प्रधानले सरकारले यस बर्षलाई वृक्षरोपण बर्ष घोषण गरेको भएपनि त्यस विपरित बन मास्ने काम भएको तथा राजधानी नजिकका वरपरका डाँडामा पनि भु माफिया र बालुवा उत्खनन् गर्ने व्यवसायीले बन जंगल मास्ने काम गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसद मिना सुब्बाले मुलुकभर डेंगुको प्रकोप फैलिरहदा पनि नियन्त्रण तर्फ सरकार गम्भीर बन्न नसकेको भन्दै त्यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । उनले धरानबाट देखिएको डेंगु संक्रमण अहिले ४२ जिल्लामा फैलिसक्दा पनि प्रभावकारी कदम चाल्न नसक्नु ‘सरकारको असक्षमता र लापरवाही’ भएको बताइन् । 

सांसद यज्ञ बहादुर बोगटीले अछाम जिल्लाको मध्यपहाडी लोकमार्ग अन्र्तगत गैहीटार विनायक खण्ड अन्र्तग कमलबजार नगरपालिका वडा नम्बर ५ र्कितिपुर खण्डमा लामो समय देखि सुख्खा पहिरो गईरहेको भन्दै नियन्त्रणका लागि तत्काल पहल गर्न सम्बन्धीत निकायको ध्यानाकर्षण गराए । 

सांसद राजेन्द्र कुमार केसी भने शुन्य समयमा बोलेका विषयको कहीँकतैबाट सुनुवाई नभएको भन्दै आफुलाई उपलब्ध गराईएको समयमा मौन ब्रत बस्ने भन्दै चुप बसेका थिए । 
 #संसद बैठक
साभार रातो पाटी

Author

  • Milan Ghimire
    Milan Ghimire

    View all posts
Previous Post

वडाअध्यक्षको रवैयाः चक्लेट चोरेको आरोपमा ३ बालकलाई कपाल मुण्डन गरी गाउँ घुमाइयो

Next Post

प्रधानन्यायाधीशको तलब ८७ हजार, न्यायसेवामा कसको तलव कति ?

Next Post
प्रधानन्यायाधीशको तलब ८७ हजार, न्यायसेवामा कसको तलव कति ?

प्रधानन्यायाधीशको तलब ८७ हजार, न्यायसेवामा कसको तलव कति ?

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...