Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित

Kumar Shrestha by Kumar Shrestha
June 13, 2026
in जनता स्पेसल, स्वास्थ्य
0
मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

‘पूर्ण खोप सुरक्षित भविष्य’ भन्ने मूल नाराका साथ रामेछापको मन्थली नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित भएको छ । १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्रै पाउनुपर्ने सम्पूर्ण खोप दिलाएर सरकारको निर्देशिका बमोजिमका प्रक्रिया पूरा गरेपछि मन्थलीलाई सो प्रमाणपत्र दिइएको हो ।

शनिबार आयोजित विशेष कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर थापा र जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालयका प्रमुख विभु कुमार झाले मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ र उपप्रमुख ईश्वरी बस्नेतलाई संयुक्त रूपमा प्रमाणपत्र हस्तान्तरण गरे ।

जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्की र सदस्य सचिव झाद्वारा हस्ताक्षरित प्रमाणपत्रमा पालिकाको अथक मिहिनेतको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरिएको छ । कार्यक्रममा उपप्रमुख थापाले मन्थली नगरपालिकालाई बधाई दिँदै पूर्ण खोपको अवस्थालाई दिगो राख्न सुझाए ।

मन्थलीको यो घोषणासँगै रामेछापका सबै स्थानीय तह पूर्ण खोप सुनिश्चित भएका छन् । अब केही समयमै जिल्लालाई नै औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी भइरहेको जिल्ला समन्वय समितिले जनाएको छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

अझै बेलिब्रिजकै भरमा सिङ्गो रामेछाप

Next Post

दोलखामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

Next Post
दोलखामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

दोलखामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई गम्भीर घाइते

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.