Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

कोरोना भाइरस : आशावादी हुनुपर्ने ५ कारण

जनता भ्वाइस by जनता भ्वाइस
March 29, 2020
in जनता स्पेसल, फिचर, विचार, शिक्षा, सूचना प्रविधि, स्वास्थ्य
0
कोरोना भाइरस : आशावादी हुनुपर्ने ५ कारण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत १६,

  1. रामेछाप । कोरोना भाइरस फैलने क्रम नरोकिएपछि विश्वभरमा मानिसहरू यतिखेर आतंकित छन् । प्रत्येक समाचारले त्रास बढाइराखेको छ, राम्रो खबर कतैबाट सुन्‍न पाइएको छैन । सिंगो विश्‍व गम्भीर स्वास्थ्य संकटको स्थितिबाट गुज्रिइरहेको छ। तर, आशावादी हुनुपर्ने प्रशस्त कारणहरू पनि हामी बिच नभएका होइनन्, हाम्रो ध्यान नगएको मात्रै हो। त्यस्ता के–के कुरा छन्, जसप्रति आशावादी हुन सकिन्छ ?
  2. हार मानेका छैनन् स्वास्थ्यकर्मी डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीहरू अहोरात्र कोरोना भाइरसविरुद्धको लडाईंमा क्रियाशील छन्। अहिलेसम्म संसारभर झण्डै साढे ६ लाख मानिसहरु संक्रमित भएकोमा १ लाख ४० हजार जति बिरामी निको भइसकेका छन् भने अधिकांश उपचाररत् छन्। संक्रमितमध्ये ३० हजार जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमध्ये केही स्वास्थ्यकर्मीसमेत छन्। तर, स्वास्थ्यकर्मीहरू हारेका छैनन्, थाकेका छैनन्। उनीहरू रातदिन नभनी अग्रमोर्चामा रहेर डटिरहेका छन्।
  3. सहज हुँदैछ चीन कोरोना भाइरसको संक्रमण चीनबाट फैलन सुरू भएको थियो। चीनमा धेरै मानिसले दु : ख पाए, तीन हजारभन्दा धेरैको ज्यानै गयो। तर, यतिखेर चीन राहतको अनुभव गर्दैछ। कोरोना भाइरसले चीनमा निम्त्याएको संकट हाललाई थामिएको देखिन्छ। चीनमा अहिले स्थानीयस्तरमा संक्रमण फैलने दर अत्यन्तै न्यून छ। एक सातायता चीनमा भेटिएका संक्रमितमध्ये धेरैजसो विदेशबाट आएकाहरू भएको पाइएपछि चीनले विदेशीहरूको आगमनमा अस्थायी प्रतिबन्ध लगाएको छ। चीन सरकारले आफ्नो सम्पूर्ण ध्यान अहिले कोरोना भाइरसको दोस्रो लहर फैलन नदिनतर्फ लगाएको छ। कोरोना भाइरसको ुइपिसेन्टरु भनिएको वुहान शहरमा लकडाउन फुकुवा गरिएको छ। बजार खुल्न थालेको छ, सार्वजनिक यातायातमाथिको प्रतिबन्ध पनि हटाइएको छ। यी कुराहरूले चीनको जनजीवन सामान्य अवस्थामा फर्कन थालेको संकेत गर्छन्। यसले देखाउँछ, ढंगसँग कदम चाल्ने हो भने कोरोना भाइरसलाई परास्त गर्न सकिन्छ।
  4. इटालीमा घट्दै संक्रमणको गति चीनपछि इटाली कोरोना भाइरस संक्रमणको दोस्रो इपिसेन्टरका रुपमा देखापर्‍यो। संक्रमितको संख्या ९२ हजार पुग्दै गर्दा त्यहाँ १० हजार जनाको ज्यान गएको छ। तीमध्ये १२ हजार जना निको भएर घर फर्केका छन् भने बाँकी उपचाररत् छन्। इटालीको नागरिक सुरक्षा एजेन्सीका अनुसार, अहिले संक्रमण संकुचनको दर स्पष्ट रुपमा स्थिर देखिएको छ , नयाँ केस र मृत्युको संख्यामा कमी आएको छ। गत बुधबार ३ हजार ६१२ नयाँ संक्रमित भेटिएका थियो, जुन संख्या अघिल्ला चार दिनको तुलनामा कम हो। लोम्बार्डीका जनस्वास्थ्य प्रमुख भन्छन्, अँध्यारो सुरुङमा अलमलिइरहेका हामीलाई अहिले उज्यालो भेटेजस्तै भएको छ। लोम्बार्डी कोरोनाबाट अति प्रभावित क्षेत्रमध्येको एक हो।
  5. औषधिको खोजीमा वैज्ञानिक विज्ञहरूले भनेको तपाईंले सुन्नुभएकै होला, कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लाग्न थोरैमा एकदेखि बढीमा डेढ वर्षसम्म लाग्नसक्छ। यो कुराले अहिले धेरैको चैन खोसेको छ। कोरोना भाइरसको औषधि नै नहुनु अहिलेको मूल चुनौतीमध्येको एक हो। एन्टिडोटुको विकास नभएकाले मानिसहरू आँफूलाई निरीह ठानिरहेका छन्। हुन पनि अहिले सिंगो मानव जातिको भविष्य वैज्ञानिकको हातमा छ। चीन, अमेरिका, अष्ट्रेलिया, जापान, जर्मनी, क्यानडा लगायतका देशका वैज्ञानिकहरू अहिले थरीथरीका औषधिको परिक्षणका क्रममा छन्। अझ यसो भनौं, उनीहरूबीच औषधि बनाउनका लागि एक किसिमको होड नै चलेको छ। आशा गरौं, छिट्टै खुसीको खबर सुन्‍न पाइनेछ। एकजुट हुँदै समाज, सहयोगी बन्दै मानिस विश्व समाज होस् वा स्थानीय, कोरोना भाइरसविरुद्ध लड्न मानिसहरू एकजुट भएका छन्। मानवीय भावना बढेको छ, संसारभरका मानिसहरू एकताको भावनाप्रति प्रतिवद्ध देखिएका छन्। नेपालकै कुरा गर्ने हो भने, नागरिकहरू लकडाउन पालना गर्न एकअर्कालाई प्रोत्साहित गरिरहेका छन्, स्वास्थ्यकर्मीको ख्याल राख्न र श्रमिकलाई राहत दिन सरकारसँग माग गरिराखेका छन्। कालोबजारीको खबर उति सुन्नुपरेको छैन। कोरोना भाइरसको तत्कालिन समाधान भनेकै यसलाई फैलन नदिनु होु भन्‍नेमा नागरिकहरू सचेत देखिएका छन्। यो निकै सकारात्मक कुरा हो।

यो पनि पढनुस्

अपडेट : कोरोना भाइरस संक्रमणको संख्या ५ पुग्यो (भिडियोसहित)

अपडेट – नेपालमा चौथो ब्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

रामेछापमा रातारात मानिस आउनेको संख्या बढदै, १ सय ६७ क्वारेनटाईन बने, ५१ जना क्वारेन्टाईनमा (कुराकानीसहित)

Next Post

अपडेट : रुपन्देहीको कोरोना अस्पतालमा एक युवकको मृत्यु

Next Post
अपडेट : कोरोनाबाट  साढे २७ हजारको मृत्यु, ६ लाख संक्रमित

अपडेट : रुपन्देहीको कोरोना अस्पतालमा एक युवकको मृत्यु

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.