Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आज पुष्टि भएका तीन कोरोना संक्रमितको सम्पर्कमा रहेका २६ जना वीरगञ्जको क्वारेन्टाइनमा

जनता भ्वाइस by जनता भ्वाइस
April 12, 2020
in समाचार
0
पहिलो पटक नेपालभित्रै एकबाट अर्को व्यक्तिमा सर्‍यो कोरोना
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चैत, ३०,

वीरगञ्ज । वीरगञ्जमा भेटिएका तीन जना कोरोना संक्रमित भारतीय नागरिकसँग भेट गरेका २६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई शनिबार बेलुका नै नियन्त्रणमा लिएर वीरगञ्जमा सिद्धार्थ माविस्थित क्वारेन्टाइनमा राखिएको हो ।

वीरगञ्जबाट बिहिबार २४ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि हेटौंडामा पठाइएकोमा तीन जना बाहेक अरुको रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएका २१ जना र उनीहरुसँग प्रत्यक्ष सम्पर्कमा रहेका तीन जना मुस्लिम धर्म गुरु र दुई जना स्थानीयलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

वीरगञ्ज–२ छपकैया घुसुकपुरस्थित हजरत बिलाल मस्जिदबाट १० जना जमाती, तीन जना मौलाना र २ जना स्थानीयलाई र छपकैयाकै मक्की जामे मस्जिदबाट ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको हो । पोजेटिभ देखिएका तीनै जना जामे मस्जिदमै रहँदै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले संक्रमित व्यक्तिको सम्पर्कमा रहेकोले उनीहरुलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिए । ‘वीरगञ्जको छपकैया क्षेत्रमा रहेका मस्जिदबाट २६ जनालाई क्वारेन्टाइनमा राखेका छौं’ उनले भने ‘२१ जनाको थ्रोट स्वाब संकलन भइसकेको छ, बाँकी पाँच जनाको स्वाब लिन बाँकी छ ।’

जमाती सबैले सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा आएपछि नेपालमै रहेको दावी गर्दै आएका छन् । तर उनीहरु वीरगञ्जको छपकैयास्थित मस्जिदमा आएको दुई साता मात्रै भएको दावी गरिएको छ ।

क्वारेन्टाइनमा रहेका इस्माइल अन्सारीले क्वारेन्टाइनमा दैनिक रुपमा आवश्यक पर्ने समानको समेत प्रबन्ध नरहेको गुनासो गरेका छन् । ‘बिहान न चिया दिए, न पानी नै । दाँत माझ्न ब्रस मञ्जन पनि छैन’ उनले भने, ‘नित्य कर्म गर्न नपाएपछि मानिस त्यसै विरामी परिहाल्छ नि ।

यो पनि पढनुस

  • नेपालमा एकै दिन तीन जनामा कोरोना, संक्रमितको संख्या ९ पुग्यो

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

कोरोना : हामी नेपालीमा तेस्रो आँखा खुलोस्, बेइमानी र विश्वासघात एकादेशको कथा भइदेओस्

Next Post

जनप्रतिनिधिहरुले अलि चासो देखाए समृद्ध समाज बन्छ

Next Post
जनप्रतिनिधिहरुले अलि चासो देखाए समृद्ध समाज बन्छ

जनप्रतिनिधिहरुले अलि चासो देखाए समृद्ध समाज बन्छ

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...