यो महामारीले जताततै त्रास छ । मान्छेहरू गाउँ फर्कन तछाड मछाड गरेको देखिन्छ । गाँउदेखी सदरमुकाम सम्म नहिड्ने मान्छेहरु काठमाडौ देखी गाउँ सम्म पैदल गर्नेको संख्या ठुलो छ । बाटोमा बास त परको कुरा भयो, पानी समेत खान नदिएको दुखेसो गर्छन। शहर भन्दा गाउँ सुरक्षित पनि देखिन्छ । लामो समय लकडाउन भयो भने सिंस्नो को बुट्टा सम्म भएपनि खाएर बाच्न सक्ने अड्कल गर्छन। अहिले हेर्ने हो भने ठुलो संख्यामा गाउँमा युवाहरू छ्न । गाउमा बृद्ध-बृद्धा मात्र बस्ने हाम्रो घर आगनमा स्थानीय सरकारले ध्यान दिने र यी युवाहरूलाई घर आगनमा रमाउन सक्ने वातावरण बनाउने हो भने समृद्ध देशको सपना साकार हुन सक्छ ।यदि यो बेलामा स्थानिय सरकारले ध्यान नदिने हो भने आगामी चुनाब सम्म हरेक गाउँ बृद्धा आस्रम घोषणा गर्दा उपयुक्त हुन्छ भन्दा खासै फरक नपर्ला।
यसमा युवाले बुझ्नु पर्ने जरुरत छ । सहायता जनप्रतिनिधिले गर्नु पर्ने देखिन्छ। लकडाउनको समयमा बिउ बिजन गाउँ गाउँ पुर्याउन सके उत्पादन बढ्ने थियो ।
युवा गाउँमा बस्दैनन् । गाउँमा भएका उब्जाउ खेतबारी खोरिया भएर बसेका छन । यो संकटमा गाउँ आउने केहि युवा बाझो फोर्न तल्लिन छन । अब यो बर्ष त समय र मौसमले साथ दियो भने मकै प्रसस्त फल्ने सहजै अनुमान गर्न सकिन्छ।
यो संकटमा गाउँले दिएको साथलाई स्मरण गर्दै गाउमै युवा बस्ने हो भने साच्चै समाज समृद्ध हुन्छ। यसमा युवाले बुझ्नु पर्ने जरुरत छ । सहायता जनप्रतिनिधिले गर्नु पर्ने देखिन्छ। लकडाउनको समयमा बिउ बिजन गाउँ गाउँ पुर्याउन सके उत्पादन बढ्ने थियो ।
निजि बिधालय पर्दैन त्यसैले हामीले सामुदायिक बिधालयमा बच्चा पढाउनु पर्छ भनेर अभिभावक समक्ष गाउपालिका, नगरपालिका , र वार्ड प्रमुखहरूले नागरिकहरूलाई सम्झाउन र नतिजामुखी शिक्षा देखाउन सक्नु पर्छ ।
बच्चा पढाउन शहर पसेका ब्यक्तिहरुलाइ सरकारी बिद्यालयमा पनि नीजिमा जत्तिकै उत्तम पठनपाठन हुन्छ भन्ने विश्वास दिलाउन आवश्यक छ। सामुदायिक विद्यालयहरूमा तालिम प्राप्त शिक्षक हुन्छ्न। प्रतिस्पर्धा गरेर मात्र नियुक्ति लिएका हुन्छ्न। आवश्यक सामाग्री सरकारले उपलब्ध गराएको हुन्छ।निजि बिधालय पर्दैन त्यसैले हामीले सामुदायिक बिधालयमा बच्चा पढाउनु पर्छ भनेर अभिभावक समक्ष गाउपालिका, नगरपालिका , र वार्ड प्रमुखहरूले नागरिकहरूलाई सम्झाउन र नतिजामुखी शिक्षा देखाउन सक्नु पर्छ ।
सामुदायिक बिद्यालयका शिक्षक कसैलाई राजनिती सभा सम्मेलनमा सहभागी भएको देखिएमा पालिकाले सशक्त कारबाही गर्ने भनी अभिभावक समक्ष बिश्वास दिलाउन सके हाम्रो गाउँमा दक्ष जनशक्तिको अभाव हुदैन। कुरा रह्यो रोजगारीको, गाउँमा आर्थिक समृद्धिको धेरै सम्भावना छ । यदि लगानी गर्न सकियो भने।
गाउँमा लगानिको अभाव देखिदैन ।स्थानिय सरकार, प्रदेश सरकार, सांसद कोषको रकम तथा केन्द्रिय सरकारसँग अथाह बजेट छ । स्थानीय तहका बजेट बगाउने सडक , मन्दिर पाटिलाइ यो बर्ष रोकेर। दुध उत्पादन, डेरि संचालन, च्याउ खेती, बाख्रा पालन, भैसी पालन, तामाकोसी र पर्यटन क्षेत्रमा रिसोर्ट खोल्न, तामाकोसी मा र्याफि्टङ लगायत क्षेत्रमा लगानी गर्ने हो भने उल्लेख्य मात्रामा युवा गाउँमा रहने वातावरण बन्न सक्छ ।
आफ्नो गाउँ आफै बनाउँ भन्ने मुल नारा बनाई स्थानिय सरकारले लगानी सुनिश्चित गरिदिए पनि धेरै लगानीकर्ताहरू गाउँ भित्रिने थिए ।सरकारले अनुदान र ऋण सहि ठाउँमा लगानी गर्ने हो भने अरू युवा गाउँ भित्रिन सक्छन् ।
स्थानीय तहका बजेट बगाउने सडक , मन्दिर पाटिलाइ यो बर्ष रोकेर। दुध उत्पादन, डेरि संचालन, च्याउ खेती, बाख्रा पालन, भैसी पालन, तामाकोसी र पर्यटन क्षेत्रमा रिसोर्ट खोल्न, तामाकोसी मा र्याफि्टङ लगायत क्षेत्रमा लगानी गर्ने हो भने उल्लेख्य मात्रामा युवा गाउँमा रहने वातावरण बन्न सक्छ ।
हुनत यो जिम्मेवारी स्थानीय सरकारको मात्र होइन । राजनीतिक नेतृत्वमा रहेकाहरू, विवेकशिल युवाहरू लगायतले पनि समृद्ध समाज निर्माणमा साथ दिन जरुरी छ । अन्यथा म समाजसेवी हुँ नभन्नुस । यो सबैको चुनौती को बिषय हो।भोकालाई एक बोरा चामल दिएर समाज सेवा हुँदैन । भोकालाई सीप दिनुस । उसले सँधै कमाएर खान सक्छ । अर्को बोरा चामल कसले देला भनेर कुर्न पर्दैन ।
बाझो बारी खनेर उत्पादन बढाउन चाहने युवाहरूलाई विउ विजन तथा तालिम संयोजन गर्न स्थानिय सरकार लाग्नु पर्छ । गाउँमा कृषी उत्पादन तथा ब्यापार ब्यवासाय गरेर युवा गाउँमै अडिन सके भने बिकास निर्माण मा युवाहरूले साथ दिनेछन् । संकटमा युवा गाउँमै हुन्छन् । जन्ती र मलामी खोज्न बुढा बा र बुढी आमा भौतारिनु पर्दैन ।