चैत,३०,
रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा सल्यानका १६ जना मजदुर दोलखाबाट पैदल हिडेर मन्थली आइपुगेका छन ।
दोलखाको बैतेश्वर गाउँपालिकामा सडक निमार्णको काम गर्ने १६ जना मजदुर शनिबार त्यहाँबाट पैदल हिडेर आज (आइतबार) मध्यान्न १२ बजे मन्थली आइपुगेका हुन ।
उनीहरु करिब १० दिनमा घर पुग्ने समुहका एक मजदुर केशव ओलीले बताउनुभयो । घरमा आमा बिरामी भएको खबर पाएकाले बुढी आमाको अनुहार हेर्नकै लागि आफु दोलखाबाट हिडेर घर पुग्नुको बिकल्प नरहेको उहाँको गुनासो छ ।
२० दिन बस्दै खाँदै गरेको अवस्थामा एक्कासी घरमा रहेका परिवार नै बिरामी भएको खबरले बस्न नसकेर हिड्नु परेको दुखेसो पोख्नु भयो।
उनीहरुसंग ठेकेदारले दिएको ३ हजार बाटो खर्च छ । यतिले जति दिन खाना पुग्छ त्यति दिन खाने हो खर्च पाएका एक मजदुर निर्मल चन्दले भन्नुभयो ।
उनीहरु सबै सल्यान जिल्ला बागचौर गाउँपालिकाका स्थानीय भएको बताएका छन् ।
कामका लागि गत ३ महिना देखी उनीहरु दोलखाको बैतेश्वरमा पुगेका थिए ।
भिडियो हेर्नुस् ।