- गजल १
- उन्को र मेरो अब देखि एउटै घर हुनेछ
हेर्नुहोला एकदिन हाम्रो स्वयम्बर हुनेछ - भेट भएन भनेर चिन्ता लिनु पर्दैन प्यारा
अब देखि त हाम्रो मिलन निरन्तर हुनेछ - जन्म देखि लिएर आएको त छ्दै थियो
अब संगै जोडिएको नयाँ थर हुनेछ - आज सानो गाउँ भएपनि मेरो कालापानी
एकिन छ एकदिन पक्कै पनि सहर हुनेछ - तन खाए पनि ढुङ्गा माटोले भोलि मेरो
आशा छ मैले रचेका कृति हरु अमर हुनेछ
- गजल २
- ब्यर्थ भो यादमा सिरानी यो भिजाउनु
धेरैदिन बिते यहाँ अझै कति छ बिताउनु - सपनीमा पनि यहाँ तिम्रो हमला हुन्छ
अर्थ के रहयो र मलाई यहाँ निदाउनु - दुनियाको सामु मलाई हिजो उदाङो पारेर
किन आफै थालेउ आज परबाट चियाउनु - बाचा कसम नै भुलेर घात यहाँ गरेपछी
पर्दैन भो तिमीले फाटेको मन सिलाउनु
- गजल ३
- सोचे जस्तो पवित्र मन सबैको हुने भए
निस्चल र त्यो कन्चन सबैको हुने भए - माघ र बैशाख कति शून्य हुन्थ्यो होला
मङ्सिरमै यहाँ लगन सबैको हुने भए - छिमेकीको बुहारी भन्दा म के कम थिएं
दाईजो नलिने चलन सबैको हुने भए - ताजमहल दुनियाँमा थुप्रै बन्थे होलान
मुनामदन कै कथन सबैको हुने भए - आखैको निसानिले कति घाइते हुन्थे
तिम्रो जस्तो त्यो नयन सबैको हुने भए
- गजल ४
- कती अनौठो छ यो मन बुझ्न सकिएन
कती बोझिलो छ जिवन बुझ्न सकिएन - किन के भनि सधै कारण मात्र खोज्छौ
गर्या हौ कि अनुसन्धान गहन बुझ्न सकिएन - मन त नदुखाउं जस्तो लाग्छ कसैको पनि
खै गरें कि मैले रुखो बचन बुझ्न सकिएन - यो गर्नु त्यो नगर्नु सबै कुरामा सिमारेखा
किन गर्या हौ यस्तो खटन बुझ्न सकिएन - न मेसेज गर्छौ अचेल न फोन मै कुरा गर्छौ
छौ नेपालमै कि पुग्यौ लन्डन बुझ्न सकिएन्





