( कविता)
छन्द – इन्द्रवज्रा
मेची र काली नदुखून् म भन्छु
सानाे छ याे देश नहेप भन्छु
सारा बसेका सँगमा मनुष्य
नामै चलेका जगमा अवश्य ।।
वीरै थिए ती सब पितृ पुर्खा
गाभे तिनैले जब राज्य गाेर्खा
राखे जगैमा तब नाम ठूलाे
त्यै नामलाई नगराैं न धूलाे ।।
पृथ्वी र त्रिभुवनले बनाए
राणा र पञ्चै सबले हटाए
देशै छ प्याराे अति प्राण भन्दा
विध्वंश पार्ने नगराैं न धन्दा ।।
संस्कार फाली नव काल ल्यायाै
पूर्वीय त्यागी भन के त पायाै
जातीय संस्कार नछाेड जान्न
आफ्नै छ राम्राे बरु थाल मान्न ।।
भाका र वाचा नगराैं अपूरा
कर्तव्य आफ्नाे गरि छाड पूरा
तेराे र मेराे सब झूठ मान
सत्कार्यमा लाग्न सदैव जान ।।
वैरी कतै हुन्न गुणी र जाती
सम्झेर सत्मार्ग पुगिन्छ माथि
ती बुद्ध सीता भृकुटी समान
संघर्ष गर्दै गर आज ध्यान ।।
पाेख्रेल सुरेन्द्र
बर्दिवास, महाेत्तरी





