Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

रामेछापको खुर्सानीको बोटले विश्व रेकर्ड तोड्दै- सक्दो सेयर गरौ (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
May 28, 2020
in जनता स्पेसल, समाचार
0
रामेछापको खुर्सानीको बोटले विश्व रेकर्ड तोड्दै- सक्दो सेयर गरौ (भिडियो सहित)
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

तपाईंले अहिलेसम्म कति अग्लो खुर्सानीको बोट देख्नु भएको छ ?
२ फिट ? ३ फिट ? या बढीमा ६ फिट ?
६ फिट त बिरलै देख्नुभएको होला ?
गिनिज बुक अफ् वल्र्ड रेकर्डमा जम्मा १४. ७ फिट अग्लो खुर्सानीको बोटको रेकर्ड कायम छ ।
भारतको नागाल्याण्ड दिमापुरबाट ८ किलोमिटर टाढा रहेको सोभिमा भन्ने गाउँका थेप्सु सातु ओ रियो नामका एकजना व्यक्तिले सन् २०११ मा यो रेकर्ड बनाए थिए । द टेलिग्राफ अनलाईन संस्करणले यो समाचार प्रकाशन गरेको थियो ।


रियोको खुर्सानीको बोटले १४.७ फिटको विश्व कृतिमान बनाएपछि उनका वरपरका जिल्लाबाट सो खुर्सानीलाई हेर्न दर्शकहरुको ठूलो भिड लागेको थियो ।
नेपालमा कृषि क्षेत्रको विश्वरेकर्ड कमै कायम भएका छन् । कृषि भन्दा बाहेक अन्य क्षेत्रको विश्व रेकर्ड कायम भएको भएता पनि कृषिको रेकर्डका लागि भने रामेछाप जिल्लाको पनि सम्भावना रहेको छ ।
जिल्लाको मन्थली नगरपालिका वडा नं. ५ को सुनारपानीमा अनारबाजे नामले परिचित एक कृषकको बारीमा फलेको अकबरे खुर्सानीले विश्व रेकर्ड कायम गर्न सक्ने सम्भावना छ । वास्तविक नाम हिरालाल आचार्य भएका कृषकले आफ्नो बगैचामा लगाएको अनारको प्रशिद्धिले नै उनले अनारबाजेको उपमा पाएका थिए ।


अनारबाजेको बगैचामा भएको अकबरे खुर्सानीको बोटको उमेर ८ वर्ष पुगेको छ । सामान्यतया १ वर्षमा उत्पादन दिएर मर्ने गरेको खुर्सानीमा यो भने अझै जिवितै छ ।
सुख्खा याममा पानीको अभाव हुँदा उनले सो खुर्सानीलाई बहुतै मेहनत गरेर पानी र मलखाद दिँदै हुर्काएका छन् । यो रिपोर्ट तयार पार्दा सम्म १८ फिट उचाई रहेको यो खुर्सानी प्रचार प्रसारको अभावमा विश्व रेकर्ड कायम गर्नबाट बञ्चित भएको छ ।
विगत केही वर्ष अघि दोलखा जिल्लाबाट विदेशमा धेरै परिमाणमा अकबरे खुर्सानी निर्यात भएको थियो । रामेछाप जिल्लामा पनि अकबरे खुर्सानीको अचार उद्योग समेत संचालनमा आएको छ । आफ्नो अग्लो अकबरे खुर्सानीको बारेमा थप जानकारी दिँदै कृषक अनारबाजे भन्छन्–
‘यो खुर्सानीको बोटलाई मैले गिनिज बुकमा नाम लेख्ने कामका लागि रोपेको होइन । यो त हुर्काउँदै जाँदा अग्लो भएर गिनिज बुकमा नाम लेखाउन लायक भएको मात्रै हो ।


आज सम्म यो खुर्सानीका कारण मेरो नाम गिनिज बुकमा लेखियोस् भनेर मैले कुनै प्रचारप्रसार गरेको छैन । आशा गरौं, दक्षिण भारतमा रहेको १४.७ फिट अग्लो खुर्सानीको बोटको रेकर्ड मेरो बगैचामा भएको १८ फिट अग्लो खुर्सानीको बोटले अवश्य तोड्ने छ ।’
अकबरे खुर्सानी स्वास्थ्यका दृष्टिकोणले समेत निकै प्रभावकारी छ । यसको नियमित सेवनले पेट सम्बन्धी रोगको निदान गर्न सकिन्छ ।आजभोलि खानपिनको कारणले मानिसको शारिरीक अवस्थामा परिवर्तन भएको छ जसको कारण मानिसलाई मोटोपनले सताउने गर्दछ । यस्तो समस्याको समाधानका लागि अकबरे खुर्सानी ज्यादै महत्वपूर्ण मानिन्छ ।
रगतमा चिनीको मात्रा बढेर हैरान हुने विरामी र पिसाबथैलीलाई सफा गर्ने कार्यका लागि पनि अकबरे खुर्सानीको विशेष महत्व रहेको छ ।

अनारबाजेले फलाएको खुर्सानीको कुनै प्रचारप्रसार हुन सकेको छैन । विश्व रेकर्डमा १४.७ फिट अग्लो खुर्सानी कायम भएको अवस्थामा उनको खुर्सानी भने १८ फिट अग्लो रहेको छ ।
यो खुर्सानीको बोटलाई सबै तिरबाट प्रचारप्रसार गरी समयमा विश्व रेकर्ड कायम गरी भारतको पोल्टोमा रहेको गिनिज बुक अफ् वल्र्ड रेकर्ड तोड्नु हामी सबैको कर्तव्य हो । तसर्थ यो भिडियोलाई बढी भन्दा बढी शेयर गरी प्रचारप्रसार गर्नुहुन सबै दर्शकहरुमा हामी हार्दिक अनुरोध गर्दछौं ।
बाँकी भिडियोमा…

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

१ सय १४ जनामा कोरोना पुष्टि : संक्रमिको संख्या ८८६

Next Post

सन्देश

Next Post
सन्देश

सन्देश

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.