कविता
.
.
.
Hello Nepal
How are you
Why are you so serious
Please tell me.
खै के भनौं र मेरो खबर ?
अचेल कोरोनाको महामारीले
अनि बन्दाबन्दीको पीडाले
जताततै बेहाल छ,
मैले जन्माएको करोडौं सन्तानको
दुःख हेर्न अलि गाह्रो भाको छ,
कोही भोकले छट्पटिँदै
कोही रोगले छट्पटिँदै
यो वसन्तको तातो रापमा
चिच्याउँदै ,कोलाहल मच्चाउँदै
चिन्तै चिन्ताहरु देख्दा
म कसरी खुशी छु भनुँला ?
हुन त मेरा सन्तान नै हुन सबै
तर कोही मोजमा अनि भोजमा
कोही दैनिकी टार्ने सोचमा
यिनै दुईथरी सन्तानको
भनाभन् र तानातानले
कसरी म टुलुटुलु आँखा खोलेर बसुँ ?
तीन चार जना धुर्त दुर्योधनहरु मिलेर
बाँकी सबैलाई दुःख दिने नियतले
गरेका हरेक निर्णयले,
मेरो घर अर्थात् मेरो सपना
भत्किदै भत्किँदै गएको छ
छियाछिया हुँदैछ
मैले मेरो सन्तानसँग
यो आशा गरेको थिइँन
मेरो आकांक्षा र इच्छा पनि होइन
तर के गर्नु,
हत्केलाका औंलाहरु झैं
फरक स्वरुप भएर देखिएको दुर्योधनले
आफ्नो दुई चारजना भरौटेहरुको साथले
मलाई आमाको नाता बिर्सेर
बलात्कार गरिरहेकै छन्
उसको दम्भको अगाडि केही नलागेर
म निसन्देह ! चुपचाप् सहिरहँे
आज छोराको नाममा कलङ्क
के यही कलङ्क सहनलाई
मैले प्रसवता सहेको हो ?
ए ! राष्ट्रवादी छोराछोरीहरु हो ?
अब गफ गरेर मात्र हँुदैन
यी दुष्ट दुर्योधन र कंशहरुलाई
घृणा गर्दै एक जुट भै अघि बढौं,
शासन चलाउने नाममा
विवेकहीन भएर
आफ्नै आफन्तसँग नाता सम्बन्ध
तोडेर बसेकाहरुसँग सचेत हँुदै
एक जुट हुँदै अघि बढौं
जे होस, मेरो दुःखमा रमाउने कंशहरुसँग
अचेल म अति दुखित् दखित् छु
So, nowadays
I’m so serious
धन योञ्जन
दोरम्बा, रामेछाप