Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

बिटार पार्क निर्माणका लागि वडाध्यक्ष कार्कीले बजेटको व्यवस्था गर्ने (भिडियो सहित)

जनता भ्वाइस by जनता भ्वाइस
June 13, 2020
in जनता स्पेसल, राष्ट्रिय समाचार, समाचार
0
बिटार पार्क निर्माणका लागि वडाध्यक्ष कार्कीले बजेटको व्यवस्था गर्ने (भिडियो सहित)
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जेठ २९, जनता भ्वाइस संवाददाता, रामेछाप
रामेछापका सहयोगी मनहरुले पुर्ननिर्माण गरेको रामेछाप नगरपालिका वडा नं. ८ को बिटार पार्कलाई वडा तथा नगरस्तरबाट सहयोग हुने सोही वडाका वडाध्यक्ष केदार कार्कीले बचन दिएका छन् । युवाहरुले उत्साहपूर्वक गरेको काममा आफ्नो सदैव सहयोग हुने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन् ।


जनता भ्वाइससँग कुराकानी गर्दै कार्की भन्छन्, ‘बिटार जस्तो ठाउँमा यत्तिको पार्क बन्नु राम्रो कुरा हो । यो पार्कलाई अझ व्यवस्थित बनाउन धेरै कामहरु गर्न बाँकी छ । यहाँहरुको यो कामलाई देखेर मलाई पनि वडास्तरबाट बजेटको व्यवस्था गर्न मन लागेको छ । मन्थलीबाट यहाँ आएर सुस्ताउनका लागि उपयुक्त स्थान बनेको छ । यहाँ अझै पानी पर्दा समेत ओत लाग्ने व्यवस्था गर्न जरुरी छ ।’


यो पार्क निर्माणको लागि डिपिआर तयारी गर्नुपर्ने र त्यसै अनुसार काम गर्दा राम्रो हुने धरणा समेत उनले राखेका छन् । डिपिआर गर्दा पुरानो स्वरुपलाई बिगार्न नहुने तथा हिजो पार्क निर्माण सुरु गर्दाको समयमा समेत कमजोरी भइसकेको उनको भनाई छ ।


उक्त स्थानमा भएको ठूलो चौरलाई चिरेर सडक बनाएको तर्फ औल्याउँदै कार्की अगाडि थप्छन्, ‘यो सुन्दर चौरलाई हिजै बिगारि सकिएको छ । हामी निर्वाचित् भएर आएपछि यसलाई यो स्वरुपमा ल्याइएको होइन । हामी सबै जना मिलेर बिटारको पार्कलाई अझ सुन्दर बनउनु पर्छ ।’
कार्कीले बीचमा चिरिएको चौरलाई दुई तर्फ जोड्नको लागि पुलको व्यवस्था हुनुपर्ने र सो कार्यका लागि डिपिआर तयार गरेरै जानुपर्ने धारणा अगाडि सारेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

सार्वजनिक बिदामा पनि सबै बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

Next Post

दुर्योधनहरुको चङ्गुल भित्रबाट

Next Post
दुर्योधनहरुको चङ्गुल भित्रबाट

दुर्योधनहरुको चङ्गुल भित्रबाट

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.