१………………..
राजनीतिमा
फुटबल खेलाडी
ढाडको लुतो ।
२………………..
शासन गर्ने
निर्धोलाई हेरेर
लेकाली जुका ।
३……………….
सक्छौ त उन्न
तेल पानीको माला
मन्त्रीको बोली ?
४……………….
निजी विचार
मनपरि लेखाई
गजलकार ।
५……………….
कालको मुख
रहस्यमयी चाल
कोरोना रोग ।
६……………….
सत्य सखाप
आयोजित नाटक
संसद सभा ।
७……………….
नक्सा पारित
जम्मा दश अरब
हाँगामा काग ।
८……………….
हिसाब आयो
पारदर्शिता खोइ
जालीको पेशा ।
९……………….
कोसेली दियौ
नक्सामा लिपुलेक
खोल्नु छ ताला ।
१०………………
कसरी भन्छौ
छाला कालो हँुदैमा
कागको हुल ।
११………………
नामको पति
माइतीको रवाफ
नामर्द छक्का ।
१२………………
जरुरी भयो
जनताको निर्णय
पुर्खाको त्याग ।
१३………………
बिग्रेको बुढा
कृषिप्रधान देश
बञ्जर खेत ।
१४………………
जून मारेर
अँध्यारो रोप्नेहरु
लाल सलाम ।
१५………………
रातको याद
बिहानीको क्षणमा
भुत्ते खुकुरी ।
धन योन्जन
दोरम्बा रामेछाप





