Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

मदन पुरस्कारकाे ६२ वर्षे इतिहास, हालसम्म क-कसले पाए पुरस्कार ?

जनता भ्वाइस by जनता भ्वाइस
August 17, 2020
in साहित्य
0
मदन पुरस्कारकाे ६२ वर्षे इतिहास, हालसम्म क-कसले पाए पुरस्कार ?
0
SHARES
211
VIEWS
Share on FacebookShare on Twitter

भदाै ०१ । जनता भ्वाइस

नेपालको ‘नोवेल पुरस्कार’ भनेर चिनिने साहित्यिक पुरस्कार ‘मदन पुरस्कार’ कहिलेबाट सुरु भयो र हाल सम्म कति लेखकहरुले यो पुरस्कार पाए भनेर कमैलाई थाहा होला । यही पाठकहरुको जिज्ञासालाई मेटाउनका लागि आज मदन पुरस्कार सम्बन्धि तथ्याङ्क यहाँ प्रस्तुत गर्न खोजिएको छ ।


संवत् २०१३ सालबाट दिन सुरु गरिएको यस पुरस्कारले हालसम्म ७७ जना लेखकहरु सम्मानित भइसकेका छन् । सम्मान आरम्भ गरिएको ६२ वर्षमा ६० पटक मात्र मदन पुरस्कार प्रदान भएको छ । संवत् २०३१, २०३३ र २०५९ सलमा यो पुरस्कार वितरण गरिएको छैन । संवत् २०१३ सालमा सत्यमोहन जोशीद्वारा लिखित् पुस्तक ‘हाम्रो लोक संस्कृति’देखि लिएर २०७५ सालमा योगेश राजको पुस्तक ‘रणहार’ सम्म आइपुग्दा ६२ वटा पुस्तकहरुले मदन पुरस्कार पाएका देखिन्छन् ।


एकै वर्षमा धेरै पुस्तकलाई समेत मदन पुरस्कार दिएको देखिन्छ । संवत् २०१३ सालमा क्रमसः संवत् ः २०१३ मा हाम्रो लोक संस्कृति कृतिका लागि सत्यमोहन जोशी, जनरल भीमसेन थापा र तत्कालीन नेपाल नामक कृतिका लागि चित्तरञ्जन नेपाली र अधिकविभव स्थिरविद्युत् उत्पादक नामक कृतिका लागि बलराम जोशीलाई ३ वटा पुरस्कार दिएको देखिन्छ भने संवत् २०१४ मा मन भन्ने कृतिका लागि – लीलाध्वज थापा र मृत्तिका उद्योग कृतिका लागि करुणाकर वैद्य लाई २ पटक उक्त पुरस्कार दिएको देखिन्छ ।


त्यस्तै संवत् २०१५ सालमा उद्यान नामक कृतिका लागि गंगाविक्रम सिजापति र कवि व्यथित र काव्यसाधना नामक काव्यका लागि कृष्णचन्द्रसिंह प्रधानलाई दिइएको देखिन्छ । संवत् २०१७ मा फेरि संस्कृतिविद् सत्यमोहन जोशीको पुस्कतक नेपाली राष्ट्रिय मुद्रा र सोही वर्ष विस्फोट नामक कृतिका लागि भीमनिधि तिवारीलाई मदन पुरस्कार दिइएको देखिन्छ ।


संवत् २०२० मा समेत २ वटा कृतिहरुले मदन पुरस्कार पाउन सफल भएका छन् । जसमा जोसमनी सन्त परम्परा र साहित्य नामक कृतिका लागि जनकलाल शर्मा र नैषधीय चरित कृतिका लागि कोमलनाथ अधिकारी लाई पुरस्कार दिइएको छ ।


संवत् २०२१ सालमा सर्वाधिक धेरै कृतिहरुलाई मदन पुरस्कार दिइएको छ । उक्त वर्ष ४ वटा कृतिहरु मदन पुरस्कारबाट सम्मानित भएका थिए । जसमा वस्त्र निर्माणकला नामक कृतिका लागि लक्ष्मीबहादुर श्रेष्ठ, प्राचीन हिन्दू अर्थशास्त्रमा नवराज चालिसे, प्राकृत पोखरामा मुकुन्दशरण उपाध्याय र नेपाली भाषा र साहित्य कृतिमा बालकृष्ण पोखरेल सम्मानित भएका थिए ।


संवत् २०२३ सालमा पनि २ वटा कृतिका लागि मदन पुरस्कारको उपलब्धता भएको छ । मानव नामक कृतिका लागि मोदनाथ प्रश्रित र स्रष्टा र साहित्य नामक कृतिका लागि उत्तम कुँवर, संवत् २०२४ मा नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास नामक कृतिका लागि ग्रीष्मबहादुर देवकोटा, र शंकर लामिछाने एब्स्ट्रयाक्ट चिन्तन: प्याज नामक कृतिमा मदन पुरस्कार प्राप्त देखिन्छन् ।


२०२५ सालमा पनि २ वटै कृतिहरुले मदन पुरस्कार प्राप्त गरेका देखिन्छन् । धर्मराज थापको मंगली कुसुम र पारसमणि प्रधानको टिपन टापन नामक कृतिले सोही वर्ष मदन पुरस्कार पाएका छन् ।


हालसम्म मदन पुरस्कार प्राप्त कृतिहरू


संवत् : २०१३ हाम्रो लोक संस्कृति – सत्यमोहन जोशी
संवत् : २०१३ जनरल भीमसेन थापा र तत्कालीन नेपाल – चित्तरञ्जन नेपाली
संवत् : २०१३ अधिकविभव स्थिरविद्युत् उत्पादक – बलराम जोशी
संवत् : २०१४ मन – लीलाध्वज थापा
संवत् : २०१४ मृत्तिका उद्योग – करुणाकर वैद्य
संवत् : २०१५ उद्यान – गंगाविक्रम सिजापति
संवत् : २०१५ कवि व्यथित र काव्यसाधना – कृष्णचन्द्रसिंह प्रधान
संवत् : २०१६ महाकवि देवकोटा – नित्यराज पाण्डे
संवत् : २०१७ नेपाली राष्ट्रिय मुद्रा – सत्यमोहन जोशी
संवत् : २०१७ विस्फोट – भीमनिधि तिवारी
संवत् : २०१८ नयाँ सडकको गीत – रमेश विकल
संवत् : २०१९ आमाको सपना – गोपालप्रसाद रिमाल
संवत् : २०२० जोसमनी सन्त परम्परा र साहित्य – जनकलाल शर्मा
संवत् : २०२० नैषधीय चरित – कोमलनाथ अधिकारी
संवत् : २०२१ वस्त्र निर्माणकला – लक्ष्मीबहादुर श्रेष्ठ
संवत् : २०२१ प्राचीन हिन्दू अर्थशास्त्र – नवराज चालिसे
संवत् : २०२१ प्राकृत पोखरा – मुकुन्दशरण उपाध्याय
संवत् : २०२१ नेपाली भाषा र साहित्य – बालकृष्ण पोखरेल
संवत् : २०२२ शिरीषको फूल – पारिजात
संवत् : २०२३ मानव – मोदनाथ प्रश्रित
संवत् : २०२३ स्रष्टा र साहित्य – उत्तम कुँवर
संवत् : २०२४ नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास – ग्रीष्मबहादुर देवकोटा
संवत् : २०२४ एब्स्ट्रयाक्ट चिन्तन ः प्याज – शङ्कर लामिछाने
संवत् : २०२५ मङ्गली कुसुम – धर्मराज थापा
संवत् : २०२५ टिपन टापन – पारसमणि प्रधान
संवत् : २०२६ बेलाइततिर बरालिँदा – तारानाथ शर्मा
संवत् : २०२७ नेपाली निर्वाचनको रूपरेखा – महानन्द सापकोटा
संवत् : २०२८ कर्णाली लोक संस्कृति – प्रदीप रिमाल, डा. चूडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजंगबहादुर सिंह, सत्यमोहन जोशी
संवत् : २०२९ आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् – ईश्वरबल्लभ
संवत् : २०३० लिच्छविकालका अभिलेख – धनवज्र वज्राचार्य
संवत् : २०३२ आगत – भवानी भिक्षु
संवत् : २०३४ लेखनाथ पौड्यालको कवित्वको विश्लेषण तथा मूल्याङ्कन – डा. वासुदेव त्रिपाठी
संवत् : २०३५ घामका पाइलाहरू – ध. च. गोतामे
संवत् : २०३६ नेपालका परम्परागत प्रविधि – डा. छविलाल गजुरेल, करुणाकर वैद्य
संवत् : २०३७ नरसिंह अवतार – जगदीश शमशेर राणा
संवत् : २०३८ नदी किनाराका माझी – मोहन कोइराला
संवत् : २०३९ माधवी – मदनमणि दीक्षित
संवत् : २०४० अलिखित – डा. ध्रुवचन्द्र गौतम
संवत् : २०४१ प्रत्यागमन – कन्चन पुडासैनी
संवत् : २०४२ वैकुण्ठ एक्सप्रेस – मोहनराज शर्मा
संवत् : २०४३ लिच्छवि संवत् ःको निर्णय – नयराज पन्त
संवत् : २०४४ उत्सर्ग प्रेम – राजेश्वर देवकोटा
संवत् : २०४५ ज्योति ज्योति महाज्योति – दौलत विक्रम विष्ट
संवत् : २०४६ नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजापरिषद्को भूमिका – डा. राजेश गौतम
संवत् : २०४७ मृत्युञ्जय महाकाव्य – भानुभक्त पोखरेल
संवत् : २०४८ पागल बस्ती – सरुभक्त
संवत् : २०४९ पाल्पामा प्रजातान्त्रिक आन्दोलनका सयदिन (वि.स. २००७) – डा. भवेश्वर पंगेनी
संवत् : २०५० माध्यमिक नेपाली गद्याख्यान – शरद्चन्द्र शर्मा भट्टराई
संवत् : २०५१ सही शब्द – फादर विलियम बर्क हेलिङ्गयाक्स
संवत् : २०५२ योजनगन्धा – विनोदप्रसाद धिताल
संवत् : २०५३ नेपाली राष्ट्रिय झण्डा – डा. दयाराम श्रेष्ठ
संवत् : २०५४ विसर्जन – लोकेन्द्रबहादुर चन्द
संवत् : २०५५ दु खान्त नाटकको सृजना परम्परा – डा. केशवप्रसाद उपाध्याय
संवत् : २०५६ अतिरिक्त अभिलेख – दिनेश अधिकारी
संवत् : २०५७ नेपालको सिमाना – बुद्धिनारायण श्रेष्ठ
संवत् : २०५८ अभिनव संस्कृति कोष – हरिराम जोशी
संवत् : २०६० नयाँ ईश्वरको घोषणा – गोपाल पराजुली (कवि)
संवत् : २०६१ पल्पसा क्याफे – नारायण वाग्ले
संवत् : २०६२ राधा – कृष्ण धारावासी
संवत् : २०६३ छापामारको छोरो – महेशविक्रम शाह
संवत् : २०६४ अन्तर्मनको यात्रा – जगदीश घिमिरे
संवत् : २०६५ एक हातको ताली – युवराज नयाँघरे
संवत् : २०६६ नेपालका बालीनाली र तिनको दिगो खेती – नरबहादुर साउद
संवत् : २०६७ जीवन काँडा कि फूल – झमक घिमिरे
संवत् : २०६८ सेतो धरती – अमर न्यौपाने
संवत् : २०६९ दमिनी भीर – राजन मुकारुङ
संवत् : २०७० खलङ्गामा हमला एउटी नर्सको डायरी – राधा पौडेल
वि सं. : २०७१ खुसी – विजय कुमार पाण्डे
संवत् : २०७२ ऐना – रामलाल जोशी
संवत् : २०७३ धृतराष्ट्र – घनश्याम कँडेल
संवत् : २०७४ योगमाया – नीलम कार्की “निहारिका“
संवत् : २०७५ रणहार – योगेश राज

स्राेत : साभार…

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

नेपाल कम्युनिष्ट पार्टी (ने.क.पा.) को सचिवालय बैठक सम्पन्न

Next Post

अन्ततः २०७६ काे एसइई परीक्षाकाे परीक्षाफल सार्वजनिक

Next Post
अन्ततः २०७६ काे एसइई परीक्षाकाे परीक्षाफल सार्वजनिक

अन्ततः २०७६ काे एसइई परीक्षाकाे परीक्षाफल सार्वजनिक

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.