म एकाइसौ शताब्दीको भोटर
म भोटर चुनावअघि,
मसङ्ग अद्वितीय शक्ति छ
मेरो एक छापले कालोलाइ सेतो
सेतोलाइ कालो बनाउन सक्छ,
हारलाइ जित र जितलाई हारमा बदल्न सक्छ
भन्छन् सार्वभौम नागरिक हु रे!
भुइँमा भएका लाई सत्तामा पुर्याउन सक्छु
सत्तामा भएका लाई भुइँमा पछार्न सक्छु
मै हु भन्ने नेतालाई कान्छी औलामा
फनफनी नचाउन सक्छु
लाग्छ भोटको ताकत नबुझ्नेहरु अनायासै
बर्बराउछ्न चिया पसलदेखी भव्य मन्चसम्म
भाउ लाउछ्न – गड्डी, पेटी, खोका खै केके हो कुन्नी?
साट्न खोज्छ्न इमान हात्ती र बाघसङ्ग
जङ्गलमै मङ्गल हुन्छ रे!
आतिन्छ मन लाग्छ पुर्याउदै छन जंगली युगमा
सोचमा कहाँ कमी छ र, थाहा छ मेरो भोट
केवल कागजी छाप मात्र होइन
यो त भविष्य हो देशको
चोखो छैन कतै पनि गन्ध छ जताततै
एकथरी सुकिला मुकिला सिहदरबारबाट
फुत्त निस्कन्छन र भन्छन् दात किओट्याउदै
देउ भोट लैजाउ सम्मान र पुरस्कारका पोकाहरु
भोगिएकै हो चुनावपछि गुमनाम हुन्छन् दरबारभित्रै
मन कस्छु भन्छु दर्बिलो गरि चेतनाको हाक सङ्गै
तर………तर……
फेरि पनि चुबावपछि
लतृएको हुन्छु म गर्जिएको हुन्छ ऊ
उसले जितेको हुन्छ जिताउनेले हारेको हुन्छ
चुनावअघि छुट्टिनै नमान्ने उसका हत्केलाहरु
चुनावपछी जोडिनै जान्दैनन् , फर्किदैनै हजार नमस्कार
सहिद बन्छन् हजार अभिवादनहरु
पक्का हो ऊ फेरि शासक हुन्छ म शासित
ऊ राजा बन्छ म रैती, उ दाता म माग्ने!
पहिला उ गिड्गिडाउछ भोटका लागी
पछि म छटपटाउछु एक भेटका लागि
अवस्था ठिक उल्टो पर्छ यताको शक्ति उता सर्छ
बिडम्बना दशकौदेखिको
सुन पाएपछी गुन बिर्सैनेलाइ,
सत्यदेखी सधै तर्सनेलाइ,
खाएकै थालमा प्वाल पार्नेलाइ
अमृत पिएपछी विष छर्नेलाइ
जुहारत र द्रव्यमा सजिलै बिक्नेलाइ
अङ्गालोमा बेरेर मुटुकलेजो झिक्नेलाइ
कहिले जातमा कहिले मासुभातमा
कहिले धर्मका नाममा कहिले आफन्तीको करकापमा
कहिले सुकिला नोटमा कहिले झुठा अठोटमा
कहिले सिद्धान्तको पुल्ठामा कहिले आफ्नै कुण्ठामा
चिप्लिन्छ भोट अँखा देख्दा देख्दै पनि
देख्छु, मेरो भोट चढेको छ बिलासी मोटर
म पैदलै हुन्छु तातो सडकमा लखरलखर
किनकि म हुस्सु , एकाइसौ सताब्दीको भोटर