Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विद्यालयको जस्ता चोरेर वडा सदस्यले बनाए सुँगुरको खोर

Kumar Shrestha by Kumar Shrestha
June 20, 2023
in जनता स्पेसल, ब्यानर समाचार, समाचार
0
विद्यालयको जस्ता चोरेर वडा सदस्यले बनाए सुँगुरको खोर
1.4k
SHARES
4.8k
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । निर्वाचित जनप्रतिनिधिले विद्यालयको जस्ता चोरेर सूँगुरको खोर बनाएका छन् । दोरम्बा शैलुङ गाउँपालिका वडा नं ४ गौश्वाराका वडा सदस्य हरिबहादुर मगरले विद्यालयको सामान चोरेर सुँगुरको खोर बनाएका हुन् । वडाको शिवलेङगेश्वर मा.वि ताम्चेतको विद्यालय परिसरमा राखेको जस्तापाता, फलाम, काठ–पात लगायतका सामाग्री वडा सदस्य मगरले राति गाडीमा लोड गरी लगेको स्थानीयले बताए ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा सदस्य मगरले लाखौँ मूल्य पर्ने विद्यालयको सामान लगेको स्थानीयको भनाई छ । एक पटक प्रयोग गरी निकालेर राखिएका काठ, जस्तापाता, फलामका विभिन्न सामाग्री राता–रात उठाएको सोही विद्यालयको व्यवस्थापन समितिका एक पदाधिकारीले नाम नभन्ने सर्तमा बताए । उनले भने ‘राती विद्यालय परिसरमै गाडी लगेर सबै उठाउनु भएछ । उहाँ शिवलेङगेश्वर मा.वि ताम्चेतको विद्यालय व्यवस्थापन समितिमा पदेन सदस्य समेत हुनुहुन्छ । अहिले उहाँले उक्त सामान उठाएको खुलासा भएपछि भने गाउँलेलाई पद र पावरको धम्की दिन थाल्नु भएको छ । उनले भने– ’अहिले मसँग पद छ, पावर छ तिमीहरूले के गर्न सक्छौँ भन्ने धम्की वडा सदस्यज्यूले दिन लाग्नु भएको छ । उहाँको धम्कीले विद्यालयले समेत केही कारबाही प्रक्रिया अगाडि नबढाई लाखौँको सामान रातारात चोरी हुँदा र चोरी गर्ने व्यक्ति थाहा हुँदा समेत चुपचाप बस्नु परेको छ ।
चोरी भएको सामानले वडा सदस्य मगरले ३०÷४० वटा सुँगुर अट्ने फार्म बनाएका छन् । वडा र पालिकाबाट कृषि तथा पशुपालन अनुदान कुम्ल्याउनले उद्देश्यले मगरले विद्यालयका सामान उठाएर रातारात फर्म तयार पारेका हुन् । उनले सबै विद्यालयको सामाग्रीले फार्म तयार पारेको ती स्थानीयहरूको आरोप छ ।
रातारात गायब पारिएको सामान कहाँ छ? प्रहरीमा रिपोर्ट गर्नु भयो भनी सोध्दा प्रधानाध्यापक चतुर्मान तामाङले फोन काटे । बारबार फोन गर्दा समेत प्रधानाध्यापक तामाङले फोन उठाएनन् । उनी ३ महिना अगाडि मात्रै प्रधानाध्यापकमा नियुक्त भएका हुन् ।
सामान उठाउने बेला आफू गाउँमा नभएकोले सबै यथार्थ जानकारी नभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपीलाल थापा मगरले बताए । उनले भने ‘म त्यति बेला काठमाडौँमा थिए । २÷४ दिनपछि फिर्ता ल्याउने गरी लानु भएको भन्ने सुनेको छु । नसोधी लगेको है न । तर, कसरी बाहिर गयो त्यो अचम्म लाग्यो ।’ उनले घटना बाहिर जान लागेको विषयमा चासो दिँदै सामान चोरी भने नभएको दाबी गरे ।
यता वडा सदस्य हरिबहादुर आफ्नो सुँगुरको खोरमा छाउनका लागि नयाँ जस्ता आउन केही दिन लाग्ने भएकाले जस्ता लगेको स्वीकार्छन । उनले भने – सल्लाह गरेर सामान लगेको हो । चोरेको होइन । कसैलाई धम्की पनि दिएको छैन । त्यस्तो गर्नु हुँदैन भन्ने कुरामा सचेत छु ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

म एकाइसौ शताब्दीको भोटर-कविता

Next Post

मन्थली नगरपालिकामा एक वडा एक प्रतीक्षालय निर्माण

Next Post
मन्थली नगरपालिकामा एक वडा एक प्रतीक्षालय निर्माण

मन्थली नगरपालिकामा एक वडा एक प्रतीक्षालय निर्माण

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.