Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

चिठीसँगै एउटा फोटो पठाई दिनुस् है-सफल गोले तामाङ

Kumar Shrestha by Kumar Shrestha
July 8, 2019
in साहित्य
0
चिठीसँगै एउटा फोटो पठाई दिनुस् है-सफल गोले तामाङ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१

चिठीसँगै एउटा फोटो पठाई दिनुस् है
मलाई चप्पल छोरोलाई भोटो पठाई दिनुस् है
सधैंभरी कच्कच गर्छन् डाँडाघरे साउले
छिट्टैगरि रकम मोटो पठाई दिनुस् है

२.
गगनचुम्बी महलमा भुइँको चर सरह सम्झिनु
मुस्कुराएको फूलमा जराको भर सरह सम्झिनु
नगर प्रिय कत्ती पनि शंका नगर मलाई मेरो वाचा
ढुङ्गामा कुँदिएको अक्षर सरह सम्झिनु

३.
मडारी रह्यो बादलको घेरो तिमी नहुँदा खेरि
भिजी रह्यो पछ्यौरीको फेरो तिमी नहुँदा खेरि
सम्झना मै समय बिताउन गाह्रो रैछ प्रिय
आफ्नै सिरानी भयो अफ्ठेरो तिमी नहुँदा खेरि

४.

सुन्सुम्याउँदै कल्पौं नदिलाई नतमस्तक बस्ने तिर बनूँ
फुलाउँदै अनेकौं फूल छातिमा अडिग रहने भिर बनूँ
हार मेरै होओस् सधैं तिमीलाई सन्तोष मिलोस्
सधैं सहेरै तिरस्कार तिम्रो जीतमा छछल्किने अबिर बनूँ

५.

मन, मुटु चिथोर्ने अमिलो घात मात्रै हो
पुस्तौंसम्म सम्झिने मीठो बात मात्रै हो
साँध नाघेर अठार हात किन लम्किन्छौ छिमेकी
सास गएपछि आफ्नो हुने पाँच हात मात्रै हो

मन्थली नगरपालिका-१४, रामेछाप


Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

स्वास्थ्य संस्थाविहीन प्रदेश ३ का ३ सय ६८ वडा

Next Post

आजका पत्रपत्रिका जस्ताको त्यस्तै

Next Post
आजका पत्रपत्रिका जस्ताको त्यस्तै

आजका पत्रपत्रिका जस्ताको त्यस्तै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.