जेठ ३१,
रामेछाप । नेपाल जेसिज जिल्ला शाखा रामेछापले रक्तदान कार्यक्रम सम्कन्न गरेको छ । शनिबार लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्तिमा नेपाल रेड्क्रस सोसाइटि जिल्ला शाखाको प्राविधिक सहयोगमा रक्तदान गरेको हो ।
कोरोना भाइरस संक्रमणको विश्व ब्यापी महामारीको समयमा कसैलाइ रगतको समस्या आउन सक्ने भन्दै रक्तदान गरिएको शाखाकी सदस्य ज्ञानु श्रेष्ठले बताइन् । उनका अनुसार रक्तदान कार्यक्रमम २७ जनाले रगतदान गरेका छन् ।
त्यस्तै शाखाले आजै जिल्ला स्वास्थ्य कार्यालय रामेछापलाइ ४ सय थान सर्जिकल मास्क, पीपी सेट ४ थान, २० एन्नाइन्टिफाइब मास्क पनि हस्तान्तरण गरिने बताएको छ। फोटो जिवन कार्कीबाट





