जेठ ३१,
रामेछाप । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या फेरी बढेको छ । शनिबार उपचारको क्रममा वीरगञ्ज हेल्थ केयर अस्पतालमा मृत्यु भएका बाराका ५ वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले शुक्रबार ज्वरोसहित अस्पताल भर्ना भएका बालकको शनिबार नै मृत्यु भएको र आज आएको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डाक्टर आनन्दकुमार झाले बालकको भेन्टिलेटरमा राखेर उपचार गरेपनि बचाउँन सम्भव नभएको बताएका छन् । अस्पतालका अनुसार शुक्रबार साढे ११ बजे उपचारका क्रममा ल्याउँदा दुई पटक गरिएको आरटीडी परीक्षणमा नै बालकको पोजिटिभ देखिएको थियो ।
यो पनि पढ्नुहोस्
कोरोनाबाट थप एकको मृत्यु : १७ पुग्यो संख्या
आइसोलेसन सहित भेन्टिलेटरमा राखेर उपचार गर्दा शुक्रबार साँझ ४ ती बालकको निधन भएको हो । आज पीसीआर रिपोर्ट पनि पोजिटिभ आएपछि शव नेपाली सेनालाई हस्तान्तरण गरिसकेको अस्पतालले जनाएको छ।
बालकको उपचारमा संग्लन चिकित्सकहरु क्वारेन्टिनमा गएको र अस्पतालका सेवाहरु सुचारु भैसकेको निर्देशक डा. झाले बताए।
योसंगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक जानकारी दिएको छैन । शनिबार बिहान पनि एक जनाको मृत्यु भएका थियो । वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृतक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए । अन्दाजी २५ वर्षीय युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको छ। डा. सिंहले युवकको प्रोटोकल अनुसार शव व्यवस्थापन गर्ने तयारी रहेको जनाए । नेपालमा कोरोना संक्रमित ५ हजार नाघेको छ । ८७७ जना निको भएर घर फर्कीएका छन् । फाइल फोटो