Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

फुडबैंकमा सहयोगी हातहरु बढ्दै, व्यवसायीदेखि संचारगृहसम्मको सहयोग

जनता भ्वाइस by जनता भ्वाइस
September 12, 2020
in राष्ट्रिय समाचार
0
फुडबैंकमा सहयोगी हातहरु बढ्दै, व्यवसायीदेखि संचारगृहसम्मको सहयोग
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भदौ २७ । जनता भ्वाइस संवाददाता, रामेछाप


रामेछापका सहयोगी मन (रासम) ले गत २५ गतेदेखि मन्थलीमा फुडबैंक संचालन गरेको छ ।

कोरोना भाइरसले दैनिक ज्याला मजदुरी गरी कमाउन नपाएका र भोकभोकै दिन रात काट्नु पर्नेहरुका लागि यस प्रकारको फुडबैंक संचालन गरिएको रासमले जनाएको छ ।


रासमले संचालन गरेको फुडबैंकमा सहयोग गर्ने दाताहरुको संख्या विस्तारै बढ्दै गएको छ । यो समाचार तयार पर्दासम्म १८ जना दाताहरुले रासमको यस कार्यको उच्च सम्मान गर्दै आफूले सकेको सहयोग गरिरहेका छन् ।


रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ५० केजी चामल, १२.५ केजी दाल, २५ केजी नुन र ५ केजी सोयाविन (मस्यौरा) सहयोग गरी यो अभियानको सरुआत भएको हो ।


शर्मासँगै यस अभियानका लागि सहयोग गर्न मन्थलीको नवीन स्टोरका संचालक विष्णुबहादुर थापा मगरले १ सय ५० केजी चामल दिएर सहयोग गरिसकेका छन् । त्यस्तै रामेछाप नगरपालिका २ का स्थानीयवासी माधव कार्की (विजय)ले २ सय ५० केजी आयोडिन नुन, मन्थलीका प्रशिद्ध होलसेल व्यवसायी तथा रामेछाप उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष श्याम थापाले १ हजार केजी चामल सहयोग गरेका छन् ।

रासम फुडबैकबाट खाद्य सामग्री वितरण गर्दै ।


रामेछापका सहयोगी मन रासमले उपलब्ध गराएको जानकारी अनुसार मन्थलीमा रहेको श्रीकृष्ण सुनचाँदी पसलले २५ केजी दाल, श्री कालिन्चोकमाई सुनचाँदी पसलका संचालक आकाश रिजालले चामल ६० केजी, मन्थली नगर प्रमुख रमेशकुमार बस्नेतले ५० केजी दाल, वडा नं. १ का वडाध्यक्ष नारायणदाश श्रेष्ठले ६२.५ केजी दाल सहयोग गरेका छन् ।


हाम्रो बचत तथा ऋण सहकारी संस्था, मन्थलीले पनि उत्साहजनक सहयोग फुडबैंक अभियानका लागि गरेको छ । संस्थाले उक्त अभियानका लागि ५० केजी चामल, २५–२५ केजी दाल र नून, ५ केजी सोयाबिनको सहयोग गरको हो भने सोही संस्थाका कर्मचारीहरुको तर्फबाट १ सय केजी चामल, २५ केजी दाल, ५० केजी नून र १० केजी सोयाविन उपलब्ध गराएको छ ।


रामेछाप जिल्ला मात्र नभएर जिल्ला भन्दा बाहिरका दाताहरु समेत यस अभियानका लागि उत्साहपूर्वक जुटेका छन् । यसै बीच रिहाना इन्भेष्टमेन्ट प्रा.लि. काठमाडौंले ५० केजी चामल, १२.५ केजी दाल, २५ केजी नून र ५ केजी सोयाविन, एलआइसी इन्स्योरेन्समा कार्यरत् दाङ्का प्रशिद्ध श्रेष्ठले २५ केजी दाल र अस्तित्व थापम मगरले ललितपुरबाट ५० केजी चामल, १२.५ केजी दाल, २५ केजी नून र ५ केजी सोयाविन सहयोग गरेका छन् ।


मन्थली १ का विशाल श्रेष्ठ र ८ नं. वडाका सुदीप श्रेष्ठले क्रमसः ३० र १० केजी सोयाविन सहयोग गरेका छन् भने सुदीप श्रेष्ठले ६० केजी चामल समेत सहयोग गरेको रासमले जनाएको छ । सुनिरा अटोसोलुशन मन्थलीले ६० केजी चामल समेत सहयोग गरेको छ ।


रासमको यो सामाजिक कार्यका लागि जिल्लाका संचार संस्थाहरुले समेत सहयोग गरेका छन् । यसैक्रममा रासमको यो अभियानको मिडिया पार्टनर समेत रहेको जनता भ्वाइस र अर्को संचार संस्था मालश्री साप्ताहिकले समेत क्रमसः ३०–३० केजी चामल सहयोग गरेका छन् ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनी कारबाहीको प्रक्रियामा

Next Post

साताको ३ उडान गर्दै कतार एयरवेज

Next Post
साताको ३ उडान गर्दै कतार एयरवेज

साताको ३ उडान गर्दै कतार एयरवेज

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...