Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनी कारबाहीको प्रक्रियामा

जनता भ्वाइस by जनता भ्वाइस
September 13, 2020
in समाचार, स्वास्थ्य
0
विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने ५ कम्पनी कारबाहीको प्रक्रियामा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

२७ भदौ । काठमाडौं ।

काठमाडौं र भक्तपुरमा रहेका पाँच वटा उद्योगहरुले विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरि विक्रि वितरण गरेको पाईएको छ ।

औषधि व्यवस्था विभागका अधिकारीहरुका अनुसार काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स छन् । यसैगरी भक्तपुरको नेपाल कायाकल्प उद्योगले मापदण्ड विपरीत स्यानिटाइजर उत्पादन गरेको भेटिएको हो ।

औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पुष्टि भएको हो ।

विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न सबैमा अनुरोध गरेको छ ।

विभागका अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश भएको भेटिएको छ । विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विभागले जारी गरेको सूचनामा छ । विभागका अनुसार स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्न पाइँदैन ।

विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।

औषधि व्यवस्था विभागले जारी गरेको सूचना

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

जिल्ला प्रहरी कार्यालयका ५ जना सहित ६ जनामा कोरोना पुष्टि

Next Post

फुडबैंकमा सहयोगी हातहरु बढ्दै, व्यवसायीदेखि संचारगृहसम्मको सहयोग

Next Post
फुडबैंकमा सहयोगी हातहरु बढ्दै, व्यवसायीदेखि संचारगृहसम्मको सहयोग

फुडबैंकमा सहयोगी हातहरु बढ्दै, व्यवसायीदेखि संचारगृहसम्मको सहयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...