Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

विटार पार्कमा देवकोटाको सालिक पुनर्स्थापन

जनता भ्वाइस by जनता भ्वाइस
November 18, 2020
in राष्ट्रिय समाचार
0
डिस्चार्ज भयो  आगोले जलेको बच्चा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


२८ कार्तिक, मञ्जु उप्रेती, रामेछाप ।

रामेछापका सहयोगी मनहरु रासमद्वारा निर्माण गरिएको विटार पार्कमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको सालिक पुनस्र्थापना गरिएको छ । २०६१ सालमा प्रमुख जिल्ला अधिकारी चुडामणि बस्यालको नेतृत्वमा मन्थलीको देवकोटा चोकमा राखिएको देवकोटाको अर्धकदको पहिलो मुर्तिलाई मन्थली उमाबि २०६२ सालको एसएलसी व्याचले विटार पार्कमा पुनस्र्थापन गरेको हो ।


पुनर्स्थापित सालिकको लक्ष्मी पुजाको अवसर पारेर शनिवार अनावरण गरिएको छ । प्रमुख अतिथि मन्थली क्याम्पसका पुर्व क्याम्पस प्रमुख गुन्ज बहादुर श्रेष्ठले अर्धकदमा राखिएको घुम्टो हटाएर शालिकको अनावरण गरेका थिए । स्थानिय मुर्तिकार मन्थली नगरपालिका १ का गजेन्द्र बहादुर थापाले तयार गरेको उक्त मुर्ति जिल्ला सदरमुकाम मन्थलीको मुख्य चोकलाई देवकोटा चोक भनेर चिनाउन सफल बनेको थियो । पछि उक्त मुर्ति नमिलेको भन्दै हटाएर अर्को मुर्ति फेरिए पछि उक्त मुर्ति केही समय देवकोटा चोकमा वेवारिसे जस्तै बनेको थियो ।

पछि शैक्षिक प्रयोगमा काम आउन सक्ने भन्दै मन्थली उमावि उठाएर विद्यालयमा हातामा लगेर संरक्षण गरी राखेको थियो । हामीले चोकमा अलपत्र अवस्थामा देखे पछि विद्यार्थीहरुका लागि शैक्षिक सामग्रीमा रुपमा प्रयोग गर्न सकिन्छ भनेर विद्यालयमा ल्यायौ र संरक्षण गरेर राख्यौ मन्थली उमाविका प्रधानाध्यापक टंक प्रसाद दाहालले बताए ।

विद्यालयमा रहेको उक्त मुर्तिलाई सोही विद्यालयका २०६२ सालका एसएलसी व्याचले पार्कमा लगेर सालिक बनाउने सल्लाह गरेर सबैको सहमतिमा पार्कमा सालिक पुनस्र्थापना गर्न सफल बनेको २०६२ व्याचका जयाराम मानन्धरले बताए । उनले स्थानीय मुर्तिकारले बनाएको मुर्तिको अपमान सहित देवकोटाको पनि अपमान भए झै लागेर आफूहरु सालिक निर्माणमा पुगेको मानन्धरले बताए ।
सालिक पुनस्र्थापना पछिको अनावरण कार्यक्रममा बोल्दै मुर्तिकार गजेन्द्र बहादुर थापाले सालिक आफूलाई नसोधी हटाएकोमा वेवारिसे देख्दा मनमा खल्लो लागेको बताए । पछि मन्थली उमाविमा संरक्षण गरेर राखेको थाहा पाउदा केही खुशी लागेको तर आज त्यही मुर्तिमा विटार पार्कका सालिकका रुपमा पुनस्र्थापित भएको देख्न पाउदा निकै खुशी लागेको बताए ।

अनावरण कार्यक्रममा मुर्तिकार गजेन्द्र बहादुर थापालाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने मन्थली उमाविलाई कदर पत्रले सम्मान गरिएको थियो । हामीले स्थानीय कलाको सम्मान गर्दै इतिहासको जगेर्ना गर्नका लाीग् यो त एउटा उदाहरणको काम गरेका हौ । अझै केही गर्न सकिन्छ कि भनेर योजना बनाइ रहेका छौ्र २०६२ व्याचका रोशन खडकाले बताए ।


कार्यक्रमका प्रमुख अतिथि गुन्ज बहादुर श्रेष्ठले आफुले पढाएका विद्यार्थीले गरेको कामको पंशसा गर्दै परिवर्तनका लागि युवामा आउने यस्तै खाले सकारात्मक सोचले प्रगति हाँसिल गर्न सकिने बताए । उनले युवामा ध्यान र नयाँ सोचको विकास हुने सके परिवर्तन संभव रहेको बताए । मन्थली उमाबि २०६२ सालको एसएलसी व्याचको आर्थिक सहयोगमा निर्माण भएको उक्त सालिक निर्माण कार्यमा रामेछापका सहयोगी मनहरु (रासम) ले समेत सहयोग गरेको थियो ।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

मानिसमा हराउँदै गएको मान्छे

Next Post

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

Next Post
नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.