Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

आलु जोन बन्दै दोरम्बा शैलुङ्ग गाउँपालिका

नारायण थापा by नारायण थापा
December 18, 2022
in राष्ट्रिय समाचार
0
आलु जोन बन्दै दोरम्बा शैलुङ्ग गाउँपालिका
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सन्तोष ढुङ्गेल
रामेछाप । रामेछाप जिल्लाको ऐतिहासिक दोरम्बा शैलुङ्ग गाउँपालिका आलुको लागि पकेट क्षेत्र बन्ने भएको छ । धार्मिक एवं ऐतिहासिक क्षेत्र भनेर चिनिने दोरम्बा शैलुङ्ग गाउँपालिका अब आलु जोनको रुपमा पनि चिनिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र रहेको शैलुङ्गलाई अब आलु जोनले पनि छुट्टै पहिचान दिने छ । नेपालको धेरै ठाँउमा अत्यधिक माग रहेको दोरम्बाको आलुले बजारमा आफ्नो पहिचान बनाए पनि दोरम्बा आलु भन्दै अन्यत्रको आलु बेच्ने गरेकाले आफुहरुले ब्राण्डिङ गर्न लागिएको दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिएका छन् ।


दोरम्बाका अधिकांश कृषकको मुख्य खेती आलु नै भएकाले किसानलाई आलुमा निर्भर बनाउन लागिएको अध्यक्ष मोक्तानले बताएका छन् । गत वर्ष नै यसलाई लागू गर्ने भनिएपनी कोभिड -१९ का कारण पूरा गर्न नसकिएको पनि अध्यक्ष मोक्तानले बताए । चुनावमा आफुले नागरिक संग गरेको प्रतिबद्धता र घोषणापत्र अनुसार निति तथा कार्यक्रम बनाएएर काम गरिरहेको पनि मोक्तानले बताए । दोरम्बा शैलुङ्ग गाउँपालिकाको छुट्टै पहिचान बनाएउन आफू लागि परेको उनको भनाइ रहेको छ । पालिकाको गत वर्ष किसानलाई प्रीन्ट गरेर ५० प्रतिशत अनुदानमा बोरा उपलब्ध गराउने योजना रहेको थियो । किसानले ५० प्रतिशत मात्र तिर्दा पनि किसानलाई ठुलो भार पर्ने हुँदा आगामी श्रावण देखि नै लागू हुने गरि पुर्ण अनुदानमा प्रीन्टेट बोरा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । यसका लागि आगामी निति तथा कार्यक्रममा यो योजना समावेश गरिएको दोरम्बा शैलुङ्ग गाउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत धिरज मरासिनीले जनाकारी दिएका छन् । ५० प्रतिशत मात्र अनुदानबाट किसान मर्कामा पर्ने भएकाले १ सय प्रतिशत नै अनुदान उपलब्ध गराउन लागिएको पनि मरासिनीले बताए । आलु जोनको योजना आएपछि किसानहरु खुशी भएका र आलु उत्पादनमा अझ अग्रसर हुन थालेका छन् । यो कार्यक्रम लागू भएपछि किसानहरूले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र किसानहरूको जीवनस्तर माथी पुग्ने पालिकाले जनाएको छ ।

Author

  • नारायण थापा
    नारायण थापा

    View all posts
Previous Post

सेवा ईन्टरनेशनल र हिन्दु स्वयमसेवकले गर्यो औषधि वितरण

Next Post

काङ्ग्रेस युवा नेता खड्काद्वारा पत्रकार संकट कोषलाई आर्थिक सहयोग

Next Post
काङ्ग्रेस युवा नेता  खड्काद्वारा पत्रकार संकट कोषलाई आर्थिक सहयोग

काङ्ग्रेस युवा नेता खड्काद्वारा पत्रकार संकट कोषलाई आर्थिक सहयोग

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...