Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन (भिडियो सहित)

Kumar Shrestha by Kumar Shrestha
August 9, 2022
in राष्ट्रिय समाचार
0
प्रधानमन्त्री  र राष्ट्रपतिको पुत्ला दहन (भिडियो सहित)
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप १९असार ।

प्रमुख प्रतिपक्षिदल नेपाली काँग्रेस निकट नेपाल विद्यार्थि संघ जिल्ला समिति रामेछापले सोमबार साँझ मन्थलीमा प्रधानमन्त्री केपी ओलि र राष्ट्रपति विद्या देवी भण्डारीको पुत्ला दहन गरेको छ । उसले पछिल्लो समयमा केपि ओलिको संसद विघटन लगायतका विभिन्न असंवैधानीक ,निरंकुसताबादी चरित्र , दम्भिय ब्यवहार र त्यसमा राष्ट्रपतिको अन्ध समर्थनका कारण मुलुक बर्वादि तर्फ धकेलिएको भन्दै उक्त कार्यको विरुद्ध शनिबार साँझ मसाल जुलुस सहित पुतला दहन गरेको हो ।

ओलि सरकारको गलत र असंबैधानीक कदम विरुद मोर्चाबन्दी भएका संयुृक्त विद्यार्थि संगठनहरुको घोषित कार्यक्रम अनुसार नेविसंघले साँझ मन्थलीको देवकोटा चोकबाट शंख फुकेर पुतला सहितको राँके जुलुस निकालेको थियो । विभिन्न नारा सहित निस्किएको जुलुस मन्थली बजार परिक्रमा गरि स्थानिय जिल्ला समन्वय समितिको मुख्य ढोका अगाडी पुगेर समापन भएको थियो ।

मसाल सहितको जुलसका सहभागि विद्यार्थिहरुले प्रधानमन्त्री सहित राष्ट्रपतिको गलत कदमले लोकतन्त्रको बदनाम भएको र नेपाली नागरिकहरुको बलिदानीबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढेको आरोप लगाएका थिए ।  त्यसका बिरुद्ध फेरी पनि विद्यार्थिहरु सडकमा ओर्लनु परेको भन्दै कदम नसच्चिए त्यसको मुल्य प्रधानमन्त्री ओलि र राष्ट्रपति विद्या भण्डारीका लागि महंगो सावित हुने नेपाल विद्यार्थि संघ प्रदेश ख का क्षेत्रिय सभापति उत्तम कार्किले चेतावनि समेत दिए ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

मोटर साइकल तोडफोड र आगजनि गर्ने कार्यमा संलग्न २ जना पक्राउ

Next Post

रामेछाप नगरपालीकाले दियो अपाङ्ग लाई सामाग्रि

Next Post
रामेछाप नगरपालीकाले दियो अपाङ्ग लाई  सामाग्रि

रामेछाप नगरपालीकाले दियो अपाङ्ग लाई सामाग्रि

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.