Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

हत्यारालाई कार्वाहि गर्न माग गर्दै प्रर्दशन

जनता भ्वाइस by जनता भ्वाइस
August 9, 2022
in राष्ट्रिय समाचार
0
हत्यारालाई कार्वाहि गर्न माग गर्दै प्रर्दशन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

१ साउन

रामेछाप । हत्यारालाई कार्वाहि गर्न माग गर्दे आज मन्थलीमा दिनभर प्रर्दशन गरिएको छ । असार १ गते राति मन्थली नगरपालीका वडा नं १२ गेलुको सिग्राल वस्ने काले भन्ने बर्ष ३६ को राजकुमार बुढाथोकिको मृत्युको विषयमा प्रहरी प्रशासन गम्भिर नभएको र स्वतन्त्र पुर्वक छानविनको माग गर्दे हत्यारा पत्तालाउन स्थानिय हरुले मन्थलीमा प्रदर्शन गरेका हुन् ।

 गत असार १ गते दिनभर स्थानिय प्रभुराम बुढाथोकिको घरमा काम गरेका काले राति खानपिन गरि सोहि घरमा बास बसेका थिए । भोलिपल्ट २  गते विहान मृतक  कालेकि आमा  घाँस काट्न जंगल जाँदा खड्काकोमा पुगेर छोराको बारेमा सोधखोज गरेका थिए । त्यतिबेला खडकाकि श्रीमतीले विहानै घरबाट निस्किएर हिडेकाले कतै गएको हुन सक्ने जवाफ दिएको स्थानिय पुरुषोत्तम बुढाथोकिले जानकारी दिए ।

 भोलीपल्ट स्थानिय चनौटे भिरको फेदमा कालेको लास अडेस लागेर बसेको अबस्थामा गाउँलेहरुले देखेपछि पुलिसलाई खबर गरेका थिए । कालेको लास भिरबाट खसेको जस्तो देखिएपनि उसको टाउकोमा गहिरोचोट देखिए बाहेका अन्य कुनै लक्षण देखिएको थिएन् । करीब ३ सय मिटर अग्लो भीर भएपनि कालेको शरिरमा अरु कुनै पनि चोट नदेखिएको अवस्थामा गाउँलेहरुले फेला पारेका थिए ।

परिवारले लिखित रुपमा किटानी जाहेरी दिएको र सोहि आधारमा पर्शुराम बुढाथोकि लगायत २ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको रहेको छ ।

निज कालेको परिबार सबै सुस्त मनस्थीतीका भएको र उनिहरुको  समाज प्रहरीमा पनि पहुच नभएकोले उनको असलि हत्यारा पत्ता लगाउन प्रहरी गम्भिर नदेखिएको आरोप  गाउँलेहरुले लगाएका छन् । 

रामेछाप जिल्लाका प्रहरी नायब उपरिक्षक नवराज ढुङ्गाना भने यस घटनामा प्रहरीले गंभिरताका साथ अनुसन्धान गरेको बताए । उनका अनुसार घटनाको लगत्तै मृतककी आमाले आफ्नो छोराको लडेर मृत्यू भएको भनि जाहेरी दिएका थिए । तर पछि मृतककी बहिनिले आफ्नो दाजुको हत्या भएको भनि कोटानी जाहेरी दिएका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ  । घटनास्थलमा सरकारी वकिल सहित आफू स्वयम पुगेर स्थानियहरूको सहयोगमा प्रमाण संकलन गरि सोहि आधारमा अनुसन्धान भई रहेकोले स्थानियहरूलाई शंका नगर्न समेत उनले आग्रह समेत गरे।

Author

  • जनता भ्वाइस
    जनता भ्वाइस

    View all posts
Previous Post

एक डोज लगाए पुग्ने अमेरिकन खोप भोलि नेपाल आउदै

Next Post

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

Next Post
नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...