Janata Voice
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
  • गृह पृष्ठ
  • समाचार
  • जनता स्पेसल
  • राष्ट्रिय समाचार
  • अर्थतन्त्र
  • विचार
  • टिभि
  • शिक्षा
  • स्वास्थ्य
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • साहित्य
No Result
View All Result
Janata Voice
No Result
View All Result

राजनीतिक पहुँच हुनेहरूको हातमा अनुदान पर्छ, नहुनेकाे पख-पखमै टर्छ-कृषक मगर

Kumar Shrestha by Kumar Shrestha
May 12, 2020
in समाचार
0
राजनीतिक पहुँच हुनेहरूको हातमा अनुदान पर्छ, नहुनेकाे पख-पखमै टर्छ-कृषक मगर
0
SHARES
75
VIEWS
Share on FacebookShare on Twitter

बैशाख २९

रामेछाप । पछिल्लो समय युवाहरुको कृषि क्षेत्रमा बढेकोे सत्रियतालाई नियाल्ने हो भने त्यसकोे प्रतिफल उत्साहजनक पाउन सकिन्न्छ । बैदेशिक रोजगारीलाई आफ्नाे सपना बनाउने युवाहरु बिस्तारै कृषि पेशा प्रति आकर्षित हुने गति पनि बढेको छ । यस्तै कृषि पेशाबाट आफू, आफ्नाे व्यवहार, समाज र देशलाई नै कायापलट गर्छु भनेर लाग्ने युवा कृषकहरु मध्येमा एक हुन् इन्नोेभेन्स एग्रिकल्चर फर्मका संचालक – नवराज खपाङ्गी मगर ।


मगर, मन्थली नगरपालिका वडा नं. १३, आरुबोटेका स्थानीयबासी हुन् । उनले विगत एकवर्ष देखि नियमित रुपमा आफ््नै गाउँमा सामान्य भित्रको फरक व्यवसाय गर्दै आइरहेका छन् । मगर, लोकल कुखुरपालक कृषक हुन् । ब्रोइलर, गिरीराज तथा लेयर्स प्रजातिका कुखुर त सामान्यतया सबैले पाल्ने गरेकै हुन् । तर त्यो भन्दा फरक लोेकल प्रजातिका कुखुराको व्यवसायिक पालन गर्नु निष्चय नै चुनौतिपूर्ण व्यवसाय हो ।


उनी भन्छन्, ‘मैले पालेका कृखुराहरु लोकल कोइलर प्रजाति हो ।’
एक वर्ष अघिदेखि थालनी भएको यस कुखुरा पालन व्यवसाय गर्दा सुरुमा मगरले १० लाखकोे लगानीबाट सुरु गरेका हुन् । करिब २ रोपनी क्षेत्रफलको जमिनमा फैलिएको उक्त कुखुरा पालन व्यसायमा उनले हाल सम्म २ लट कुखुराहरु बिक्रीका लागि बजार पठाइसकेको बताउँछन् । विभिन्न समयमा पालनका लागि थपिएका कुखुुराहरुको जम्मा योग १ हजार ७ सयबाट घटाएर हाल उनको फर्ममा ७ सय ५० हाराहारी कुखुराहरु रहेका छन् ।

मैले कुनै पनि निकायबाट कुनै पनि किसिमकोे सहयोग पाएको छैन । विशेषगरी स्थानीय, प्र्रदेश र केन्द्र सरकारसँग अनुदानको आशा गर्ने हो, सो आशा पनि गर्ने ठाउँ सम्भवतः हामीजस्ता नवप्रवेशी कृषकहरुको लागि त्यो सम्भव हुने कुरा होइन

कुनै सरकारी वा दाता संघ संस्थाबाट कुनैैपनि सहयोेग बिना नैै आफ्नैै लगानीमा संचालन गरिएको उक्त व्यवसायसँग सम्बन्धित जानकारी दिँदै जनता भ्वाइससँगको कुराकानीमा मगर भन्छन् , ‘मैले कुनै पनि निकायबाट कुनै पनि किसिमकोे सहयोग पाएको छैन । विशेषगरी स्थानीय, प्र्रदेश र केन्द्र सरकारसँग अनुदानको आशा गर्ने हो, सो आशा पनि गर्ने ठाउँ सम्भवतः हामीजस्ता नवप्रवेशी कृषकहरुको लागि त्यो सम्भव हुने कुरा होइन रहेछ । पहुँचको आधारमा झोलामा कृषि फर्म संचालन गर्ने हरुको हातमा अनुदान पर्ने हो । हामीजस्ता वास्तवितामा नै कृषि पेशा गर्ने कृषकले अनुदान पाउन मुस्किल छ ।’

नवराज खपाङ्गी मगर

मगरले गरेको लगानी र उनको क्रियाशीलतालाई नियाल्दा उनको स्तरकोे लगानी चानचुने होेइन भन्ने हामीलाई पनि लाग्यो । उनको कुखुरा फर्ममा यतिबेला हेर्दा पनि ५ सय वटा साना चल्ला र २ सय ५० भन्दा बढी वयस्क तथा विक्रीका लागि लायक कुखुराहरु रहेका थिए ।

विशेषतः सुर्तीजन्य पदार्थ उत्पादन कम्पनी ‘सूर्य नेपाल’ नेपाल कम्युनिष्ट पार्टीको घटक मजदुर संगठनको संस्थापक अध्यक्षको समेत नेतृत्व गरिसकेका मगर आफूलाई यो व्यवसायमा आउनुपूर्वको निर्णयमा केही कमजोरी भएको हो कि भन्ने लागेकोे बताउँछन् । उनी भन्छन्, ‘शान र मजदुर राजनैतिक नेतृत्वमा पुग्दै गरेको अवस्था थियो, छोडिहालियो । व्यवसायमा यस्तोे दिक्कद हुन्थ्यो भन्ने पहिल्यै थाहा भएको हुन्थ्यो भने आउँदैन थिएँ ।
अनौपचारिक कुराकानीमा उनले भने ।

जब जब कृषि उत्पादनमा युवाको प्रवेश हुन्छ, तबतब उही व्यवसायको धराशायीकताले गर्दा पुर्पुरोमा हात लगाएर रुनुपर्ने अवस्थाको सिर्जना


देशको कूल ग्राहस्थ उत्पादनलाई बढावा गर्न युवा कृषकहरुलाई राज्यले काँध थाप्नुपर्ने धारणा मगरको छ । जब जब कृषि उत्पादनमा युवाको प्रवेश हुन्छ, तबतब उही व्यवसायको धराशायीकताले गर्दा पुर्पुरोमा हात लगाएर रुनुपर्ने अवस्थाको सिर्जना हुन्छ भन्ने निक्र्यौल यतिबेला आफूले व्यवसाय गरिसके पछिको अवस्थामा भएको मगरको बुझाई छ ।

केही समय कतारमा काम गरेको समेत अनुभव बटुलेका मगर युवाहरुलाई कृषि तथा पशुपालनको क्षेत्रमा लाग्न राज्यले नै सहुलियत दरको ऋण तथा अनुदानको दायरालाई फराकिलो बनाउनु पर्ने मगरको धारणा छ ।

Author

  • Kumar Shrestha
    Kumar Shrestha

    View all posts
Previous Post

१३ जनामा कोरोना पुष्टि, संख्या १३४, आज मात्रै २४ जनामा संक्रमण

Next Post

विश्वमा साढे ४२ लाख कोरोना संक्रमित, एकै दिन ७२ हजार ७ सय ६५ बिरामी थपिए

Next Post
विश्वमा साढे ४२ लाख कोरोना संक्रमित, एकै दिन ७२ हजार ७ सय ६५ बिरामी थपिए

विश्वमा साढे ४२ लाख कोरोना संक्रमित, एकै दिन ७२ हजार ७ सय ६५ बिरामी थपिए

हामी फेसबुकमा

हामी फेसबुकमा

ट्विटरमा फलो गर्नुहोला

My Tweets

सामुदायिक मिडिया प्रा.लि.

सूचना विभाग दर्ता -१८६२/०७६-७७
प्रेस काउन्सिल दर्ता -११५४/०७६-७७
मन्थली न.पा. १, रामेछाप
विज्ञापनका लागि सम्पर्क: +977-48540200
मोबाईल नं. : ९८५४०४०५८६, ९८६८३३१२३४

लेख, ब्लग वा अन्य समाचारमुलक सामग्रीका लागि: news.janatavoice@gmail.com (News)
article.janatavoice@gmail.com

हाम्रो टिम

कानुनी सल्लाहकार   : उज्वलराम घिमिरे
प्रकाशक/ सम्पादक  :   कुमार श्रेष्ठ

फेसबुकमा हामी

फेसबुकमा हामी
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

 

Loading Comments...